चलचित्र ‘लक्ष्मी रानी’को शिर्ष गीत यस्तो बनेर आयो (भिडियो)

८ आश्विन २०७६, बुधबार मा प्रकाशित

काठमाडौं।

नेपाली चलचित्र ‘लक्ष्मी रानी’को शिर्ष गीत रिलिज भएको छ। चलचित्रको ‘दिल मै राखौंला लक्ष्मी रानीलाई’ बोलको यस गीतमा चलचित्रका मुख्य कलाकार शुभेच्छा थापा, जयकिशन बस्नेत र परदेशी साहले अभिनय गरेका छन्।

कात्तिक १ गते तिहारमा प्रदर्शन हुने यस चलचित्रको यस गीतमा गायिका जुनु रिजाल र दौलत राइको स्वर रहेको छ भने बबुल गिरीको संगीत रहेको छ। गीतकार लोक राइले शब्द लेखेका हुन्।

चलचित्र नायिका थापाको पहिलो निर्देशनमा बनेको चलचित्र हो। मुख्य निर्माता र कथा लेखनसमेत स्वंय थापाको रहेको छ।चलचित्रमा शुभेच्छा, जयकिशन र परदेशीसँगै धिरेन शाक्यको मु्ख्य भुमिका रहेको छ। नायिका शुभेच्छा थापाको यो चलचित्रमा दोहोरो भुमिका रहेको छ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here