क्वारेन्टाइनमा बसेका घर गए, बिपन्नको लागि राहत प्राप्त

२४ चैत्र २०७६, सोमबार मा प्रकाशित

गणेश अर्याल /इलाम,

इलामको रोङ गाउपालिकालाइ राहत सामाग्री प्राप्त हुन थालेको छ । गाउपालिकाले कोरना लकडाउनको कारण बिपन्न तथा अति बिपन्न परिवारलाइ संकट परेको भन्दै सहयोगको लागि अपिल गरेपछि सहयोगहरु आउन थालेको हो ।

यसै हाल सम्म ६५ क्वीन्टर चामल प्राप्त भइसकेको गाउपालिकाले जनाएको छ । त्यसैगरी नुन, दाल तेल, भूजिय, लगायत बिभिन्न प्रकारका मसलाहरु पनि प्राप्त भएको छ । त्यस्तै स्वास्थ्य उपकरण पनि प्राप्त भएको गाउपालिकाले जनाएको छ ।

हाल सम्म साहारा नेपाल बिर्तामोड, नेपाली काग्रेस रोङ गाउ कमिटि, ओमभत्त प्रसाइ बिर्तामोड, लक्ष्मीकान्त घिमिरे रोङ २, नागरिक सेवा समाज काठमाण्डौबाट राहतको लागि सामाग्री प्राप्त भएको गाउपालिका अध्यक्ष समसेर राईले बताए ।

उपलब्ध राहत सामाग्रीहरु बिभिन्न क्षेत्रमा बितरणको लागि पठाइसकिएको र कतिपय पठाउने तयारीमा रहेको गाउपालिका अध्यक्ष समसेर राईले बताए । उनले उपलब्ध सबै राहत सामाग्रीको गाउपालिकाले तथ्याङक राखेको र बितरणको पनि बिवरण राखिने बताए । गत हप्ता गाउपालिकाले सहयोग को लागि अनुरोध गर्दै सार्बजनिक अपिल जारी गरेपछि सहयोगहरु संकलन हुने क्रम जारी रहेको प्रमुख प्रशासकीय अधिकृत प्रदिप गौतमले बताए ।

यसै बिच गाउपालिकाको बिभिन्न क्वारेन्टाइनमा बसेका ४८ जनालाइ सुरक्षित रुपमा घरमा नै बस्नेगरी गाउपालिकाले बिदा दिएको छ । कामको सिलसिलामा बिभिन्न मुलकमा रहेकाहरु बर्तमान कोरना त्रासका कारण घर फर्केका थिए ।

उनीहरुलाइ गाउपालिका र बिभिन्न संघ सस्थाको सहयोगमा क्वारेन्टाइनमा राखिएको थियो । गाउपालिकाले राखेका हरुलाइ बिद्यालयमा क्वारेन्टाइन बनाएर राखेको थियो भने युवा सशत्तीकरण समुहले बनाएको क्वारेन्टाइनमा ५ जना बसेका थिए । २ दिन अघि जिल्ला प्रशासन कार्यालय इलामको आग्रहमा गाउपालिकाले थप ३ दिन क्वारेन्टाइनमा राख्ने भन्दै गाउपालिकाले वडाकार्यालय र स्वास्थ्य सस्थामा पत्राचार गरिएको थियो ।

तर पत्राचार भएको भोली पल्ट नै क्वारेन्टाइनमा बसेका ४८ जनालाइ छाडिनुको कारण भने गाउपालिकाले केही जनाएको छैन । स्वास्थ्य साखा प्रमुख नेत्र प्रसाद पोख्रेलका अनुसार क्वारेन्टाइनमा अव १२ जना मात्र बाकी रहेका छन् । सोमबार घर गएका सबै अव ७ दिन सम्म घरमा सेल्फ क्वारेन्टाइनमा बस्नु पर्ने जनाइएको छ ।

घर गएका कसैमा पनि कुनै प्रकारको संक्रमण तथा अन्य रोग बिरामी नपाइएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here