तुलसीराम खरेल,
श्रीयाको निजी कोठा ठूला झ्याल, लामा–लामा सेता पर्दा, मधुरो प्रकाशले छपक्कै पारेको त्यो गोधुली साँझ । उनी पृथ्वी भन्ने ग्रहको अति नै बैभवशाली मुलुक नेपालको ग्रीष्मकालीन राजधानी चितवनमा थिइन् । शूक्ष्म तरंग विज्ञानले सबैको ध्यान खिचेको थियो । यसको प्रयोग गरेर धेरैजनाहरुले आफ्नो शरीर छोडिरहेका थिए । उनका युरोपियन प्रेमी रोविन मेल्भिन मंगल ग्रहमा बस्न थालेका थिए। लंडनमा स्टुडेन्ट भिसामा पढ्न जाँदा श्रीयाको परिचय भएको थियो । दुबै जनाले समयसापेक्ष बिज्ञान शूक्ष्म तरंग बिज्ञान र प्रविधिमा उच्च शिक्षा लिएका थिए । यसको प्रयोग गर्न सक्ने बिभिन्न औजारहरु बनिएका थिए जसको प्रयोग गरेर भेट गर्ने योजना श्रीया र मेल्भिनले गरे ।
श्रीयाको कोठाको पूर्वपट्टीको भित्तामा काँच, युरेनियम र केही तत्वहरुको मिश्रणबाट बनाइएको पर्दा थियो । कपडाको पर्दाभित्रको उक्त पर्दा खोलिन् श्रीयाले । एउटा बटम दबाइन् । उनको कोठाका सबै झ्यालहरु बन्द भए । ढोका बन्द भयो । अब कसैले उनको स्वीकृति बिना उनको कोठा खोल्न सक्ने थिएनन् । छेउमा रोबोटबाट चल्ने केही खेलौना जस्ता सामग्रीहरु चल्न थाले । पिलिक–पिलिक फोटो खिचिरहे तिनले । श्रीयाले एउटा सेतो रंगको स्टीक समातिन् जसबाट सुनौलो प्रकाश निस्किरहेको देखिन्थ्यो । उनले सुपर स्मार्ट पर्दाको अर्को बटम थिचिन् । एउटा ढोका खुल्यो । त्यहाँभित्र सुन्दर संसार देखिन्थ्यो । त्यहाँ उनका प्रेमी रोविन मेल्भिन हाँसिरहेका थिए । त्यो एउटा दृष्य थियो । उनको शरीरको जीवन्त आकृति । उनी मंगल ग्रहमा बस्दथे । उनले केही प्राविधिक सहयोगका लागि रोवोटलाई अनुरोध गरे । एकैछिनमा श्रीयाको शरीरबाट सुनौलो प्रकाशको पुञ्जमा उत्पत्ति भयो । रोबोटले बढो जतनले उनको शरीरलाई सेतो पलङमा सुताइदियो । रोबोटले दराज खोल्यो र एउटा स्प्रेले श्रीयाको शरीरमा छिसछिस पा¥यो ।
मंगल ग्रहको मंगलाभवनमा रोविन मेल्भिन श्रीयाको प्रतिक्षा गरिरहेका थिए । मेल्भिनले हल्का मुलायम कपडा लगाएका थिए । उनको मुहारमा अनन्तकालसम्म रहने खाले मधुर मुस्कान छाएको थियो । मंगला भवनको एउटा ठूलो कोठामा सूर्यको प्रकाशले स्पर्स ग¥यो । मेल्भिनको हाँसो झन् गाढा भइरहेको थियो । उनले ठूलो दराज जस्तो एउटा बनौट खोले । त्यहाँ अचम्मको दृष्य देखियो । एउटा सानो बच्चा आकारको रोबोटले श्रीयालाई समातेर फुत्त निस्कियो । तरंगरुपी पुञ्जको रुपकी श्रीयाको शरीर पृथ्वी लोककोभन्दा केही फरक थिएन । उनलाई देख्ने बित्तिकै रोबिन मेल्भिनले उनलाई अंकमाल गरे । त्यहाँ उनीहरुबीच केही कुरा भएन । केही खानेकुराले स्वागत गर्ने कुरा पनि रहेन । ठूलो कोठाभरि खेलौना जस्ता रोबोटहरु हल्लिरहेका देखिन्थे । त्यहाँ कुनै भावनात्मक कुराहरु भएनन् । रोबिन मेल्भिनलाई सुस्तरी समाएर श्रीयाले पलङमा सुताइन् । एउटा सानो औषधिको बट्टा रोबोटले ल्याइदियो । त्यो शरीरमा लगाएर मालिस गरिन् श्रीयाले । रोबोट बच्चाले कोठाको बत्ती चहकिलो बनायो । मौनताले कोठाको बैभवलाई गिज्याइरहेको थियो । पलङमा श्रीया र रोबिन मेल्भिन चलायमान देखिन्थे । बाहिर आवाजविहीन माछा जस्ता सवारीसाधनहरु आकाशमा उडिरहेका थिए । फुलवारीका फूलहरु मुस्कुराइरहेका थिए ।
मंगलग्रहमा धेरै मानिसहरुले सवारीसाधनको प्रयोग गर्न छोडेका थिए । उनीहरु तरंगको रुपमा गमन गर्दथे । हजारौँ किलोमिटरको यात्रा क्षणभरमै हुन्थ्यो । यस्तो प्रविधि सबैले चलाउन भने सकिरहेका थिएनन् । यसको बैधानिकता माथि बहसहरु हुन थालेका थिए । शरीर नै गायव हुने या मृत जस्तो शरीर छोडेर सारा प्राणशक्तिलाई तरंगमा बदल्ने भन्ने कुराहरु मंगलग्रहमा प्रष्ट भइसकेको थिएन । त्यहाँ कानून बनाएर व्यवस्थित गराउन गाह्रो थियो किनभने त्यो ग्रहमा पृथ्वीका सबैजसो देशका मानिसहरु पुगिसकेका थिए भने त्यहीँ जन्मेको पुस्ता समेत तयार भइरहेको थियो । आ–आफ्ना पृथ्वी ग्रहकै देशको कुरो लाद्न सबै खप्पीस थिए ।
पृथ्वी ग्रहको नेपाल भन्ने देशको चितवनको एउटा भवनको कोठामा श्रीयाको शरीर झण्डै मृत लडिरहेको थियो । उनी तरंगको रुपमा मंगल ग्रहमा पुगेर आफ्नो पहिचान अनुसारको पूर्ववतः शरीरमा प्रविष्ट भई आफ्ना प्रेमी रोविन मेल्भिनसँग मिलन समेत गरिसकेकी थिइन् । उनीहरुको चाहना अनुसार श्रीयाको गर्भाशयभित्र एउटा सानो भु्रण तयार भएको थियो । अब उनी लाखौं माइल टाढाको पृथ्वी भन्ने ग्रहको आफ्नो निवासमा फर्कन चाहन्थिन् । उता रोविन मेल्भिन मंगल ग्रहको अन्तग्रह अन्तरीक्ष केन्द्रका शूक्ष्म तरंग बिज्ञानसँग सम्बन्धित शाखाका वैज्ञानिक थिए । उनी स–सम्मान श्रीयाको शरीरलाई फेरि तरंगमा बदलेर पृथ्वीमा पठाउन चाहन्थे । यो त्यो समयको अनौठो प्रयोग थियो । उता पृथ्वीमा उनको शरीरको सुरक्षा स्पेसियल रोवोटले गरिरहेका थिए ।
रोवोटकै सहयोगले श्रीयाले शरीर त्यागिन् उनको मंगल ग्रहको शरीर एकाएक सुनौलो तरंगमा बदलियो । त्यसपछि उनको दिब्य शरीर एउटा पर्दाको कुनाबाट हरायो । अब उनी प्रकाशको पुञ्जमा रुपान्तरित भएर आफ्नो पृथ्वीमा रहेको घरको कोठामा प्रविष्ट भइन् । यस कार्यमा स–साना रोबोटहरुले सहयोग गरिरहेका थिए । उनको प्रकाश पुञ्जरुपी आत्माले उनको मृत जस्तो देखिने शरीर देख्यो । धेरै कुरा भ्रम जस्तो लाग्यो । त्यो चैतन्य चेतनाको सानो ज्वारभाटाले उनले प्राप्त गरेको भु्रण सझ्यो । त्यो एक कोषिय युग्मक याने जाइगोट पनि तरंगमा बदलिएको थियो । त्यसलाई समेत आफूसँगै आफ्नो मृत जस्तो शरीरभित्र छिराउने कुराले उनको पुञ्जमा भ्रम र द्विविधा पैदा भयो । त्यो भ्रुण उनले बोक्नै पथ्र्यो । त्यसलाई जन्माउनै पथ्र्याे, एउटा निश्चित समयसम्म बोक्नै पथ्र्याे आफ्नो शरीरभित्र ।
आफ्नो शरीरमै फर्किएर कामहरु गर्नु थियो । उनका श्रीमान् मंगल ग्रहका शूक्ष्म तरंग बिज्ञानमा काम गर्ने वैज्ञानिक थिए । उनले त्यो भ्रुणको वारेमा केही सोच्नु पर्दैनथ्यो । उता श्रीया आफ्नो शरीरलाई फेरि तरंगहरुमा बदल्न पाउँदैनथिन् । तरंगहरुका असरले पृथ्वी तथा मंगल ग्रहमा फरक–फरक प्रवृत्ति मानसिक अवस्थाका मानिसहरुको भीड बढिरहेको थियो । ह्युमन बिहेबिअरल साइन्सका वैज्ञानिकहरुको टाउको दुखाइ बनिरहेको सुनिन्थ्यो । मानव जातीमा भावना प्रायः समाप्त भएको थियो । प्रत्येक मानिसका घरहरुमा रोवोटहरु देखिन्थे । घर सफाई गर्ने, भारी बोक्ने, खाना बनाउने बच्चा हेर्ने, बच्चालाई सिन्थेटिक मिल्क खुवाउने सबै रोबोटको जिम्मामा छोडिन्थ्यो । त्यो रोबोटबाट स्वचालित मानव समाज बनिसकेको थियो । लाग्थ्यो रोवोटबिना मानव समाज लङ्गडो नै हुन्छ । श्रीयाले भ्रुणसहित आफ्नो शरीरमा प्रविष्ट हुने निधो गरिन् । श्रीयाको पुञ्ज आफ्नो पृथ्वीमा रहेको शरीरमा प्रवेश ग¥यो । उनको कम्मर माथि गर्भाशयमा सानो एक कोषिय जाइगोट बढ्दै बहुकोषिय भु्रण अवस्थामा परिवर्तन भइरहेको थियो । त्यो भ्रुणको बृद्धिको लागि उनका स्वचालित रोबोटहरु बढी चिन्तित देखिन्थे ।
श्रीयाले फेरि सोचिन उनको भु्रण । त्यो जबर्जस्त बढिरहेको थियो । उनी स्वतन्त्र बन्न चाहन्थिन् । आमा बन्ने रहर उनमा पटक्कै थिएन । तर, एउटा मोह कायमै थियो । उनको पृथ्वी ग्रहको घर, जमीन, संग्रहालयसहितको प्लानेटरियम । मंगल ग्रहका बोल्ने फूलहरुको बगैँचा, आर्टिफिसियल ओसन, वायुमण्डलमा अडिएको घर आदिको अर्को आधिकारिक ब्यक्ति । एउटा आफ्नै भनिने सन्तान । जसलाई यो सब बैभव हस्तान्तरण गर्नु थियो उनले । अनि कुनै बेला मृत्युलाई स्वीकार्नु थियो । यसलाई टार्ने रोवोटहरु उनको मानव सभ्यताले बनाउन सकेको थिएन ।
उनले एउटा बिचित्रको प्रयोग गरिन् । उनको गर्भाशयभित्र रहेको भ्रुणलाई एउटा सानो शल्यक्रियाबाट निकालेर रोबोटमा प्रत्यारोपण गर्ने । हो एउटा सुकसुकाउने महिला आकृतिको रोबोट । हाँस्दै आइन रोवोटा । उनले श्रीयाको काम गर्नु थियो । उनको आल्मोनियमको पेटभित्र भ्यागुताको छालाको आवरणले घेरिएको सुँगुरको गर्भाशयको एउटा भाग राखिएको थियो । स–साना माइक्रो बेट्रीबाट आवश्यक ताप प्रदान गरिएको रोबोटाको स्त्री अंगमा मेवाको चोप, अमलाको रस अनि नरिवलको पानीले कृतिम गर्भाशयलाई प्राकृतिक रुप प्रदान गरिरहेका थिए ।
रोविन मेल्भिनको शुक्रकिट र श्रीयाको अण्डको मिलनबाट बनेको भ्रुण रोवोटाले ग्रहण गरिन् । अब श्रीया वायुमण्डलमा तरंगको रुपमा छमछमी नाच्दै हिँड्न थालिन् । रोवोटा अब आमा रोवोटा बन्ने छिन् । उनको शरीर परिवर्तनशील हुन थाल्यो । केही कृतिम मानव कोषिकाहरु आल्मोनियम र कपरको मिश्रित धातुमा घोटिन थाले । भ्यागुताको सेमिपर्मीएवल स्कीन च्यातिन शुरु ग¥यो । नरिवलको तेल, मेवाको चोप र यीष्ट एक्सट्राटले भु्रणलाई खाना प्रदान गर्न सकिरहेका थिएनन् । बीफ डष्टबाट बनाइएको आर्टिफिसियल न्युट्रिएन्टले बिसौँ प्रकारका एमिनो एसीडहरुको स्वचालित कम्प प्रदान गर्न सकेनन् । जुन जीवित स्त्री शरीरको गर्भाशयभित्र सम्भव हुन्थ्यो ।
भ्रुण बढ्दै थियो उसको आमा रोवोटाको शरीरभित्र । यस्तो प्रक्रियाले पृथ्वी तथा मंगल ग्रहमा हजारौँ भ्रुणहरुको अस्तित्व समाप्त भइसकेको थियो । तर, अलि फरक प्रकारको आफ्नो प्रयोगको नतिजा हेर्न श्रीया आइपुगिन् । एकैछिनमा एउटा विचित्रको मानव उनको कोठामा प्रवेश ग¥यो । त्यो हेर्दा रोवोट जस्तो तर मांसपेशी र रगत भएको । अनुहार पुराना क्रोमेग्नन् र रामापिथेकस जस्तो । उसले परिचय दियो उ चन्द्रमाको सतहमा जन्माइएको थियो । एउटा रोवोटले उसको उद्धार गरेको । उसकी आमा र वा उसलाई थाहा छैन् । रेडियसन इफेक्टले म्युटेशन भएको त्यो मानव शक्तिशाली तर उदण्ड थियो । ऊ सरासर श्रीयाको प्रयोगशालामा प्रवेश ग¥ये । सबै सामग्री नष्ट गर्न थाल्यो । रोवोटा ! श्रीया कराइन् । रोवोटा एउटा बच्चाकी रोवोट आमा । उसको पेटमा बढिरहेको सानो मानिसको अवस्था के हुने हो ? श्रीया छट्पटाइन् । रोवोटा भुइँमा ढलिन् । त्यो रामापिथेकस जस्तो मानवले सबै नष्ट गर्न थाल्यो । रोवोटाको कोठाका सामग्रीहरु सबै नष्ट भए ।
धेरै सामग्री एकैचोटी अदृष्य बने । रोवोटाको शरीर क्षतबिक्षत भयो । एउटा सानो मानिस त्यो फुटेको आवरणबाट बाहिर आयो र केही भन्न थाल्यो । उसको भाषा चर्चित तथा स्वचालित रोवोटहरुले बुझ्ने भाषा थियो । त्यो भाषालाई धेरै मानिसहरुले जबर्जस्त बुझ्नु पर्दथ्यो । सबै चकित भएर सुन्न थाले । ऊ भन्न थाल्यो– ‘म भित्र एउटा शूक्ष्म तरंग बनेको छ । अब तुरुन्तै त्यसले महा बिष्फोटनको रुप लिनेछ अनि समस्त पृथ्वी, चन्द्रमा लगायतका आकाशीय पिण्डहरु सेकेण्ड भरमा खरानी हुनेछन् ।’ उ हेर्दाहेर्दै सानो गुच्चामा परिणत भयो सबै चिच्याएर रुन थाले । एकैछिनमा सूर्यको जस्तो बलवान ताप र प्रकाश उत्पन्न भयो । मानिसहरु चिच्याएको आवाज सुनेर रोवोटहरु हाँसिरहेका थिए ।