कोरोना महामारी फैलिएका देशबाट नेपालीलाई ल्याउन सर्वोच्चको आदेश

0
978

काठमाडौं,

सर्वोच्च अदालतले कोरोना भाइरसको महामारी फैलिएका देशबाट आफ्ना नागरिकलाई तत्काल फिर्ता ल्याउने आवश्यक व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।

बिहीबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलाशले यस्तो आदेश जारी गरेको हो। कोरोना भाइरसको महामारी फैलिएसँगै विदेशी मुलुकहरुले पनि आफ्ना नागरिक फिर्ता ल्याइरहेको सन्दर्भमा यस्तो आदेश दिएको हो।

सर्वोच्चले विदेशमा श्रम गरिरहेका नेपालीलाई फर्काउन दबाबसमेत आएको सन्दर्भमा उचित व्यवस्थापन गरी फिर्ता ल्याउन भनेको हो। कोरोना महामारी फैलिएका देशमा रोजगारीमा रहेका नेपालीहरुको अवस्थाबारेको प्रतिवेदन तयार गर्न पनि सर्वोच्चले सरकारलाई भनेको छ।-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here