समाजसेवी हर्कलाल गिरीलाई पितृशोक

0
628

बिर्तामोड ।

श्रीअन्तु प्रकाशन प्रालि पूर्वाञ्चल दैनिकका संस्थापक सदस्य तथा समाजसेवी हर्कलाल गिरीलाई पितृशोक परेको छ ।

बिर्तामोड–५ निवासी उनका पिता समाजसेवी मानवहादुर गिरीको ९६ वर्षको उमेरमा शुक्रवार निधन भएको हो । भोजपुर जिल्लाको अन्नपूर्ण गाविसमा १९८२ सालमा जन्मिएका गिरी सामाजिक कार्यमा सक्रिय थिए ।

नेपाल दशनामी समाज झापालाई ४ कठ्ठा जग्गा प्रदान गरेका गिरीले भोजपुरको सिद्धकाली मन्दिरमा ९० मिटर, इलामको पाथिभरा मन्दिरमा अढाईसय मिटर पक्की सिढी निर्माण, अनारमनी पब्लिक स्कुललाई ५ लाख रुपैयाँ सहयोग, बिर्तामोडको देवी बिद्यालयमा २ लाख २५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए ।

त्यसैगरी भोजपुरकै अन्नपूर्ण बिद्यालयलाई २ लाख ५० हजार, झापा चारपानेको साङ्गवेद बिद्यालयलाई २ लाख २५ हजार प्रदान गरेका गिरीले विभिन्न सामाजिक कार्यमा अतुलनीय योगदान गरेका छन् ।

गिरीका चार छोरा एक छोरी रहेका छन् । उनका छोरा वुहारीहरुमा हर्कलाल गिरी , हरिलाल–देवीमाया गिरी , कृष्ण–मधु गिरी रहेका छन् भने एक छोरी –ज्वाईं कुन्ती–अच्युत पुरी र नाती ,नातीनीहरु रहेका छन् ।

गिरीकी श्रीमती भगवती , एक छोरा , बुहारी विनु गिरीको यस अघि नै निधन भइसकेको बताइएको छ ।  गिरीका छोराहरुमध्ये हर्कलाल विराट–भरत विश्रान्तिका अध्यक्ष, नेपाल दशनामी समाजका केन्द्रीय सल्लाहकार, तत्कालीन अनारमनी गाविसका अध्यक्ष, नेपाली कांग्रेस झापाका पूर्व सदस्य लगायत सामाजिक संघ÷संगठनमा आवद्ध छन् । स्व ंगिरीको शुक्रवार कनकाई माईमा दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here