काँकरभिट्टा,

झापाको मेचीनगरमा सम्पन्न निर्मल राई स्मृति तेस्रो झापा जिल्ला स्तरीय अन्तर भलिबल प्रतियोगिताको उपाधि मुनाल एकाडेमी भद्रपुरले जितेको छ ।
आयोजक अरुणोदय माध्यमिक विद्यालय काँकरभिट्टाको खेल मैदानमा शुक्रबार सम्पन्न प्रतियोगिताको फायनलमा स्पर्धी थेसिस माध्यमिक विद्यलाय मेचीनगरलाई २५—१९, २५—२१ को सोझो सेटमा मुनालले पराजित गरेको थियो ।
जीतसँगै मुनालले नगद २० हजार रुपैयाँसहित ट्रफी मेडल तथा प्रमाण पत्रहात पार्यो भने उपविजेताले थेसिसले नगद १० हजार रुपैयाँसहित ट्रफी मेडल तथा प्रमाणमा चित्त बुझायो । प्रतियोगिताको उत्कृष्ट खेलाडी मुनालका अभि राजवंशी घोषित भए ।
उनले नगद २ हजारसहित ट्रफी मेडल तथा प्रमाण पत्र प्रदान गरे । यसैगरी उत्कृष्ट लिफट्रमा मुनालका प्रवेश वस्नेत, डिफेन्समा थेसिसका कुनाल गजमेर, स्पाइनलमा शनिश्चरे माविका अनिष अधिकारी र सर्भिसमा थेसिसका कल्याण पौडेल घोषित भए ।
उनीहरु सवैले ट्रफी मेडल तथा प्रमाण पत्र प्रदान । प्रतियोगिताको विजेता उपविजेता टिमसहित विजयी खेलाडीहरुलाई प्रमुख अतिथि जिल्ला समन्वय समितिका झापाका प्रमुख सोमनाथ पोर्तेल, एन प्याव्सनका केन्द्रीय उपाध्यक्ष जयबहादुर श्रेष्ठ, झापा अध्यक्ष खिवराज भट्टराई, प्रदेश नमबर १ का सचिव अग्नि कोइराला, राजु कार्की, इन्द्रबहादुर बुडाथोकीलगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।
प्रतियोगितामा झापा जिल्लाभरिका सामुदायिक र निजी गरी २३ वटा विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा जिल्लाभरिका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।
यसले सामुदायिक र संस्थागत विद्यालयबीचको सहकार्य र समन्वय हुनुका साथै सम्बन्ध विस्तारमा समेत मद्दत पुग्ने र जिल्लाभरि छरिएर रहेका खेलाडीको क्षमता अभिवृद्घि हुने र विद्यालय स्तरबाट राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास आयोजक विद्यालयको छ ।

























