कोरोनाको आशंकामा आइसोलेसनमा भर्ना गरिएका एक व्यक्तिको मृत्यु

२४ चैत्र २०७६, सोमबार मा प्रकाशित

कपिलवस्तु,

गत चैत २२ गते कपिलवस्तुमा कारोनाको आशंकामा आइसोलेसनमा भर्ना गरिएका व्यक्तिको सोमबार राति मृत्यु भएको छ ।

सोमबार राति ८ बजे उक्त व्यक्तिको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर किशोर बन्जाडेले जानकारी दिनुभयो ।

ज्वरो र खोकी आउने तथा छाती दुख्ने गरेको बिजयनगर गाउपालिका– २ जर्लेयाका ३० बर्षीय भर थरका व्यक्तिलाई कपिलवस्तु अस्पतालको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको थियो ।

बिरामीलाई शुक्रवार शिवराजनगरपालिको चन्द्रौटामा रहेको अस्पतालबाट रिफर गरी कपिलवस्तु अस्पताल पठाईएको थियो ।

‘छाती दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखिएको थियो, जस्का कारण बिरामीलाई आइसोलेसनमा राखेर उपचार जारी थियो’ बन्जाडले भन्नुभयो । बिरामीको स्वाब परीक्षणका लागि आईतावार बुटवल पठाईको तर अहिले सम्म रिपोर्ट नआएको पनि डाक्टर बन्जाडेले जानकारी दिनुभयो ।

कोरोनाको आशंकामा आइसोलेसनमा राखेर उपचार गरिएको भार पहिलो बिरामी रहेको पनि उहाँले बताउनुभयो । मृतक भर एक सामान्य किसान हुन ।

उता जिल्लाका १० पालिकाले तयार गरेको ९ सय ७७ क्वारेन्टाइन बेडमा ६ सय ९१ जनाा रहेको प्रशासन कर्यालयले जनाएको छ ।

जसबाट ९८ जना डिस्चार्ज भई घर गई सकेको छन । जिल्लामा ८ आइसोलेसन बेड सञ्चालन गरिएका छन । क्वारेन्टाइनमा राखिएका मध्ये ९५ प्रतिशत बढी भारतबाट फर्केका छन् ।

श्रोत

कपिलवस्तुमा कोरोनाको आशंकामा आइसोलेसनमा भर्ना गरिएका एकको मृत्यु

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here