मेची अस्पताललाई प्रादेशिकस्तरीय मेडिकल कलेजमा स्तोरन्तती गर्न माग

३२ श्रावण २०७६, शनिबार मा प्रकाशित

पार्थ मण्डल / भद्रपुर ।

प्रदेश एकमा दुई वटा अञ्चल अस्पताल रहेको छ । मेची र कोसी । सङ्घीय सरकारले कोसी अस्पताललाई आफ्नै मातहतमा राख्दै मेची अस्पताललाई प्रदेश सरकारको मातहतमा राखिदियो ।

कोसी अस्पताल सङ्घीय सरकारले हेर्न भएपछि प्रदेश सरकारले अञ्चलकै ठुलो अस्पताल मेचीलाई प्रादेशिकस्तरको अस्पताल बनाउने छलफल सुरु गरेको छ ।

प्रदेश सरकारले प्रादेशिकस्तरको अस्पताल बनाउने छलफल सुरु गरेसँगै अस्पताल सञ्चालक तथा व्यवस्थापन समितिले यसतर्फ फेरि चासो देखाउन थाल्यो । यसअघि पनि मेचीलाई स्तरोन्नति गर्दै मेडिकल कलेज बनाउने अवधारणको विषयमा पटक पटक मन्त्री तथा राजनीतिक दलसँग छलफल गरेका थिए ।

स्तोरन्नतीसहित मेडिकल कलेजको अवधारणा अघि सारिएपनि यसले पूर्णता पाउन सकेन । अहिले फेरि मेचीलाई स्तोरन्तती गरी मेडिकल कजेल बनाउने अवधारण अघि सारिएको छ ।

यसैलाई मध्यनजर गरी अस्पताल सञ्चालक तथा व्यवस्थापन समितिले मेचीलाई मेडिकल कलेजसहितको प्रादेशिक स्तरीय अस्पतालमा स्तोरन्तती गराउने विषयमा शुक्रवार बिहान प्रदेश एकका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यमा अस्पतालमै प्रदेश सांसद, राजनीतिक दलका प्रतिनिधि, पूर्व अध्यक्ष, स्वाथ्यकर्मी, उद्योगी, प्रहरी, प्रशासनसँग बहस तथा छलफल कार्यक्रम सम्पन्न गर्यो । उक्त छलफल कार्यक्रममा मेचीलाई स्तरोन्नति गर्दै मेडिकल कलेज बनाउने विषयमा सबैले एकबद्धता जाहेर गरे ।

मेचीलाई मेडिकल कलेज बनाउन म तयार छु : मन्त्री कार्की

छलफल कार्यक्रमलाई सम्बोधन गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले मेचीलाई मेडिकल कलेजसहित प्रादेशिकस्तरको अस्पताल बनाउने विषयमा प्रदेश सरकार तयार रहेको उल्लेख गरे । ‘मेचीलाई मेडिकल कलेजसहित प्रादेशिकस्तरको अस्पताल बनाउने विषयमा म आफै अगाडि बढ्ने छ’, मन्त्री कार्कीले भने, ‘यसमा जिल्लाका सङ्घीय तथा प्रदेश सांसद र राजनीतिक दल पनि एकजुट भएर अघि बढ्नु पर्ने हुन्छ ।’ मेची अस्पतालका लागि अहिले तीन वटा कुरा अति आवश्यक रहेको बताउँदै मन्त्री कार्कीले भने, ‘जे सेवा छ, जे जनशक्ति छ, जे भौतिक पूर्वाधार छ, त्यसको समुचित व्यवस्थापन र सदुपयोग समितिका अध्यक्ष र मेसुले गर्नुपर्ने हुन्छ ।’

‘१३४ बेडको यस अस्पताललाई आवश्यक पर्ने भौतिक संमरचना, दरबन्दी अनुसारको चिकित्सक, प्राविधिक तथा प्रशासनिक जनशक्ति र उपकरणहरू ल्याएर स्तरीय सेवा प्रदान गर्ने गर्नुपर्ने हुन्छ, त्यसका लागि चाहिने थप आर्थिक बजेट सामाजिक विकास मन्त्रालयसँग सहकार्य गरी ल्याउनु पर्ने हुन्छ, उनले भने ।

यसका लागि हामी एकजुट भएर मुख्यमन्त्री, अर्थमन्त्री र सामाजिक मन्त्रीसँग पनि बसेर छलफल गरिनु पर्ने बताउँदै उनले भने, ‘६१ वर्ष पुरानो यो अस्पतालमा सञ्चालनमा रहेकोले १३४ बेडलाई बढाएर ३०० बेड बनाउँदै यसलाई मेडिकल कलेज बनाउने प्रदेश सरकारको दायित्वमा पर्छ ।’ यो काम आजैदेखि सुरु भएको उनले प्रतिबद्धता समेत जाहेर गरे ।

स्तरीय सेवा विस्तारसहित मेडिकल कलेज अहिलको आवश्यकता

प्रदेश सरकारको मातहतको यस मेची अञ्चल अस्पतालमा स्तरीय सेवा प्रदान गर्नुका साथै मेडिकल कलेजको अवधारण लिएर अघि बढ्नु पर्ने छलफल कार्यक्रममा सहभागीहरूले जोड दिएका छन् । करिब ६ विगहा क्षेत्रफलमा रहेको यो अस्पतालको स्थापना वि।सं। २०१५ सालमा भएको हो । त्यसैले प्रदेश सरकारले अव मेची अस्पताललाई मेडिकल कजेलको अवधारणका साथ अघि बढाउन आवश्यक रहेको प्रदेश सांसद झलकसिंह दर्लामीले बताए ।

अस्पतालको स्तरोन्नति र प्राविधिक सुधारमा स्थानीय सरकारसँगै अस्पताल विकास समितिले ध्यान दिन मात्र अस्पतालको सुधार हुने प्रदेश सांसद एकराज कार्कीले बताए । त्यस्तै भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले स्वास्थ्य बिमा लागु भएपश्चात् अस्पतालमा बिरामीको चाप बढेपनि सेवा लिन आउने बिरामी घण्टौँ पर्खनु पर्ने समस्याको अन्त्य गर्नुपर्नेमा जोड दिए ।

अस्पालमा सर्पदंश उपचार केन्द्र नहुँदा दक्षिणी झापावासी अकालै ज्यान गुमानु परेको भन्दै उनले भने, ‘नगरभित्र सर्पदंश उपचार केन्द्र निर्माण गरिनु पर्छ र यसका लागि स्थानीय सरकार तयार छ ।’

कलवलगुरीको प्रशिक्षण केन्द्रको जमिनलाई स्वामित्वमा लिए अस्पतालमा मेडिकल कलेज बनाउनु आवश्यक देखिएको उनको भनाई छ । नेकपामा नगर अध्यक्ष शिवकुमार राजभण्डारीले नगरमा रहेको अञ्चलकै ठुलो सरकारी अस्पतालमा चाहिँ जस्तो सेवा सुविधा बिरामीले नपाएको भन्दै यसको सुधार आवश्यक रहेको औलाए । अस्पतालमा सर्पदंश उपचार केन्द्रको स्थापनासँगै मेडिकल कलेज बनाउन सबै तह लाग्नु पर्ने उनको भनाई छ ।

नेपाली काँग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेलले यसअघि पनि अस्पतालको स्तोरन्नतीसँगै मेडिकल कलेज बनाउने बारेमा छलफल भइसकेकोले अव यसलाई प्रदेश सरकारले टुङ्गाउनु पर्ने बताए । नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालका अनुसार स्वास्थ्य बिमा लागु भएदेखि अस्पतालमा बिरामीको चाप ह्वात्तै बढेको छ । बिरामीको चाप अनुसार अस्पतालमा आवश्यक जनशक्ति र उपकरण अभाव रहेकोले प्रदेश सरकारले यसतर्फ ध्यान दिनु पर्ने उनको भनाई छ ।

विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलको अध्यक्षता भएको कार्यक्रममा नगर उपप्रमुख चन्द्रामाया श्रेष्ठ, राप्रपाका नगर अध्यक्ष राधा कार्की, नेकपाका जिल्ला सदस्यहरू घनश्याम खनाल, असारु राजवंशी, अरुण श्रेष्ठ, अस्पताल विकास समितिका पूर्व अध्यक्षहरू पुष्पराज पोखरेल, जेपी शर्मा, छत्रप्रसाद अधिकारी, ८ नम्बर वडा अध्यक्ष मनोज सुब्बा लगायतले आआफ्नो सुझाव राखेको कार्यक्रमको सञ्चालन अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले गरेका थिए ।

दरबन्दीसहित आवश्यक उपकरण आवश्यक : मेसु ठाकुर

मेची अस्पतालका मेसु डा। पीताम्बर ठाकुरले अस्पतालका भौतिक, जनशक्ति, उपकरण र सेवाहरूको जानकारी गराउँदै सञ्चालन भइरहेको अवस्थाको बारेमा जानकारी गराएका छन् । वि।सं। २०१५ सालमा स्थापना भएको मेची अस्पतालको सेवा १५ बेडबाट सुरु भएको थियो । त्यसपछि २०३३ सालमा स्तरोन्नति भई ५० वेट भयो । अहिले आएर अस्पतालले १३४ बेडबाट सेवा दिँदै आइरहेको छ ।

अस्पतालमा दरबन्दी अनुसारको जनशक्ति नरहेकोले सेवा प्रदानमा समस्या भइरहेको डा। ठाकुरले जानकारी गराए । उनका अनुसार २१ जना कन्सल्टेन्ट चिकित्सकको दरबन्दी रहेको अस्पतालमा १२ जनामा मात्र कार्यरत छन् । ६ जना मेडिकल अधिकृत हुनुपर्नेमा एक जना, मेटोनमा कोही छैन, दुई जना नसिङ अधिकृतको ठाउँमा एक जना छन् ।

४३ जना दरबन्दी रहेको पारामेडिक्स नर्सिङ ३५ जना र प्रशासिकमा ३७ जना हुनुपर्नेमा १६ जना रहेको डां ठाकुरले जानकारी गराए । ‘३०० बेडमा स्तरोन्नति गरी यस अस्पताललाई मेडिकल कलेज बनाउन अहिलेको आवश्यकता छ’, डा। ठाकुरले भने, ‘अस्पतालमा आएका बिरामीलाई सेवा दिनका लागि सिटी स्क्यान, इको कार्डियोग्राम मेसिन, फिजियोथेरापी सेवा, म्यामोग्राम मेसिन, गाइनो वार्डको ट्रस्ट निर्माण, अपरेसन थ्रिएटरमा रिनो भेसनगाइनो, अक्सिजन प्लान्ट जडान र इन्सिनेरेटर अति आवश्यक छ ।’ ‘अहिले स्वास्थ्य बिमा कार्यक्रम लागु भएपछि अस्पतालमा सेवा लिन आउनेको सङ्ख्या तेब्बरले वृद्धि भए पनि जनशक्तिकै अभाव छ, उनले थपे ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here