टिकटक डाउनलोड गर्नेको संख्या बढ्यो

३ बैशाख २०७७, बुधबार मा प्रकाशित

काठमाडौं,

भिडियो शेयरिङ्ग प्लेटफर्म टिकटकको डाउनलोड एन्ड्रोयडमा मात्र १ अर्ब नाघेको छ । यसअघि एन्ड्रोयड र आईओएस दुबैमा गरेर भिडियो एपको डाउनलोड गत फरबरीमा १ अर्ब पुगेको थियो ।

नेपालमा पनि निकै लोकप्रिय टिकटक अहिले भने गूगल प्ले स्टोरमा मात्रै १ अर्ब डाउनलोड भएको हो । कोरोनाभाइरसको प्रकोप बढ्दा पछिल्लो दिनमा टिकटकको प्रयोग निकै बढेको छ । जसले गर्दा यसको डाउनलोड पनि दिनप्रतिदिन बढिरहेको छ ।

गूगल प्ले स्टोरको डाटा आएपनि एप्पलको एप स्टोरमा कति डाउनलोड पुगेको छ भन्ने जानकारी बाहिर आएको छैन् । तर हाल इन्टरटेनमेन्ट एप्सको सूचीमा टिकटक चौथो स्थानमा छ ।टिकटकले यसअघि ह्वाट्सएप र फेसबुकको डाउनलोडलाई पनि पछि पार्दै विश्वभर सबैभन्दा धेरै डाउनलोड हुने एप भएको थियो ।

टिकटकका सबैभन्दा धेरै प्रयोगकर्ताहरु भारतमा रहेका छन जहाँ कुल डाउनलोडको २९.५ प्रतिशत डाउनलोड गएको मार्चमा भएको थियो । यसअघि आएको एप एन्नीको रिपोर्टअनुसार पनि भारतमा भएको लकडाउनपछि सबैभन्दा धेरै डाउनलोड हुने मिडिया एप टिकटक भएको थियो ।

टिकटकले विश्वभर लकडाउनका कारण इन्टरनेट ब्याण्डविथमा दबाब कमगर्न भिडियो कन्टेन्टको क्वालिटी कम गरेको थियो । जसले गर्दा हाल टिकटकमा सबै भिडियोहरु एसडी फम्र्याटमा मात्र हेर्न पाईन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here