गोर्खाली फौज हिँडेको पदमार्गमा ‘एकीकरण टर्च’ ¥याली गरिने

१७ पुष २०७६, बिहीबार मा प्रकाशित

बेत्रावती,

बडामहाराजधिराज पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा पु¥याएको योगदानको सम्मानस्वरूप उहाँसहित गोर्खाली सेनाले एकीकरणको समयमा गोरखादेखि नुवाकोट हँुदै काठमाडौँसम्म पुगेको पदमार्गमा ‘एकीकरण टर्च’ ¥याली गरिने भएको छ ।

नेपाली सेनाको आयोजनामा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको लागि शुरु गर्नुभएको अभियानअन्तर्गत भोलि शुक्रबार गोरखा दरबारबाट ‘एकीकरण टर्च’ ¥याली शुरु गर्न लागिएको हो । गोरखा दरबारबाट शुरु हुने ‘एकीकरण टर्च’ ¥याली बोर्लाङ, सल्यानटार, हासेपसल, चरङ्गे, तबईभार हुँदै नुवाकोटको सामरीमा यही पुस २० गते आइपुग्ने जबरजङ्ग गण नुवाकोटका गणपति उदयबहादुर लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुस २० गते सामरीभञ्ज्याङमा विशेष कार्यक्रम गरेर पुनः नेपाल एकीकरणको समयमा गोर्खाली फौज हिँडेको पदमार्ग पछ्याउँदै म्यागङ मैदान, भैरमकोट, शुभघाट, केउरिनी चौतारो हुँदै आइतबार राति पृथ्वीनारायण शाहले निर्माण गर्न लगाउनुभएको नुवाकोटस्थित साततले दरबारमा ‘एकीकरण टर्च’ ¥याली आइपुग्ने कार्यतालिका छ ।

नुवाकोट दरबार परिसरमा पुस २१ मा विशेष कार्यक्रम गरेर अघि बढ्ने ‘एकीकरण टर्च’ ¥याली धरमपानी, शेरास्थित रानीको दरबार, बरबन्दी, चतुराले, ककनी हँुदै काठमाडौँस्थित सिंहदरबार परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकसम्म पुराएर त्यहाँ विशेष कार्यक्रम गरी उक्त ¥यालीको समापन गरिने कार्यतालिका छ ।

“गोर्खाली फौजले विसं १८०१ असोज १५ मा नुवाकोटमाथि विजय हासिल गरेर उपत्यका प्रवेश गर्दै नेपाल एकीकरणको थप सफलताले विशाल नेपाललाई एउटै मालामा गाँस्न सफल भएको सन्देशलाई ‘एकीकरण टर्च’ ¥यालीमार्फत सकारात्मक सन्देश प्रवाह गरिने लक्ष्य राखिएको छ”, जबरजङ्ग गणका गणपति लामिछानले भन्नुभयो, “‘एकीकरण टर्च’ ¥यालीमा सहभागी सैनिकले पृथ्वीनारायण शाहको समयमा उहाँको फौजले प्रयोग गरेको जस्तै पोशाक र हतियारमा सजिने हँुदा नेपाल एकीकरणको स्मरण गराई अहिलेका युवा पिँढीलाई देशभक्तिको भावना जगाएर राष्ट्रप्रति जिम्मेवार बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।”

गोरखादरबारबाट शुरु भएर धादिङ, नुवाकोट हुँदै काठमाडौँसम्म पुग्ने ‘एकीकरण टर्च’ ¥यालीले आसन्न पृथ्वीजयन्तीप्रतिको सम्मान र बुधबारदेखि शुरु भएको नेपाल भ्रमण वर्षका लागि नेपाल एकीकरण पदमार्गमा पर्यटन भित्र्याउन समेत सहयोग पुग्ने अपेक्षा राखिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here