शनिश्चरे।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकद्वारा झापाको बुद्धशान्ति गाउँपालिका र अर्जुनधारा नगरपालिकामा इएलपी कार्यक्रम सञ्चालन गर्नका लागि लिएको परीक्षाको नतिजा प्रति परीक्षार्थीले असन्तुष्टि व्यक्त गरेका छन् । इएलपी कार्यक्रममा सामाजिक परिचालकको लागि चार जना परीक्षार्थी सहभागी भएका थिए ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले जिल्लाका दुई स्थानीय तहमा सञ्चालन गर्ने इएलपी कार्यक्रमका लागि दलित, महिला र मधेसीलाई प्राथमिकतामा राखिएको र आफू दलित अनि महिला र बिज्ञापन अनुसारको योग्य भएको भए पनि बिज्ञापन अनुसार नतिजा नगरिएको जानकारी आएको कारण आफूले असन्तुष्टि व्यक्त गरेको परीक्षामा सहभागी सुष्मा तिखत्रीले बताइन् ।
मानव अधिकार र सामाजिक न्यायका लागि निरन्तर लडिरहेको कारण मानव अधिकारको क्षेत्रमा काम गर्ने इन्सेक जस्तो संस्थामा काम गर्ने इच्छाले परीक्षामा सहभागी भएको उनले बताइन् ।
विज्ञापन अनुसारको योग्यता भएकोले परीक्षामा सहभागी भए पनि इन्सेक झापा प्रतिनिधि नरेश खातीले आफूलाई जानकारी गराएको परीक्षाको नतिजामा असन्तुष्टि रहेको भन्दै उनले सञ्चारक्षेत्रमा कामगरेर महिला तथा दलित मुक्ति, मधेसी र पिछडिएको वर्गको आवाजलाई नै बन्द गरेको अनुभूति भएको बताइन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले भदौ १३ गते शुक्रबार झापाको लागि लिएको परीक्षामा दुई महिला र दुई पुरुष गरी चार परीक्षार्थी सहभागी थिए ।