विल्सनले ‘सेल्फी खिचौँला ए माया’ भन्दा…

0
1049

काठमाडौं ।

कलाकार विल्सनविक्रम राईले ‘सेल्फी खिचौंला ए माया’ बोलको गीत बजारमा ल्याएका छन् । युट्यबुमार्फत सार्वजनिक गरिएको गीतमा विल्सनकै शब्द रचना रहेको छ ।

दीपक शर्माले संगीत दिएको यो गीतमा विल्सनसँगै मेलिना राईको पनि स्वर सुन्न सकिन्छ । गीत कमेडी शैलीको छ ।

विल्सनले नै निर्देशन गरेको गीतको भिडियोमा सुरेन बसेलको कोरियोग्राफी छ । भिडियोमा बुद्दि तामाङ, रजनी गुरुङ, विक्रम धिमाल र विल्सन आफैले तक्मे बुढाको भूमिकामा अभिनय गरेका छन् ।

भिडियोलाई विक्रम डिसीले छायांकन गरेका हुन् भने मनोज कार्कीको सम्पादन रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here