आँखा अस्पतालमा बिरामीको समस्याअनुसार उपचार सेवा प्रदान

८ आश्विन २०७६, बुधबार मा प्रकाशित

विराटनगर,

विराटनगर आँखा अस्पतालले आठ वर्षको अवधिमा चार लाख ९८ हजार ७७० जनालाई बहिरङ्ग सेवा प्रदान गरेको जनाएको छ । तीमध्ये ७६ हजार ५२० जनालाई शल्यक्रिया सेवा प्रदान गरेको छ ।

अस्पतालले बिना सुई मोतियाविन्दुको शल्यक्रिया सेवा, पर्दासम्बन्धी सम्पूर्ण सेवा, जलविन्दु, scleral fixation शल्यक्रिया, occulopastic, A/B scan/ cct, Pascal laser, yag laser सेवा, बहिरङ्ग सेवा, २४ सै घण्टा आकस्मिक सेवा, प्रयोगशाला, फार्मेसी सेवा, चश्मा वितरण, निःशुल्क अन्तरङ्ग सेवा र निःशुल्क परामर्श सेवा प्रदान गर्दै आएको छ ।

अस्पतालमा उपचार गराउन आउने बिरामीमध्ये प्रायः जलविन्दुको समस्या भएर आउने गरेकाले मेडिकल रेटिन तथा जलविन्दुसम्बन्धी उपचार सेवा पनि विस्तार गरिएको छ ।

विश्वमा अन्धोपनको पहिलो कारण मोतियाविन्दु र दोस्रो कारण रेटिना पर्दासम्बन्धी समस्या भएका आँखाका बिरामी भएकोले नै रेटिना सेवा विस्तार गरेको अस्पतालका राजेश प्रसार्इंले बताउनुभयो ।सरदर आठजना बिरामीमध्ये एक जना बिरामी उच्च रक्तचाप तथा मधुमेहबाट पीडित रहेको तथ्याङ्क छ । तीमध्ये ७० देखि ८० प्रतिशत मधुमेहका बिरामी भएको अस्पतालले बताएको छ । मधुमेह बिरामी हुने समस्यालाई निराकरण गर्न अस्पतालले सर्वसुलभ उपचार पद्धति शुरु गरेको छ । रेटिना बिरामीका लागि एएनटीआई लगाउने कार्य पनि थालिएको आँखाका चिकित्सक आदी खत्रीले जानकारी दिनुभयो ।

उच्च रक्तचाप र मधुमेहको खराबीले गर्दा पर्दामा हुने समस्या जस्तै आँखाको भित्री भागमा रगत जम्ने, पर्दा च्यातिने र अन्य आँखामा लाग्नसक्ने चोटका कारणले हुने आँखाको समस्यालाई पर्दामा शल्यक्रियामार्फत सेवा प्रदान गर्ने गरेको बताइएको छ ।आँखा जस्तो महत्वपूर्ण अङ्गलाई सुरक्षित गर्न मानिसले खानपानमा विशेष ध्यान दिनुपर्ने र समस्या देखिने बित्तिकै आँखाको जाँच तुरुन्त गरिहाल्नुपर्ने सुझाव चिकित्सकले दिएका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here