सशस्त्र प्रहरीद्वारा भद्रपुरबाट लत्ताकपडा बरामद

३२ श्रावण २०७६, शनिबार मा प्रकाशित

भद्रपुर ।

दक्षिणी झापाको कचनकवल नाकाबाट अवैध रूपमा लत्ताकपडा भित्रिने क्रम अझै रोकिएको छ ।

सो नाकाबाट भन्सार छलेर भित्राइएको लत्ताकपडा तस्कर समूहले दिनहुँ भित्राउन थालेको घटना सार्वजनिक हुन थालेको छ ।

केही दिनअघि सोही नाकाबाट भन्सार छलेर भित्राइएको ३ लाखको लत्ताकपडा नेपाल प्रहरीले भद्रपुरको लेखनाथ चोकबाट बरामद गरेको थियो । सो घटना सेलाउन नपाउँदै सशस्त्र प्रहरीले शुक्रवाबार भद्रपुरको झापा चोकबाट एक लाख बढीको लत्ताकपडा बरामद गरेको छ ।

बनियानीबाट आएको ना ४ ख ३३४६ नम्बरको स्वयम्भू नामक यात्रुवाहक बसबाट सशस्त्र प्रहरीले सो मूल्य बराबरको सामान बरामद गरिएको सशस्त्र प्रहरी बल गण नम्बर २ झापाका डिएसपी द्रोणविक्रम साहले जनाकारी दिए । सो यात्रुवाहक बस बिर्तामोडतर्फ जाँदै थियो ।

बसबाट बरामद गरिएको लत्ताकपडा कारोबारी अरुण साहको रहेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको लत्ताकपडा भन्सार बुझाउने तयारी भइरहेको जनाइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here