भिल्लारियलसँगको खेलमा घाइते भए मेस्सी

८ आश्विन २०७६, बुधबार मा प्रकाशित

एजेन्सी ।

ला लिगा अन्तर्गत गएराति भएको खेलमा घरेलु मैदानमा बार्सिलोनाले भिल्लारियललाई २ गोलले पराजित गरेको छ । एन्टोइन ग्रिज्मन र आर्थरको गोलमा बार्सिलोनाले भिल्लारियललाई २-१ ले पराजित गरेको हो ।

ग्रिज्मनले हेडरमार्फत गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।१५ औं मिनेटमा गोल गर्दै आर्थरले बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए।

उनले पेनाल्टी क्षेत्रबाहिरबाट गोल गरेका थिए । दोस्रो हाफमा चोटका कारण कप्तान मेस्सी मैदान बाहिर बसेका थिए ।प्रशिक्षक एर्नेस्टो भालभेर्डेले सामान्य चोट लागेको तर थप असर हुन नदिन बाहिर राखेको बताएका छन् । उनलाई सामान्य चोट लागेको र थप असर नपरोस भनेर विश्राम दिइएको बताएका छन् ।

जितसँगै ६ खेलमा १० अंक रहेको बार्सिलोना अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।ग्रानडा, एथलेटिक बिल्बाओ र रियल म्याड्रिडको समान ११९११ अंक सहित पहिलो दोस्रो स्थानमा छन् भने रियल मड्रिड तेस्रो स्थानमा छ

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here