विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण तीन सातादेखि मुलुक लकडाउनमा छ । विपद्को समयमा मानवीय सेवामा सर्मपित हुने नेपाल रेडक्रस सोसाइटी यो अवस्थामा के गर्दै छ ? समग्र झापाको अवस्था के रहेको छ भन्ने विषयमा नेपाल रेडक्रस झापाका सभापति लोकराज ढकालसंग पूर्बाञ्चलका सह सम्पादक सुरेन्द्र भण्डारीले गरेको कुराकानीको संम्पादित अंश ।

लोकराज ढकाल– सभापति , नेपाल रेडक्रस सोसाइटी झापा,
लकडाउनको २० औं दिनसम्म आइपुग्दा समग्र झापालाई कसरी नियल्नु भएको छ । यहाँ रहेका क्वारेन्टाइन, आइसुलेसनको अवस्था कस्तो पाउनुभयो ?
समग्रमा भन्ने हो भने जिल्लामा आइसुलेसनमा राखिएका मानिसको स्वाव परीक्षण भयो । उनीहरुको रिपोर्ट सबै नेगेटिभ आयो । ¥यापिङ टेष्टको पनि टिम आएको थियो । त्यसमा नेपाल रेडक्रस सोसाइटीका साथीहरु, स्वास्थ्यकर्मीहरु पनि सहभागी सससथए । त्यो टिमले क्वारेन्टाइनमा रहेकाहरुको स्वास्थ्य परीक्षण गर्दा सवै रिपोर्ट नेगेटिभ देखिएको छ । यो राम्रो पक्ष हो ।
प्रहरीले अहिलेसम्म ९९९ जना मानिस विभिन्न देशबाट आएको भनिरहेको छ । भारतबाट त्यो भन्दा धेरै संख्यामा मानिसहरु आएका छन् । उनीहरुमध्ये कतिलाई क्वारेन्टाइन र कतिलाई होम क्वारेन्टाइमा राखिएको छ । उनीहरु सबैको कोरोनाको परीक्षण गर्न पाइयो भने झापा चाँही सुरक्षित नै रहन्छ भन्न सकिन्छ । सबैभन्दा राम्रो पक्ष के छ भने अहिले वोर्डर अत्यान्त धेरै टाइट गरिएको छ । जसका कारण भारतबाट कोही पनि मानिस नेपाल आउन पाउँदैनन् । यसले गर्दा पनि हामी अझ बढी सुरक्षित छौं भन्न सकिन्छ ।
तीन चारदिनदेखि नाकामा सशस्त्र प्रहरी, जनपद, प्रहरी र नागरिकको सहकार्यमा बोर्डर एरियामा कडाई गरिएसंगै कोही पनि मानिस अहिले नेपाल पनि आउँदैनन् र भारत तर्फपनि जानसक्ने अवस्था छैन । यो अवस्थामा प्रहरीले अत्यान्त ठूलो भूमिका निर्वाह गरेको छ । गौरीगञ्जदेखि वाहुनडाँगीसम्मको १४४ किलोमिटर वोर्डर एरिया विहार र वंगाल पर्छ । त्यो सबै एरियामा अत्यान्त धेरै कडाई गरिएका कराण पनि अहिलेसम्म हामी सुरक्षित नै छौं भन्नु पर्छ ।
तर, प्रहरी चाँही पहिलो जोखिममा रहेको हामीले पाएका छौं । किनभने कोही मानिस भारतबाट नेपाल आएभने नियन्त्रणमा लिने निकाय सुरक्षाकर्मी हो । उनीहरु कोरोना संक्रमित रहेकाछन् भने पनि उनीहरुलाई समातेर क्वारेन्टाइनसम्म सुरक्षाकर्मीले ल्याउनुपर्ने भएकाले पहिलो जोखिममा सुरक्षाकर्मी पर्छन् । यो अवस्थामा सुरक्षाकर्मीका विषयमा चाँही गम्भीर हुनपर्ने देखिन्छ । त्यसपछि स्वास्थ्यकर्मी आउँछन् । सुरक्षाकर्मीलाई अहिलेसम्म पीपीई सेट प्राप्त भएको छैन । उनीहरुलाई चाहिने पर्याप्त मात्रामा मास्क, ग्लोब्स, सेनिटाइजर लगायतका सामग्री छैन् । उनीहरुलाई त्यो दिन जरुरी छ । अहिले त यही बनाइएका होम मेडमात्रै दिइएको छ । तर, १÷२ वटा मात्रै कोरोना संक्रमित मासि भेटियो भने जोखिम कतिहुन्छ ? अहिले प्रहरीले प्रयोग गर्दै आएको सुरक्षाका सामग्री मापदण्ड अनुसारका छैनन् । तसर्थ प्रहरीलाई,स्वास्थ्य कर्मीलाई आवश्यक सामग्री दिन जरुरी छ ।
अहिले झापामा रगतको अभाव छ ?
हामीले यो समयमा पनि विभिन्न ठाउँमा रक्तदान कार्यक्रम सञ्चालन गरिरहेका छौं । कहिले काँही डाक्टरले फ्रेस ब्लड चाहिन्छ भनिदिनुहुन्छ । त्यो अवस्थामा भनेको ग्रुपकै रगत तत्काल भेटाउन समस्या हुन्छ । तर, अनकलमा पनि हामीले तीन ÷ चार सय मानिसलाई नोट गरेर राखेका छौं । लकडाउनको समयमा उनीहरुलाई तत्काल रगत दिन चाँही समस्या हुँदो हरेछ । किनभने तुरुन्त रगत चाहिएको हुन्छ । उसलाई आउन नै समस्या भइदिन्छ । उनीहरुलाई हामी आफैले ल्याउनु पर्ने हुन्छ । त्यसोगर्दा दुई÷तीन घण्टा ढिलो हुन्छ । तर, हामीकहाँ भएको व्लडलाई तत्काल प्रयोग गर्ने हो भने त्यो समस्या रहन्न । हामीसंग अहिलेपनि लगभग ४०० युनिट रगत छ । तत्काललाई झापामा रगतको अभाव छैन ।
संकटको यो घडीमा राहत वितरणलाई यहाँले कुन रुपमा हेर्नु भएको छ ?
राहत वितरण गर्नु नै अहिलेको समयमा सबैभन्दा राम्रो कार्य हो । किन भने १८– २० दिनदेखि मुलुक ठप्प छ । यो अवस्थामा साच्चै मजदुर, विपन्न वर्ग ज्यादै ठूलो समस्यामा छन् । उनीहरुका लागि अहिले के खाउँ भरे के खाउँ भन्ने समयमा राहत वितरण गर्नु आफैमा पनि ठूलो मानवीय कार्य हो । अहिले पहिलो आवश्यकता भनेकै आफू कसरी बाच्ने र अरुलाई कसरी बचाउने भन्ने हो । यस्तो अवस्थामा आफू बाँचेर अरुलाई बचाउन गरिएको कामलाई राम्रो मान्नु पर्छ । तर, राहत वितरणमा कहाँनेर कमजोरी छ भने – राहात वितरणमा एकरुपता चाँही पाईदैन । राहत सबैलाई वरावरी वितरण गरिनु पर्छ । कम्तीमा पनि १५ दिन पुग्ने गरीको राहत सामग्री वितरण गरिनु पर्छ । राहत वितरणमा वर्ग पहिचान गरेर मात्रै राहत वितरण कार्य शुरु गर्नु पर्ने अस्वस्था रहेपनि यहाँ आफूखुखी राहत बाढ्दा राहतमा एक रुपता चाँही देखिएकन । यो पहिलो चरणमा राहत जसरी बाँढेपनि दोस्रो चरणमा पनि यसैगरी राहत वितरण गरियो भने समस्या हुनसक्छ । तसर्थ,राहत वितरणमा एक रुपता ल्याउन जरुरी छ ।
नेपाल रेडक्रस सोसाइटीले तीन ÷ चार चराणमा राहत वितरण गर्छ । पहिलो अति विपन्न वर्गलाई नै पहिचान गर्दै राहत बाढ्ने गरेको छ । त्यस्तै स्थानीय पालिकाले पनि टोल विकास समिति मार्फत त्यास्ता वर्गको पहिचान गरेर राहत वितरण गर्नुपर्छ । घरभरि भकारीमा धान छ भने उसलाई पहिलो प्राथमिकतामा राहत चाहिँदैन । उसको ठाउँमा मजदुर वर्गलाई छनौट गरेर दिन सकेको खण्डमा विवाद हुँदैन । त्यसरी स्थानीय तहले राहत वितरण गर्न सकिरहेका छैनन् ।
कोरोना संक्रमित विरामीको उपचारका लागि मेची अञ्चल अस्पतालमा भेन्टिलेटर सहितको आइसुलेसन कक्ष तयार गरिएको छ । अस्पतालमा भेन्टिलेटर सहितको व्यवस्था हुन जरुरी छ या छैन ?
मेचीअञ्चल अस्पतालमा तयार गरिएका २५ वेडका आइसोलेनस कक्ष उत्कृष्ठ छन् । तथापि त्यहाँ भेन्टिलेटरको व्यवस्था छैन । यो एकदमै जुरुरी छ । प्रदेशको एक मात्र प्रादेशिक अस्पताल हो मेची अञ्चल अस्पताल । यहाँ भेन्टिलेरसहितको कोरोनाको उपचार गर्ने व्यवस्था हुनुपर्छ । त्यो गर्न सकिरहेको अवस्था छैन अहिले झापामा ।
जस्तै नेशनल टे«निङ सेन्टर विराटनगरलाई १० वेडको भेन्टिलेटर सहितको प्रदेश स्तरकै कोरोना उपचार केन्द्र बनायो । सरकारले त्यस्तै झापाको भद्रपुरमा रहेको मेची अञ्चाल अस्पताललाई पनि भेन्टिलेटर सहितको उपचार केन्द्र बनाउन जरुरी छ ।
प्रादेशिक अस्पताल भनिएका कारण यो कोरोनाको उपचार गर्ने पूर्वको एक मात्र अस्पताल हो । कोशी अञ्चल अस्पताल केन्द्रको अस्पताल हो । तसर्थ प्रादेशिक अस्पतालमा नै भेन्टिलेटर नहुनु दुखद पक्ष हो ।
यहाँ भेन्टिलेटर नभएका होइनन् तर, भएका दुई वटा भेन्टिलेटर डायलसिसका लागि प्रयोग गरिन्छ । कोरोनाका लगि भनेर छुट्टै भेन्टिलेटर छैन । तसर्थ,कोरोनाको जोखिमलाई मध्यनजर गर्दै शुरुमै आवश्यक पर्ने श्रोत सामग्रीको जुटाउनुपर्ने अवस्था छ । यहाँ कोरोनाको आशंकामा सात जनाले स्वास्थ्य परीक्षणका लागि आइसोलेसनमा बसेर कोनोना नेगेटिभ देखिएपछि घर फर्किएको अवस्था छ ।
तर, यदि कोही कसैलाई कोरोना पोजेटिभ देखियो र उपचार शुरु गर्दा भेन्टिलेटरमा राख्नु पर्ने अवस्था आयोभने यहाँ भेन्टिलेटरमा राखेर उपचार गर्ने अबस्था चाँही छैन । तसर्थ मेचीमा भेन्टिलेटर सहितको व्यवस्था हुन अत्यान्त जरुरी देखेको छु मैले ।






























