बुद्धशान्ति गाउँपालिकाका नेकपाबाट विजयी उम्मेद्वारले एक महिनाको सेवा सुविधा वापतको रकम कोषमा जम्मा गर्ने

0
1254

बुद्धशान्ति। 

झापाको बुद्धशान्ति गाउँपालिकामा नेकपाबाट विजयी उम्मेद्वारले एक महिनाको सेवा सुविधा वापतको ३ लाख ११ हजार ३ सय रुपैँया अतिविपन्न नागरिकलाई खाद्यान्य उपलब्ध गराउने गरी बुद्धशान्ति गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने भएका छन् ।

राज्यले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन चैत्र ११ गतेदेखि लक डाउन गरेपछि कोहि पनि नागरिक भोकै हुनुनपरोस् भन्दै अतिविपन्न नागरिकका लागि सहयोग गर्ने निर्णय गरिएको नेकपा बुद्धशान्तिका अध्यक्ष टिका पाठकले बताउनु भयो ।

आज आइतबार विहान बसेको नेकपा बुद्धशान्तिको बैठकले बुद्धशान्तिमा नेकपाबाट विजयी जनप्रतिनिधि २९ जनाकै एक महिनाको सेवा सुविधा गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको नेकपा बुद्धशान्ति सचिव प्रेम नेम्बाङले बताउनु भएको छ । २९ जना जनप्रतिनिधिको जम्मा हुन आउने एक महिनाको सेवा सुविधा ३ लाख ११ हजार ३ सय रुपैँया बुद्धशान्ति गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको सचिव प्रेम नेम्बाङले जानकारी दिनुभयो ।

जस अन्तर्गत उपाध्यक्ष मीरा भूर्तेलले २८ हजार ५ सय, वडाध्यक्षहरु दिलिप श्रेष्ठ, बुद्धिमान लिम्बु, शम्भु पौड्याल र मात्रृका पौड्यालबाट जनही १९ हजार ४ सय, कार्यपालिका सदस्यहरु भगवती शर्मा न्यौपाने, यमूना चापागाई, दुर्गा पोखरेल ढुंगेल, रिता वराल अर्याल, रोहित तोलाङ्गी र गणेश धिमालले जनही ११ हजार ७ सय प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको अध्यक्ष पाठकले जानकारी दिनुभयो ।

त्यसैगरी वडासदस्यहरु ताराविर घिमिरे, मनमाया ल्वागुन, नेत्र गौतम, राजेन्द्र पराजुली, गोमा भट्टराई, चन्द्रकला सिँगौरे, पर्शुराम चेम्जोङ, हेमकुमारी मोते, शशिकला वि.क., इन्द्र अधिकारी, फौदराज शेर्मा, लेखनाथ निरौला, तेज बहादुर लामा, टीका गौतम, रेखा मंग्रान्ती, मात्रृका निरौला, दीनेश सुब्बा र जानुका लोहारको पनि जनही ७ हजार ५ सय रुपैँया बुद्धशान्ति गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको छ ।

त्यस्तै नेकपा बुद्धशान्तिले सम्पूर्ण नागरिकलाई लक डाउनको पूर्ण पालना गर्न अनुरोध गरेको छ । राज्यले तोकेको परिधि भित्र रहेर स्थानीय तहले अतिविपन्न नागरिकलाई खाद्यान्य उपलब्ध गराइरहेको हुँदा नागरिकको तर्फबाट अपनाउनु पर्ने सावधानी अपनाएर घरमै वस्न सबैमा आग्रह पनि गरेको छ ।

राज्यले हरसम्भव प्रयास जारी राखेको हुँदा सबै नागरिक राज्यले तोकेको परिधि भित्र बस्न सके कोरोनाको संक्रमण फैलनबाट जोगिन सकिने नेकपा बुद्धशान्तिका अध्यक्ष पाठकले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here