व्यंग्यनारान पाँडे,
“सारै थकित भइयो हओ पाँडे भाइ, उधुमै टाएर भइयो यार । आफ्नु छेत्रको एरियामा टच्लाएट बालेर चइँनेकेरे हाताँ लाग्ने खुकुरी बोकेर टुरिङ गर्दागर्दा गोडा र ढाडमा इ हेर न कम्ता हेडेक भइराख्या छैन ।”—भन्दै अस्ति भाइटिकाको पर्सिपल्ट मकहाँ आएमा गौँथलीको बाऊले मेरो अघिल्तिर बस्तै थप भने— “हुन त मेरा गोडा र ढाडमा हेडेक भइराख्या छ कि छैन भन्ने बाइरबड हेर्दा तपइँले के देख्नसक्नु ? रै भा पनि मैले मौसुप गरिराख्या ट्यान्सिन नलुकाइकिन तपइँलाई छ्यास्स भन्दिया नि ।”
उनको स्वभावसँग दीर्घ परिचित भएकाले उनको अहिले भनिरहेका कुारतर्फ ध्यानै नदिए जस्तो गर्दै मैले भनें— “दिनै नबिराई मकहाँ आइरहनु हुने दाइ धेरै दिन आउनु भएन नि, कता केमा व्यस्त हुनुहुन्थ्यो कि कता जानुभा’थ्यो ?”
उनले एकपटक देउवाशैलीले आठमा जिब्रोको यात्रा गराएपछि भने— “ती क्या त, आफ्नु छेत्रको एरिआमा टुरिङका टुरिङमा ब्यास्त थेँ भनें त । तपइँकाँ आउँदा आउँदै बडादशीँ पनि आइगो । दशीँ फिनिस्टिन पा’थेन तिआर आइगो । टुरिङका टुरिङमै मेरो दशीँ र तिआरको झन्नै तीन पावा ट्याम चलिगो । रएको एक पावा ट्याम त मैले नि चाड मान्नु परेन त अन्त ?”
मैले सोधें— “केको लागि टुर गर्नु भएको नि ?
उनले तुरुन्त भने— “मेरो छेत्रको एरिआमा लिङ्गेपिङ–रोटेपिङ थापेका छन् भने तिनका डोरी–जुइँना काटेर सो–उक्त खालका पिङको पर्थालाई मेरो एरिआबड गेटाउट गराउने अभ्यान थ्यो मेरो । तेइ अभ्यानको इस्टमेट गरेर हाताँ लाग्ने कोथीमोडा नाङ्गो खुकुरी बोकेर र चइँनेकेरे आर्का हाताँ टचलाइट बोकेर राती–राती तुरिङमा निकिन्थें म र बेहान मात्तै कैलुको भट्टी हुटेलमा खान्पीन रिल्यास गरेर चाइँन्जो दिसभरि सुत्थेँ ।”
म एक छाल हाँसें र जिज्ञासा राखें— “लिङ्गे पिङ र रोटेपिङ किन गेटाउट गर्ने इन्टीमेट गर्नुभएको थियो नि ?”
उनले परक्क मुन्टो बटारेर निधार चाउरी पार्दै भने— “हन उइले राजा सिरिपान सर्खारको सामान्ती जुग–जमानामा चलेका तेस्ता पिङको पर्था अैले हाम्रो नेपाकाको बौमतको शक्तिशाली सर्खारको कर्याप्च्याप्को नेपाल सरदबड गेटाउट गर्नै त पर्छ त अन्त । कस्तो कुरा गर्छौ हउ तपइँ हँ ?”
मैले उनकै ढाँचाको प्रश्न राखें— “अनि अब कस्तो पिङ चालू हुन्छ त देशमा ? कि पिङ खेल्ने प्रथै हट्छ त ?”
उनले फेरि कुन्द्रे आँखाले मेरो अनुहारतिर हेर्दै भने— “अनि अस्ति दुई हज्जार छयात्तर साल आस्बिन छे र सात गते रोज चार र पान गते दशमी र एक्कादशी तिथिदेखुन् नेपाल देशाँ सि–पिङ खेल्ने पर्था चालू भएन त अनि ? हन तपइँ आज कस्तो स्यानो नाबाखले बरण्डाबड आँगनतिरको टपरामा पेसाप गरे जस्तो कुरा गर्छौ हउ !”
मैले सोधें फेरि— “त्यो के खालको पिङ हो दाइ ? मैले त आजै सुन्दैछु नाम पनि ।”
उनले भने— “तपइँ हाम्रो कम्रेट होउ र कैरन लाउनु ? पैले आप्mलाई अकमे्रटबड कम्रेटमा उल्था गर न था पाइहाल्छौ नि । म एत्तिका बर्खदेखुन् कम्रेटमा छु रै भा पनि मैले पनि सो–उक्त पिङको नालीबेली बुजेको छुइन भने तपइँले यो नयाँ खाले पिङको नाम सुनेकै दिन जान्न खोज्ने ? हेर पाँडे भाइ तपाइँ, अम्लो दिँदा डुडुँलो निल्न खोद्नु हुँदैन भन्ने ग्यानबिभेक राख्ने गर हए, नभा कतै न कतै नरामरी पछार्यौला नि ।”
म केही बोलिन ।
उनी नै भन्दै गए— “हाम्लाई देशाँ सम्विर्दि लेराउने भामट ट्यान्सिन भैराखेका ट्याममा तपइँहेरु अकमे्रेटले हाम्रा गुज्जे कुरोमा इन्टेस राख्न थाल्यौ भने हाम्रा पेटाँ शङका हुन्छ र हामी हाम्रा कुरा मरेकाटे भन्दौन क्या । हाम्रो पाटी भन्या काङरेस, राजावादी अथ्वा मधेसे नेताहरका पाटीहेरु, नन्दकुमार पर्साइँको पाटी, भक्तपुरे नारानमान बिदुक्चेको पाटीहेरु जस्तो आफ्ना कुरा फतर–फतर बोलिहिन्ने पाटी काँ हो र ? हाम्रो पाटी त रेल, पानीजाज, बिजुली बस, होल–टोट्टल जन्ताका चूला–चूलामा बाल्ने ग्याँसका पाएप जइन् गर्दिने जस्ता कुरा गर्ने तर कामले चइँ अर्थोक–अर्थोकै गर्ने पाटी पो हो त । कामले जे गर्ने हो त्यो कुरा चइँ काटेचोप नगर्ने पाटीको म जस्तो पुरानो भामट कम्रेटले सि–पिङ खाले पिङ कस्तो हुन्छ भन्र तपइँ जस्तो अकम्रेटलाई निस्तै भन्नु काँ मिल्छ र यार । मान्छे भएसि अलेली बोल्नुपरिगो । बोल्नु परिगएसि के स्यानो कुरा बोल्नु ? ठूल्ठूलै कुरो बोल्नै परो । जति ठूलो कुरो बोले नि भकै छ । पाटी नै ठूलो भएसि कुरा ठूला हुनु सोभाभिकै हो, होइन्त ? गर्नसक्ने, पार लाउनसक्ने मात्तै बोल्नु हो भने एत्रो ठूलो बौमतको सर्खारको बेजोत हुन्छ । एई सोचेर–सम्जेर गर्नसक्ने, पार लाउनसक्ने कामका कुरा गोप्पे राखेर चइनेकेरे गर्न नसकिने–पारलाउन नसकिने कुरा चइँ छानी–छानी बोल्ने हाम्रो बानी छ । यो बानी नै हाम्रो रानीतिकको आँतभेउ हो भन्नेसम्म चइँ बुजिराख न तपइँ । सि–पिङ कस्तो खाले पिङ हो र कसरी थापिन्छ भन्ने चइँ पछि बुज्दा भइहाल्छ नि । किन मरिहत्ते गर्नु ?”…
उनी भन्दै गए— “हाम्रा किस्नबादुर मोरालाई बलत्कारी लागेर सम्सतको सबामुखबड गेटाउटमा पारिराख्या छ । उता रउतटका हाम्रा बडा कम्रेट माधौ नेपालका मन्त्री मोबत् अप्ताप आलाम पनि तेसकारन आदा कम्रेट नै हुन् । उनलाई इँटाभट्टामा इँटा पकाउन दाउराको साटो जिउँदा मान्छे बालेको खत लागिराख्या छ । हाम्रा किस्नपर्साद सिटौला पनि हाम्रै कमिनिस सर्खारका उपर्दानमन्त्री भका हुन् । आलामले इँटाभट्टामा जिउँदा मान्छे बालेका बेला उनी गिर्हेमन्त्रीमा भकाले आलाम पक्रा पर्दा उनको रानीतिक मनको स्वास्थे गडबडाइराख्या खबर आइराख्या छ । हाल गिर्हेमन्त्री राम्बादुर बादलको छोराको डिएने टेस हुने र त्यस टेसको रिजेलसँग निर्मला पन्थको डिएनेको नाता मिलाउने कुरो आइराख्या छ । कुरा कति छन् कति । सम्बिर्दि लेराउन माथ्ला नेताहेरु सर्खारी टिकसमा हावाजाज चढेर विदेशीका मेजमान खान गकागकै छन् । कुरो त यसरी राँटा नछोडी मेलैसित पो बुज्नुपर्छ त हओ पाँडेभाइ ।”…
मलाई दिक्क लाग्यो र प्याच्च भनें— “कति ल्याए त समृद्धि ? कि सरकारी सम्पत्तिमा रामरमाइलो र दाइँ गर्न पाउनु नै समृद्धि हो भन्ने ठानिन्छ हँ ?”
उनले कड्केर भने— “सर्खार चइँ कस्को हो नि ? आफ्नो सर्खारको सम्पत्तिमाथि दाइँ गर्न कसैलाई सोदिरनु पर्छ त ? के पर्तेपच्छेका जस्ता कुरा गर्छौ ? रउतटमा भादेखुन् हाल्थे दाउराको सट्टामा मोबत् अप्तापले तपइँलाई जिउँदै इँटा पोल्ने भट्टीमा । तपइँले के भन्न खोज्या हँ ? हाम्रो बौमतको सर्खारले तपइँका लागि सम्बिर्दि लेराउने भन्या हो र आर्काले सम्बिर्दि खेल्दा आरिस गर्छौ ? कुरा गर्छौ रङग न ढङ्गका । सर्खारी पाटीका ठूला–बडासंग बात मार्ने तडिका तेइ हो ? कस्ता पोचा, कस्ता सोमत नजान्ने ल्याङ्ठा हओ तपइँ हँ ?”…
उनी यसरी बेरोक झर्किँदै उठे र बाटो लाग्दै अझ कडा स्वरले भन्दैथे— “इनलाई चइँ एउटा बलत्कार लागे त क्या मज्जा हुन्थ्यो । एतातिरका इँटाभट्टावालाहेरु तेति आँटी भा पनि हुने… बोरामा बाँदेर खसाइन्थ्यो चिम्लीबड बिरोदी छानी–छानी…..लु खा खैनी भन्दै भ्mवाम–झ्वाम….तेस्सिमालाने !”…
मेरो केही भन्नु थिएन तैपनि उनी फत्फताउँदै गइरहेतिर हेर्दै मनमनै भनें— “उनले भनेको नयाँ खाले पिङ यही हो त ? नयाँ खाले पिङ त खेल्ने साधन होइन कि क्या हो हँ ?”