गोयल परिवारद्वारा विद्यार्थीलाई कम्प्युटर र खेल सामग्री

0
864

भद्रपुर।

गोयल परिवारले भद्रपुरस्थित गौतम बुद्ध प्राथमिक विद्यालयलाई दुईथान कम्प्युटर र खेल सामग्री प्रदान गरेका छन् ।

विद्यालयमा आयोजित कार्यक्रमका बीच झापा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष स्व. ओमप्रकाश गोयलको स्मृतिमा गोयल परिवारले विद्यालयलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

गोयल परिवारका तर्फबाट दिनबन्धु र राजकुमार गोयलले संयुक्तरुपमा विद्यालयका प्रधानाध्यापक जयन्ती माणीलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए ।

गोयल परिवारले यसअघि विद्यालयका विद्यार्थीलाई लक्षित गरी तीन लाखको अक्षयकोषको स्थापना गरिदिनुका साथै विद्यार्थीहरुलाई पोशाकसहित शैक्षिक सामग्री वितरण गर्दै आइरहेको बताइएको छ ।

त्यस्तै सोही कार्यक्रममा विद्यालयले छात्रासहित दलित तथा सीमान्तकृत विद्यार्थीलाई छात्रवृत्तिवापत रकम वितरण गरेको थियो । विद्यालयले ९७ जना छात्रा, १३ जना दलित र आठ जना सीमान्तकृत विद्यार्थीलाई छात्रवृतिको रकम वितरण गरेको हो ।

विद्यालयका पूर्व प्रधानाध्यापक लोहित भण्डारीको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगरका उपप्रमुख चन्द्रामाया श्रेष्ठ, दाता दिनबन्धु गोयल, विद्यालयका प्रधानाध्यापक जयन्ती माणी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा नगर शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उद्धव बिष्ट, लायन्स क्लव भद्रपुरका अध्यक्ष यमबहादुर श्रेष्ठ, नेपाल भारत मैत्री संघका अध्यक्ष प्रदिप रेग्मी, पूर्व अध्यक्ष हुलाचन्द्र सरिया, समाजसेवी सुबोध कोठारी, भद्रपुर गौशालाका अध्यक्ष राजेन्द्र चापागाँई, उद्योगी सत्यनारायण तायल, नेपाल सामुदायिक प्रहरी सेवाकेन्द्र भद्रपुरका अध्यक्ष शीला खड्का, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मला राजवंशी, बंशीधर बंशल लगायतले दाता गोयलको प्रशंसा गरेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक सुरेश न्यौपानेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here