एभरेष्ट कप फुटबलको तयारी

५ फाल्गुन २०७६, सोमबार मा प्रकाशित

बिर्तामोड ।

एभरेष्ट स्मार्ट एजुकेशन एकेडेमीको आयोजनामा तेश्रो एभरेष्ट कप अन्तरविद्यालय फुटवल प्रतियोगिताको तयारी गरिएको छ ।

आगामी फागुन ६ गतेदेखि शुरु हुने उक्त प्रतियोगितामा १८ वटा विद्यालयका खेलाडीहरुको सहभागिता रहने न्यूटन्स एजुकेशन फाउण्डेशनका निमित्त प्रिन्सिपल देवेन्द्र हुमागाँईले जानकारी दिए ।

उनले २०७४ सालदेखि प्रतियोगिता शुरु गरेको बताउँदै उक्त प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए । विद्यालयको खेल मैदानमा उक्त प्रतियोगिता हुने उनले बताए ।

मोफसलमा रहेका निजी विद्यालयहरुको एकअर्काप्रति सामिप्यता बढाउने साथै विद्यार्थीहरुलाई खेलकुदमा प्रोत्साहन दिँदै दक्ष खेलाडी उत्पादन गर्ने उदेश्यले फुटबल प्रतियोगिताको आयोजना गरिएको एभरेष्ट स्मार्ट एजुकेशन एकेडेमीका म्यानेजिङ डाइरेक्टर आशिष प्रसाईंले बताए ।

खेलको उद्घाटन झापा फुटबल संघका अध्यक्ष भगिरथ आलेमगरले गर्ने उनले बताए । उक्त प्रतियोगिताको विजेता तथा उपविजेता विद्यालयलाई ट्रफी मेडल तथा प्रमाणपत्र प्रदान गरिने बताउँदै उनले खेल अवधिभर सर्वाधिक गोल गर्ने खेलाडीलाई ‘गोल्डेन बुट’ प्रदान गरिने जानकारी दिए ।

हरेक खेलमा ‘म्यान अफ द म्याच’ को पुरस्कार प्रदान गरिने बताउँदै उनले बेष्ट डिफेन्स अफ द टुर्नामेन्ट, बेष्ट गोलकिपर अफ द टुर्नामेन्ट’, ‘बेष्ट स्ट्राइकर अफ द टुर्नामेन्ट’, ‘राइजिङ स्टार अफ द टुर्नामेन्ट’, ‘बेष्ट मिडफिल्डर अफ द टुर्नामेन्ट’, ‘बेष्ट फरवार्ड अफ द टुर्नामेन्ट’, ‘बेष्ट कोच’ तथा ‘बेष्ट म्यानेजर’ लाई समेत पुरस्कार प्रदान गरिने जानकारी दिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here