झापा,
झापाको बाहदशि गाउँपालिका-४ का २५ बर्षीय धन कुमार राजवंशीको माछा मार्ने क्रममा घाग्रा खोलामा डुबेर मृत्यु भएको छ ।
सोमवार अपरान्ह ५ बजेको समयमा खोलामा माछा मार्ने क्रममा डुबिरहेको अवस्थामा स्थानियले देखेपछी तत्काल उद्धार गरी उपचारको लागि झापाको बि.एण्ड.सी. अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।