काँकरभिट्टा, 
झापा मेचीनगर —६ निवासी समाजसेवी कमला शिवाकोटीले भक्तपुर र मेचीनगरमा आफ्नो घर भाडामा बसेका चार परिवारलाई चैत महिनाको घरवापतको रकम मिनाह गरेको घोषणा गरेकी छन् । शिवाकोटीले सामाजिक सञ्जाल मार्फत यस्तो घोषणा गरेकी हुन् ।
उनले आफ्नो फसवुक पेजमा लेखेकिछन् ‘म मेरो घरमा बस्दै आउनु भएका दुईओटै फल्याटको भाइ बहिनीलाई यो चैत महिनाको भाडा नलिने जानकारी गराउदछु । मैले गर्न सक्ने सहयोग यहि हो यसलाई अन्यथा नलिनु होला । काठमाण्डौको घरकको मात्र नभएर काँकरभिट्टाको घरको पनि हो भन्ने जानकारी यहि फेसवुक मार्फत जनाएको छु धन्यवाद ।’
भक्तपुर र मेचीनगर—६ मेचीडाडामा रहेको शिवाकोटीको घरमा २÷२ परिवार भाडा तिरेर बस्दै आएका छन् । नोवेल कोरोना भाइरस कोभिड १९ ले अहिले विश्व आतंकित बनेको र यसैका कारण सवैको आर्थिक कारोवार समेत ओरालो लागेका कारण राहत स्वरुप आफुले दुवै ठाउँमा घर भाडामा बसेका मानिसहरुलाई सुविधा होस भन्ने उद्घेश्यले चैत महिनाको घरभाडा वापतको रकम मिनाह गरेको शिवाकोटीले बताईन्
दुवै ठाउँबाट शिवाकोटीको मासिक २५ हजार रुपैयाँ भन्दा बढी घरभाडा वापत संकलन हुदैं आएको थियो । नेपाल सरकारले नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण पछि घोषणा गरेको लकडाउनका कारण अहिले देशभरका कलकारखना,उद्योग, व्यववसायसवै बन्द छन् ।

यसले त्यसमा आश्रित मजदुर तथा अतिविपन्न र दैनिक मजदुरी गरी घरायसी गर्जाे टादैं आएका मजदुरहरु मर्कामा परेका कारण हरेकले उनीहरलाई राहत स्वरुप सहयोग गर्न आग्रह गरेको छ । सरकारकको आग्रह अनुसार आफुले आफ्नोतर्फबाट राहत स्वरुप सहयोग गरेको उनको भनाई छ ।
उनले हरेक मानिसले आपत विप्दका बेला आ आफ्नो ठाउँबाट सक्ने सहयोग गर्नु मानिसको सवैभन्दा महान र उत्तम कार्य रहेको प्रतिक्रिया दिईन् । उनको यो घोषणाबाट अरुले पनि सिक्नुपर्ने नगरका रामलाल कार्कीको भनाई छ । यसअघि मेचीनगर—६ निवासी समाजसेवी बालकृष्ण थापाले सममेत घरभााडाकाके ररकम मिनाहको घोषणा गरेका थिए ।






























