पूर्वीनाका व्यवस्थित बनाउन सवैको सहयोग अपरिहार्य

0
696

लक्ष्मी उप्रेती / काँकरभिट्टा,

कोरोना भाइरसको महामारी रोकथामका लागि भारत सरकारले नेपालसँग सीमाना जोडिएका रानीगञ्ज, रक्सौल, बनवासा, र सुनौली बाहेक सवै नाका बन्द गर्ने भएपछि भारतसँग सीमाना जोडिएको काँकरभिट्टा नाकामा मानिसहरुको भीड अत्यधिक बढेको छ । भीडभाड र स्वास्थ्य परीक्षणमा कडाई गरेसँग आवतजावत गर्नेले वैकल्पिक बाटो खोज्न थालेका छन् । काँकरभिट्टा नाका भारत सरकारले नेपालसँग सीमाना जोडिएका रानीगञ्ज नाकासँग जोडिएको छ ।

पूर्वीनाकाबाट नेपाल भारत आवत जावतगर्नेको संख्या बढेसँगै यसलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा आइतबार १ नम्बर प्रदेश सरकारका प्रतिनिधिहरु, झापा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, स्थानीय सरकारका प्रमुख, उपप्रमुख, राजनीतिक दलका प्रमुख प्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधिबीच छलफल भएको छ ।

मेचीनगर नगरपालिकाले मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माको कार्यकक्षमा आयोजना गरेको सर्वपक्षिय छलफलमा सहभागी सवैले पूर्वीनाकामा अनावश्यकरुपमा हुने मानिसको भीडभाड, अव्यवस्थित रुपमा पार्किङलाई व्यवस्थित गर्न तथा काँकरभिट्टामा रहेको कोरोना भाइरस परामर्श सहायता कक्षमा हरेकलाई अनिवार्य स्वास्थ्य परीक्षण गर्न लगाउनुपर्नेमा जोड दिएका थिए ।

छलफलमा बोल्दैं झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले नाकाबाट हुने अत्यावश्यक बाहेकका अनावश्यक आवगमनलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो । उहाँले सवैको ध्यान यतिखेर कोरोनाको संक्रमण नेपालमा भित्रिन नदिन केन्द्रीत हुनुपर्ने भन्दैं नेपाली सेनासँग समन्वय गरी तत्काल टेण्टको व्यवस्था गर्ने प्रतिवद्धता जनाए अनुसार लगत्तै चारआलीस्थित नेपाल िसेनाको समन्वयमा टेण्ड खडा गरिएको छ ।

अहिले पर्याप्त स्रोत साधन नभएपनि अहिले जे जति छन् त्यसलाई परिचालन गर्ने र पर्याप्त स्रोत साधन र जनशक्ति बढाउनेमा आफु प्रयासरत भएको बताउनुभयो । मेचीनगर नगरपालिकाले नोभल कोरना भाइरसको त्रासको यो अवस्थामा बजारमा कृत्रिम अभाव सिर्जना र कालो बजारी हुने भएकाले स्थानीय सरकारले बजार अनुगमनलाई तीव्र पार्नुपर्नैमा जोड दिनुभयो ।


जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्णप्रसाद पराजुलीले सवैभन्दा पहिलो उपचारमा खटिने स्वास्थ्यकर्मीदेखि सुरक्षाकर्मीसम्म सुरक्षित हनुुपर्नेमा जोड दिदैं उनीहरलाई आवश्यक सुरक्षित सामाग्रीको अभाव हुन नदिन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुभयो । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रेश्मकुमार थक्सुले आफ्नो तर्फबाट हुने र पुरयाउनुपर्ने सहयोगमा कहि कतै कमि आउन नदिने बताउनुभयो ।

१ नम्बर प्रदेश सभा सदस्य गोपालचन्द्र बुडाथोकीले आफुले पूर्वी नाकाको समस्याका बारेमा प्रदेश सरकारलाई अवगत गराउने र समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो । नगर प्रमुख विमल आचार्यले कोरोना भाइरसको संक्रमण रोकथामका लागि काँकरभिट्टा नाकामै सचेतनामूलक कार्यक्रम गर्नुपर्ने र काँकरभिट्टा नाका जोखिमका दृष्टिले अति सम्वेदनशील क्षेत्र भएको हुँदा जोखिम न्यूनिकरणमा सवैको साथ सहयोगको आवश्कयता औल्याउनुभयो ।

उपप्रमुख मीना पोखरेल उप्रेतीले कोरोना भाइरस परामर्श सहायता कक्षमा पर्याप्त स्रोत साधन तथा जनशक्ति नभएको र आफुले पटक पटक १ नम्बर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा जानकारी गराएको बताउनुभयो ।

छलफलका अधिकाँश वक्ताहरुले नेपालबाट भारत पुगेर वा लामो समय भारतमा बसोबास भई जुसुनसुकै तवरबाट भारतबाट नेपाल तर्फ प्रवेश गर्दा सवै मानिसको स्वास्थ्य परीक्षण अनिवार्य गराउने व्यवस्था सुनिश्चित गर्न, नाकालाई व्यवस्थित गर्न स्वास्थ्य परीक्षण गराउने, जनचेतना जगाउने, नाकाबाट आवचजावत गर्नेलाई सम्झाई वुझाई गर्ने कार्यमा विभिन्न विद्यालय संघ संस्था , कार्यालय नागरिक समाज राजनीतिक दलबाट आवश्यकता अनुसार स्वयम्सेवक परिचालनमा पहल गर्ने, १ नम्बर प्रदेशको नाकाहरुमध्ये काँकरभिट्टामात्र खुला रहेको हुदा मानिसहरुको चाप बढ्न सक्ने भएकोले त्यसको लागि सम्बन्धित निकायहरुले आ आफ्नो थप जनशक्तिलाई प्रभावकारीरुपमा परिचालन गर्ने, भरतीय नम्बर प्लेटका सवार िसाधनमा देखिएको समस्यालाई मध्यनजर गरी सडकमा जताभावीरुपमा अव्यवस्थितरुपमा पाकिर्ङ गर्ने सवारी साधनलाई कारवाही गदैं निरुत्साहित पर्नुपर्ने तथा नेपाली नम्बर प्लेटका सीटी सफारी तथा रिक्सालाई नेपालतर्फ तथा भारतीय नम्बर प्लेटकालागि भारततर्फ मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिएका थिए ।

छलफलमा नेपालतर्फ स्वास्थ्य चेकजाचलाई अनिवार्य गर्न थालेपछि यो नाका भएर ओहोरदोहोर गर्नेले वैकल्पिक बाटो रोज्न थालेकाले त्यस्ता बाटाहरु समेत बन्द गर्नुपर्नेमा जोड दिएका थिए ।

छलफलमा मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्ग, मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्मा, नेकपाका मेचीनगर अध्यक्ष माधवलाल अर्याल, नेपाली काँग्रेसका मेचीनगर सभापति इन्द्रबहादुर बुडाथोकी राप्रपाका मेचीनगर अध्यक्ष सुशील आचार्य, पूर्व मेची बस व्यवसायी संघ प्रालिका अध्यक्ष विष्णु श्रेष्ठ, मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना, नाटाका संस्थापक महासचिव उदयकुमार श्रेष्ठ, यातायात व्यवसायी बशन्त तिवारी, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेल, सशस्त्र प्रहरी नायव उपरीक्षक ज्ञानमणि पौडेललगायतले बोल्नुभएको थियो ।

नगरपालिकाले आइतबार नै नगरका विभिन्न उद्योगी व्यवसायीसहित अन्य संघ संस्थाका प्रमुख प्रतिनिधिहरुसँग छलफल गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here