आज खण्डग्रास सूर्यग्रहण

0
838

काठमाडौं,

आज बिहान खण्डग्रास सूर्यग्रहण लाग्दै छ।

काठमाडौंमा बिहीबार बिहान ८ बजेर ४३ मिनेटमा, महेन्द्रनगरमा ८ बजेर ३८ मिनेट र भद्रपुर झापामा बिहान ८ बजेर ४८ मिनेटदेखि सूर्यग्रहण देख्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिए।

बिहान १० बजेर १ मिनेटमा मध्य हुने ग्रहण ११ बजेर ३१ मिनेट जाँदा समाप्त हुनेछ। आजको खण्डग्रास सूर्यग्रहण नेपाल, भारत, श्रीलंका, मलेशियालगायत एसियाका अधिकांश देश, हिन्द महासागर, पूर्वी युरोप, उत्तररपश्चिम अष्ट्रेलिया, पूर्वी अफ्रिका सहित विश्वका अधिकांश ठाउँबाट देख्न सकिन्छ।

ग्रहण खुल्ला वा चस्मा लगाएर पनि हेर्न हुँदैन। ग्रहणको बेला सूर्यको प्रकाश सिधै आँखामा परेमा सधैँका लागि आँखाको ज्योति गुम्ने खतरा हुने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here