कोल्बुङ्गमा भएको सवारी दुर्घटनामा १२ जना घाइते

३० कार्तिक २०७६, शनिबार मा प्रकाशित

इलाम ।


मेची राजमार्ग अन्तरगत इलामको कोल्बुङ्गमा भएको सवारी दुर्घटनामा १२ जना घाइते भएका छन् ।

मोरङको उलाबारी राजघाटबाट कन्याम बनभोज खाएर फर्कदै गरेको टोली सवार बस रोङ गाउपालिका ३ कोल्बुङमा शनिबार अपरान्ह ४ बजे दुर्घटनामा परेको हो । को १ ख ५३३८ नम्बरको बस दुर्घटना भएको हो । घाइतेको झापाको बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी हर्कटेका प्रहरी सहायक निरिक्षक अनोज शाक्यले बताए ।

स्थानीय युवाहरुले देउसी भैलो खेलेर संकलन गरेको रकम बाट कन्याममा बनभोजको लागि आएका थिए । देउसी भैलो समुहले बनभोजको लागि इलाम को कन्याम पुगेर फर्कने क्रममा दुर्घटना भएको हो ।

को १ ख ५३३८ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते सुरज पमु, निर्मल बराल, सन्तबहादुर लिम्बु, अनिल लिम्बु, पदम लिम्बु, रबी बस्नेत, भिम लिम्बु लगायत घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि झापा पठाइएको प्रहरी चौकी हर्कटेले जनाएको छ । बस सडकबाट करिब १० मिटर तल अम्लिसो बारीमा झरेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here