शिवसताक्षी नगरको हिउदे अधिवेसन शुरु

0
673

शिवसताक्षी ।

शिवसताक्षी नगरको पाँचौ हिउदे अधिवेसन शुक्रबारदेखी शुरु भएको छ । शिवसताक्षी नगरकार्यपालिकाले चौथो नगरसभामा अनुमोदन गरेको निति तथा कार्यक्रम र बजेटको समिक्षा हिउदे अधिवेसनमा प्रस्तुत हुने छ ।

स्थानिय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको रुपमा जनताको शासन स्थापित गर्न गठित स्थानीय सरकारको अढाई वर्षको अवधीमा गरेका काम कार्वाहि को वारेमा सभामा समिक्षा हुने नगरका प्रमुख चन्द्रकुमार सेर्माले वताए । ‘नगर भित्र संचालित योजना र कार्यक्रमको नगरसभामा समिक्षा हुने छ, उनले भने ।

नगरकी उपप्रमुख भोजकुमारी नेपालले प्रथम नगर सभाबाट दिर्घकालिन नीति, कार्यक्रम तथा योजना पारित गरी नगर गौरबको आयोजनाको रुपमा रिंग रोड र लिंक रोड निर्माण कार्य, ऐतिहासिक धार्मिक तथा पर्यटन क्षेत्रहरु सतासीधाम, दोमुखा, चिल्लागढ र डुडामारी सिमसार क्षेत्र निर्माण, दुघे रंगशाला निर्माण, झिलझिले बस पार्क, ल्याण्डफिल साइट र कृषिमा व्यवसायिकरण र यान्त्रिकीरकणका योजनाहरु अगाडी बढाईएको जानकारी दिईन । उनले उल्लेखीत योजनाहरु मध्ये रिंग रोड र लिंक रोड निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिईन ।

ऐतिहासिक धार्मिक तथा पर्यटन क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गरी ति क्षेत्रको पहिचान स्थापित गर्ने र कन्काई सिंचाईको उपयोग गर्दै कृषिमा निर्भर जनताको जीवनस्तर उकास्नको लागि दातृ निकाय जाईका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासंग समन्वय र सहकार्य मार्फत कृषिको व्यवसायिकरण तथा यान्त्रिकीकरणका वृहत योजना तथा कार्यक्रमहरु लिएर नगरकार्यपालिका अघि बढेको बताएकी छन । शीपयुक्त जनशक्ति तथा आर्थिकरुपमा आत्म निर्भर जनशक्ति निर्माणका लागि विभिन्न आयमूलक तथा शिपमूलक कार्यक्रम सशवसताक्षी नगरले संचालन गरिरहेको उनले बताएकी छन ।

नगर क्षेत्रको सर्वाङ्गीण तथा सन्तुलित विकासको लक्ष्य लिई शिक्षा, स्वास्थ, खानेपानी, विधुत, संचार र वातावरण क्षेत्रमा योजना तथा कार्यक्रमहरु संचालन गरी नगरपालिकालाइ बालमैत्री, महिलामैत्री, अपाङ्गमैत्री, ज्येष्ठ नागरिकमैत्री तथा वातावरण मैत्री नगरपालिकाको रुपमा विकास गर्दै शिवसताक्षी नगरलाई नेपालकै नमूना नगरको रुपमा विकास गर्न कार्यपालिका दत्त चित्तका साथ लागिपरेका उनले वताईन । कन्काई र कमल नदी सहित अन्य साना नदि दुधे, सतासी र झिलझिले खोलाको कटान, आगलागी आदि शिवसताक्षी नगरको मुख्य समस्या रहेको वताउदै उनले संघीय र प्रदेश सरकार र मातहतका निकायहरुसंग समन्वय र सहकार्यगरी दिर्घकालिन समाधानका लागि पालिका अघि बढेको बताईन ।

चालु आ.व.को लागि विनियोजित बजेटबाट वडास्तरीय योजनाहरु, विषयगत योजनाहरु तथा ठेक्काद्धारा पूर्वाधारका योजनाहरु संचालनमा रहेको उनले सभामा जानकारी दिएकी छन । नगरभित्र संचालित योजना मध्ये ४०५ भौतिक निर्माणका योजना र तथा वितिय प्रगति हासिल गरेको उनले जानकारी दिईन ।

नगर प्रमुख चन्द्रकुमार सेर्माको अध्यक्षता शुरु हिउदे अधिवेसनमा तीन वटा विधेयक प्रस्तुत हुने उप प्रमुख नेपालले बताएकी छन । संसोधन सहितको आर्थीक विधेयक, वन, वातावरण तथा नदि जन्य बस्तु सम्वन्धी, सामाजिक सुरक्षा र शिक्षा सम्बन्धी विधेयक प्रस्तुत हुने उनले जानकारी दिएकी छन । नगरको विधेयक समितिबाट तयार गरि कार्यपालिका मा पेस गर्ने र पालिकाको स्वीकृत पछि नगर सभामा प्रस्तुत हुने प्रावधान छ ।

नगरप्रमुख शेर्माले शिवसताक्षी नगरमा विकास निर्माणका योजना र कार्यक्रम जनताले अपेक्षा गरेभन्दा राम्रो भएको दावि गरेका छन । झापा निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधी सभाका साँसद एलपि साँवा लिम्वुले स्थानीय तहले जनताले अपेक्षा गरे अनुसारको काम गर्न जनप्रतिनिधीलाई सुझाए । के गरयौ भनेर कसैले सोध्यो भने चित्त बुझ्ने जवाफ दिन सक्ने काम गर्न उनले पालिका सदस्यलाई अनुरोध गरे । उनले भने काम तपाईहरु गर्नुहोस बेजेट संघिय र प्रदेस सरकारले खन्याउछ ।

प्रदेस साँसद झलकवहादु दर्लामी मगर, हिरा थापा, पुर्व साँसद तारासम याँङयाले सरकारले राम्रो काम गरे नगरेको जनप्रतिनिधीमा सुसासन , पारदर्शीता र जवाफदेहिता भयो भने कसैले औला ठड्याउन नसक्ने बताए । यता साविकको माहारानीझोडा, लखनपुर, तोपठाछी, धरमपुर, सतासीधाम र शिवगञ्ज का अव्यवस्थीत जग्गाको लागि गठित जग्गा व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण खनालले अवको एक वर्षमा सर्वसाधरणले जग्गाधनी प्रमाणपुर्जा पाउने बताए ।

कर्मचारीको जनशक्ति र वजेट अभावका कारण तोकेको समयमा जग्गाको व्यवस्थापन गर्न नसकिएको उनले बताए । कार्यक्रम शिवसताक्षी नगरका निमित्त कार्यकारी अधिकृत सुरेन्द्र दाहालले सहजीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here