बाघमा पनि देखियो कोरोना भाइरसको संक्रमण

२४ चैत्र २०७६, सोमबार मा प्रकाशित

एजेन्सी,

विश्‍भर मानवीय हताहती निम्त्याइरहेको कोरोना महामारी संक्रमण जीवजन्तुमा पनि देखिन थालेको छ। अमेरिकको न्युयोर्कस्थित ब्रोङ्कस चिडियाघरमा राखिएकी चार वर्षीया बाघिनीालई कोरोना संक्रमणको पुष्टि भएको हो।

लगातार सुख्खा खोकी खोक्न थालेपछि बाघिनीको स्वास्थ्य परीक्षण गर्दा संक्रमण पुष्टि भएको सीएनएनले जनाएको छ। पशु चिकित्सकहरुले चिडियाखामा रहेका अन्य पाँच बाघ र सिंहहरुको पनि नमुना लिएका छन्।

ती जनावरहरुमा समेत कोरोना लक्षण देखिएको र सास फेर्न सकस भोगिरहेको अमेरिकीको कृषि विभाग (युएसडीए) ले जनाएको छ। ‘ठूला जनावरहरुमा संक्रमणले कस्तो असर गर्छ भन्‍ने थाहा भएको छ, हामीले संक्रमित जनावरमाथि निरन्तर निगरानी गरेका छौं। पूर्ण रुपमा निको पार्न प्रयास गरिरहेका छौं’,

चिडियाखानाको विज्ञप्तिमा उल्लेख छ। कोरोना भाइरस संक्रमण फैलिएपछि गत मार्च १६ तारिखदेखि ब्रोङ्कस चिडियाघर बन्द गरिएको छ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here