राजपा झापामा अनुपसिंह

३० कार्तिक २०७६, शनिबार मा प्रकाशित

बिर्तामोड।

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को अध्यक्षमा अनुपसिंह राजवंशी चयन भएका छन् । बिर्तामोडमा भएको अधिवेशननबाट राजवंशी अध्यक्षमा चयन भएका हुन् ।

समितिको वरिष्ट उपाध्यक्षमा राजकुमार महत्तो र सुन्दरलाल साह चयन भएका छन् भने वरिष्ट नेतामा सन्तोष कुमार गणेश चयन भएको सचिव देवेन्द्रकुमार ढुङ्गानाले जानकारी दिए ।

समितिको उपाध्यक्ष खड्गवहादुर खड्का, खड्गनारायण राजव.शी, मेरी राजवंशी, कालेश्वर राजवंशी रहेका छन् भने सचिवमा ढुङ्गाना र सह सचिवमा श.कर मेचे,कृष्णप्रसाद थपलिया चयन भएका छन् । त्यस्तै कोषाध्यमा सुस्मिता देवी साह, पार्टी प्रवत्तामा प्रभुनारायण यादव सहित ७१ सदस्यीय समिति चयन भएको हो ।

राजपाका अध्यक्ष मण्डलका संयोजक राजकुमार महत्तोको सभापतित्वमा बिर्तामोडस्थित अग्रसेन भवनमा जिल्ला अबिधेशन भएको थियो । अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय प्रवत्ता अमरेन्द्र कुमार साहले गरेका थिए ।

पार्टीका जिल्ला सदस्य सन्तोषकुमार गणेशले स्वागत गरेको कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष विश्वनाथ सिंह राजवंशी, केन्द्रीय सदस्य मोहितलाल कामती, त्रिनारायण राजवंशी, अनुपसिंह रााजवंशी, पार्टीका अध्यक्ष मण्डलका सदस्य सूर्यनारायण गणेश लगायतले बोल्नु भएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here