धुलाबारीको निगरानी सीसी क्यामेराले गर्ने

0
1482

धुलाबारी।

धुलाबारी बजार क्षेत्रको शान्ति सुरक्षालाई मध्यनजर गर्दै सीसी क्यामेरा जडान गरिने भएको छ ।
मेचीनगर वडा नम्बर ९ र १० मा पर्ने धुलाबारी बजार क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सीसी क्यामेरा जडान उपभोक्ता समिति गठन गरिएको छ । समाजमा शान्ति, सुरक्षा एवम् अमनचयन कायम राख्न सीसी क्यामेराको आवश्यकता महशुस गरी समिति निर्माण गरिएको समितिका अध्यक्ष रविन बस्नेतले बताए ।

धुलाबारीमा आयोजित सर्वपक्षीय एवम् सर्वदलीय भेलाले युवा बस्नेतको अध्यक्षतामा नौ सदस्यीय समिति गठन गरिएको हो । नवगठित समितिको उपाध्यक्षमा भूमि पौडेल, सचिवमा मिलनराज प्रसाईं, सहसचिवमा सीता पोखरेल र कोषाध्यक्षमा बसन्ती लावती छन् ।

त्यस्तै, सदस्यहरुमा राज्यप्रकाश शर्मा, झुनादेवी बानियाँ, प्रदीप अधिकारी र दलबहादुर कट्टेल चयन भएका छन् । नवगठित समितिको सल्लाहकारहरुमा मेचीनगर वडा नम्बर १० का अध्यक्ष सुवेश पनेरु, वडा नम्बर ९ का अध्यक्ष गोपाल खड्का, नेकपा मेचीनगर १० का अध्यक्ष प्रकाश खड्का, ‘हाम्रो धुलाबारी राम्रो धुलाबारी’ संस्थाका अध्यक्ष नारायण प्रसाईं छन् ।

त्यस्तै, सल्लाहकारहरुमा नेपाली कांग्रेस वडा नम्बर १० का सभापति होमनाथ न्यौपाने, मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना, रामघाट सेवा समितिका अध्यक्ष गोपाल गुप्ता, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख गोविन्दकुमार कार्की र इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख टीकाबहादुर कार्की रहेका छन् ।

आउँदो एक महिनाभित्रमा सीसी क्यामेरा जडान कार्य सम्पन्न गर्ने लक्ष्यसहित आवश्यक तयारी सुरु गरिएको र त्यसका लागि ३५ लाख रुपैयाँ लागत पूर्वानुमान गरिएको समितिका सचिव प्रसाईंले जानकारी दिए । उनका अनुसार भेलाले सुरक्षा चुनौतिका दृष्टिले अति संवेदनशील क्षेत्रको पहिचान गरी सीसी क्यामेरा जडान गर्ने सर्वसम्मत निर्णय गरेको छ ।

सो कार्यका लागि मेचीनगर नगरकार्यपालिका कार्यालयले सात लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिसकेको र थप रकम मेचीनगर– ९ र १० नम्बर वडा कार्यालय, स्थानीय संघ–संस्था, उद्योगी, व्यापारी, समाजसेवी लगायतबाट जुटाइने समितिले जनाएको हाम्रा सहयोगी सुमन बस्नेतले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here