निशान भट्टराईको ” बरिलै “मा नायिका वर्षा राउत (भिडियो )


८ आश्विन २०७६, बुधबार ०८:५२ मा प्रकासित

नेपाली गीत संगीत क्षेत्रमा उत्कृस्ट गीत संगीत र प्रतिभाशाली कलाकारको आगमनले संगीत क्षेत्र दिनानुदिन राम्रो बन्दै गैरहेको छ । भर्खरै मात्र अर्ग्यानिक टेस्टको डान्सिंङ प्याट्रनको ” बरिलै ” बोलको गीत डिजिटल बजारमा सार्वजनिक भएको छ । यस गीतमा गायिका नविता पौड्याल र गायक निशान भट्टराईको युगल गायन रहेको छ । दिपक शर्माले गीतको लय संकलन गरेका हुन भने शर्माले नै यस गीतको शब्द लेखेका हुन । उदय राज पौडेलले गीतको संगीत संयोजन गरेका हुन ।

Advertisement

भिडियोमा वर्षा राउत र अलिशा राईको मुख्य अभिनय रहेको छ । टिकटक बाट भाइरल भएका अमर र अमृत दाहाललाई समेत भिडियोमा देख्न सकिन्छ ।

सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन । बिकाश ज्ञवालीले भिडियो सम्पादन गरेका हुन । सुब्रत राज आचार्यको कन्सेप्ट र निर्देशनमा भिडियो तयार पारिएको हो ।

हाल अमेरिकामा रहेकी गायिका नविता पौड्याल निरन्तर गीत संगीतमा क्रियाशील छिन। यसघि उनले स्लो रोमान्टिक पप , आधुनिक र नन कमर्शीएल गीत सोर्ता माझ प्रस्तुत गरिसकेकी छिन। ” बरिलै ” बोलको यस गीतबाट आफु निकै आशावादी रहेको र सोर्ता दर्शक बाट राम्रो प्रतिक्रियाको अपेक्षा रहेको गायिका पौड्यालले बताएकी छिन ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्