इलामामा विद्यार्थीले एसएसवीसँग प्रतिकार गरेरै भारतले कव्जा गरेको नेपाली भुमिमा राष्ट्रिय झन्डा फहराए

३० कार्तिक २०७६, शनिबार मा प्रकाशित

इलाम।

सत्तारुढ नेकपाको भातृ संगठन अनेरास्वबियूले भारतले कब्जा गरेको नेपाली भुमिमा नेपाली झण्डा फहराएको छ ।

इलामको सन्दकपुर गाउँपालिका वडा नं ४ मा भारतले अतिक्रमण गरेको भुमिमा अनेरास्ववियु इलाम जिल्ला कमिटीले भारतीय सिमा सुरक्षा वल (एसएसवी) संग प्रतिकार गरी आज नेपालको राष्ट्रिय झन्डा फहराएको हो ।

केही समय अगाडि गाँउपालिकाले निर्माण सुरू गरेको भ्यु टावरलाई निर्माण अवरूद्ध गरी भारतले कव्जा गरेको थियोे । सो कव्जा गरेको जमिनमा अनेरास्ववियुले नेपालीको राष्ट्रिय झन्डा फहराउन खोज्दा भारतिय सिमा सुरक्षा वल (एसएसवी) ले वल प्रयोग गरेपछि एसएसवी र अनेरास्वविूका कार्यकर्ताबीच सामान्य झडपसमेत भएको थियो ।

झडपमा सिमा सुरक्षा वल (एसएसवी) का एक जवान सामान्य घाइते भएका छन । अखिलका नेता आरसी लामिछानेका अनुसार अनेरास्ववियुका नेता रबिन्द्र सुवेदीको नेतृत्वमा गएको टोलिले भारत द्वारा निषेधित क्षेत्र भनिएर लेखिएको वोर्ड समेत भत्काएर फ्याकिदिएका छन । कव्जा गरिएको जमिनमा राष्ट्रिय झन्डा फहराएपछि विधार्थीहरूले नाराजुलुस गरेका थिए ।-जनताटाइम्स डटकमबाट 

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here