अन्जु शर्मा
सिङ्गो नेपाल थियोे र पो नेपाली भइयो
राष्ट्रभाषा नेपाली थियो र पो नेपाली भइयो ।
सानो देश नेपाल सात प्रदेशमा बाँडियो
अब त हामी नेपाली हैन प्रदेशी भइयो ।
भाषा टुक्राटुक्रा गरि फरक भाषी बनाइयो
त्यसैले नेवारी,किराँती,ब्राह्मण,क्षेत्री भइयो ।
हिन्दुराज्य टुक्रियाएर धर्म निरपेक्ष गरियो
अब मगराती,थारूहटी,भोजपुरी भइयो ।
धर्म ,वर्ग,जात,लिङ्गलाई प्राथमिकता दिइयो
अपाङ्ग ,महिला,दलित र जनजाति भइयो ।
बिकास भएन सडकमा चर्काे नारा लगाइयो
थाहै छैन कुन जात र वर्गको प्रतिनिधि भइयो ?
रातोपुल