सांसदसँग नागरिक गुनासो

0
639

बुधबारे।

अन्तर्राष्ट्रिय सम्बन्ध समिति सभापति तथा झापा क्षेत्र नम्बर–२की सांसद पवित्रा निरौला खरेलले भारतले आप्mनो राजनीतिक नक्सामा नेपालको भूभागलाई आप्mनो भूमिमा समेटेको विषयमा आप्mनो गम्भीर ध्यानाकर्षण भएको बताएकी छिन् ।

बुद्धशान्ति–१को तीनतले सामुदायिक भवनमा नागरिकसँगको अन्तरक्रिया कार्यक्रममा उनले यो खेदपूर्ण कार्य भएको भन्दै आप्mनो र सरकारको नै गम्भीर ध्यानाकर्षण भएको बताएकी हुन् । यसको भण्डाफोर र बिरोध गरिने उनले स्पष्ट पारिन् । उनले सरकारले कुटनीतिक ढंगबाट वार्ता र सम्बादको माध्यमबाट यो समस्याको समाधान निकाल्ने बताइन् ।

कार्यक्रममा सो क्षेत्रका सर्वसाधारणले आप्mनो क्षेत्र विकासमा वषौंदेखि पछि परिरहेको गुनासो गरेका थिए । पटक–पटक सत्ता परिर्वतन भए पनि, जनप्रतिनिधिले बनाउँछौं भन्ने आश्वासन दिए पनि उत्तरी बुधबारेको विकास हुन नसकेको भन्दै उनीहरुले सांसद निरौलासँग गुनासो गरेका थिइन् । शहीद राम प्रधान मार्ग बर्षौंदेखि कालोपत्रे नभएको, दामा खोलामा पक्की पुल बन्न नसक्दा आवतजावतमा समस्या भएको, खानेपानीको समस्याले स्थानीय आजित भएको, लेदोपानी पिउनुपर्ने बाध्यता रहेको सर्वसाधारणले गुनासो गरेका थिए ।

छत्र तिम्सिनाले सञ्चालन गरेको कार्यक्रममा बुद्धशान्ति–१का वडाध्यक्ष भीमकुमार नेवार, तत्कालीन बुधबारे गाविसका अध्यक्ष खडानन्द वाग्ले, तीनतले सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नन्दकुमार राई, दामा खोला पुल निर्माण समितिका अध्यक्ष काजीमान योञ्जन, नमूना आधारभूत विद्यालयका अध्यक्ष वीरेन्द्र घतानी, टंक वाग्ले लगायतले सो क्षेत्रका सर्वसाधारणले भोग्दै आएको समस्याबारे जानकारी गराएका थिए ।

अन्तरक्रिया कार्यक्रममा उठेका जिज्ञासाको समाधान गर्दै सांसद निरौलाले दामा खोलामा पक्की पुल बनाउने कुरामा आप्mनो जिम्मेवार प्रयास रहने, राम प्रधान मार्गलाई कालोपत्रे बनाउने, खानेपानी, सिञ्चाई लगायतका समस्या समाधानका लागि आफूले प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

सो क्षेत्रमा दामा खोलामा यसअघि नै छुट्टिएको बजेटले पक्की पुल बनाउने या मदन भण्डारी राजमार्गले नै बनाउन लागेको पुल बनाउने भन्ने विषयमा अन्यौल यथावत रहेको छ । त्यस क्षेत्रका सर्वसाधारणले जुनसुकै हालतमा पनि दामा खोलामा पक्की पुल बन्नुपर्ने धारणा राखेका छन् । स्थानीय तेजबहादुर तामाङले बिरामी पर्दा एम्बुलेन्स पनि आवतजावत हुन नसक्ने तथा विद्यार्थीले बर्खाको समयमा विद्यालय जान समस्या भोगिरहेको भन्दै तत्काल समस्या समाधान गर्न सांसद निरौलासँग अनुरोध गरेका थिए ।

त्यस्तै स्थानीय काजीमान योञ्जनले पटक–पटक यस क्षेत्रका जनतालाई झुक्याइने गरेको बताउँदै पुल बन्ने कुरामा अझै विश्वस्त हुन नसकेको बताए । उनले जनतालाई विश्वस्त हुने गरी काम गर्न जनप्रतिनिधिलाई सुझाए । उनले छुट्टिएको बजेटबाट पुल बनाउन आप्mनो नेतृत्वको उपभोक्ता समितिलाई दिने हो भने तत्काल कार्य थाल्ने पनि बताए ।

सो अवसरमा तीनतले पर्यापर्यटन क्षेत्रको विकासका लागि राज्यबाट थप सहयोग आवश्यक भएको तीनतले सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष नन्दकुमार राई तथा शहीद वनबाटिकाका संयोजक छत्र तिम्सिनाले अनुरोध गरेका छन् ।

नमूना आधारभूत विद्यालयको समस्या, सिद्धिबिनायक गणेश मन्दिरको समस्याका बारेमा पनि सरोकारवाला पक्षले सांसद निरौलाको ध्यानाकर्षण गराएका छन् । सुपारी खेती तथा किसानले भोग्नुपरेको समस्याका बारेमा पनि निरौलालाई ध्यानाकर्षण गराइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here