मोबाइल पत्रकारिता तालीम सम्पन्न

१ मंसिर २०७६, आईतवार मा प्रकाशित

बनेपा,

सञ्चार रजिष्ट्रार प्रदेश नं ३ को कार्यालयले धुलिखेलमा आयोजना गरिएको ‘पत्रकारितामा नवीनतम प्रयोग प्रवद्र्धनका लागि मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालीम’ शनिबार सम्पन्न भएको छ ।

प्रदेश नं ३ का काभ्रेपलाञ्चोकलगायत सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुलीका पत्रकारको सहभागिता रहेको तालीममा मोबाइलबाट नै भिडियो खिच्ने, अडियो रेकर्ड गर्ने, इडिट गर्ने र मिक्सिङ गरी कार्यक्रम उत्पादन गर्ने तालीम दिएको हो । सो तालीम समापन कार्यक्रममा रामेछापका सहभागी मञ्जु उप्रेतीले तालीमबाट धेरै राम्रो ज्ञान लिन पाएको बताउनुभयो ।

दैनिक गर्ने काममा मोबाइल धेरै उपयोगी हुन्छ भन्ने कुरालाई व्यावहारिकरूपमा प्रयोगमा ल्याई पेशालाई थप जिम्मेवार र दक्ष बनाउनका लागि तालीमले सहयोग पु¥याएको उहाँले बताउनुभयो । अर्का सहभागी काभ्रेपलाञ्चोकका अञ्जली तामाङले तालीमले पेशामा थप ऊर्जा थपिदिएको बताउनुभयो ।

पहिला सामान्यरूपमा भिडियो इडिटिङ र रेकर्डिङका लागि काठमाडौँसम्म खर्च गरी धाएर सिकेको भए पनि खासै प्रगति गर्न नसकेको अवस्थामा जिल्लामै बसेर सो सम्बन्धी ज्ञान हासिल गर्दै पत्रकारिता पेशामा अर्को मनोबल बढाएको उहाँको भनाइ छ ।

कार्यक्रममा प्रदेश नं ३ का सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले पत्रकारिताको दैनिक काममा मोबाइल प्रयोग हुन थालेपछि पत्रकारलाई नयाँ प्रविधि र ज्ञान सीपको आवश्यक्ता पूर्ति गर्न तालीम आयोजना गरेको बताउनुभयो ।

उहाँले ग्लोबल जर्नालिज्मको अवधारणालाई आम पत्रकारिता जगत्मा पु¥याउन सहयोग पु¥याउने र मोफसलमा रहेर पत्रकारिता गर्ने पत्रकारले आफूलाई लोकल जर्नालिज्म हो भनेर सङ्कुचितरूपमा सोच्ने गरेका कारण अब प्रविधि र मिडियाको प्रयोगको पहँुच असीमित हुने गरेको कारण लोकल नभई ग्लोबल जर्नालिज्म हो भन्ने धारणामा परिवर्तन ल्याउन तालीमले उत्प्रेरण दिने बताउनुभयो । तालीममा जिल्लामा रहेर रेडियो, टेलिभिजन, अनलाइन पत्रकारितामा सक्रिय २० पत्रकारको सहभागिता रहेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here