‘विपद्को यो घडीमा धमिलो पानीमा माछा मार्न खोजे कारवाही हुन्छ’

७ बैशाख २०७७, आईतवार मा प्रकाशित

पूर्बीनाका काँकरभिट्टा अनि भद्रपुरपछि बढी चहलपहल हुने नाका हो कुमरखोद । भारतीय बजार दिघलवैंक नजिकै रहेको र खुल्ला सिमाना भएका कारण पनि यो नाकामा सधै चहलपहल भइरहन्छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण नेपालमा फैलन अघिनै सरकारले मुलुकलाई लकडाउन गरेपनि कुमरखोद नाँका हुँदै धेरै नागरिक नेपाल भित्रिए । केहीलाई प्रहरी र स्थानीयले नियन्त्रणमा लिँदै क्वारेन्टाइनमा राखेपनि लुकीछिपी नेपाल भित्रने क्रम नरोकिएपछि झापा गाउँपालिका, सशस्त्र प्रहरीबल टाघनडुब्बा,इलाका प्रहरी कार्यालय कुमरखोदले नाकामा थप कडाइ ग¥यो । तर, हुर्किएको मकै वारीवारी प्रहरीलाई छक्कयाउँदै भारतबाट केही नागरिक नेपाल प्रवेश गर्ने सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय झापाले प्रहरी निरीक्षकको नेतृत्वमा थप प्रहरी परिचान गरेको छ भने सशस्त्र प्रहरी कार्यालय झापाले पनि थप प्रहरी बल परिचालन गरेको छ । यो संगै जिल्ला प्रहरी कार्यालय झापाले स्थानीयसंग सहकार्य गर्दै सिमा निगरानी समिति बनाएको छ । लकडाउनको चारसाता बित्न लाग्दा झापा गाउँपालिकामा के भइरहेको छ सो विषयमा झापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन निरौलासंग पूर्वाञ्चल दैनिकका सहसम्पादक सुरेन्द्र भण्डारीले गरेको कुराकानीको सम्पादितअंश ।

जीवन निरौला–प्रमुख प्रशासकीय अधिकृत – झापा गाउँपालिका

कोरोना भाइरस कोभिड १९ को नियन्त्रणम तथा रोगथामका लागि झापा गाउँपालिकाले कस्तो प्रयास गरिरहेको छ ?

संघीय सरकार र प्रदेश सरकारको निर्देशन अनुसार झापा गाउँपालिकामा सर्वप्रथम त हामीले दुई ठाउँमा कोरोनाको संक्रमण यदि कोही कसैलाई देखियो भने उनीहरुलाई सुरक्षित रुपमा राख्नका लागि क्वारेनटाइनको व्यवस्थापन गरेका छौं । डिल्लीराज माध्यमिक विद्यालय र जनता माध्यमिक विद्यालयमा २०÷२० वेड क्षमताको दुई वटा क्वारेन्टाइन निर्माणसंगै जनचेतनाका विभिन्न कार्यक्रम संचालन गरियो ।

झापा गाउँपालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधि सहितको टोलीले टोल टोलमा र घर घरमै पुगेर कोरोना संक्रमणका विषयमा जानकारीसंगै कोरोनाको संक्रमण भएको खण्डमा कसरी बच्ने, संक्रमण हुँन नदिन अपनाउनु पर्ने सावधानीका उपाय सिकाउँदै सावुन पानीले हातधुन, भीडभाडमा नजान, मास्कको प्रयोग गर्न घरैमा वस्न सिकाएका थियौ ।त्यो पनि सबै सामग्री दिएर ।

मुलुक लकडाउन हुन अघि नै हामीले झापा गाउँपालिकालाई पूर्णरुपमा लकडाउन गरेका थियौं । अहिले पनि प्रहरीसंगको समन्वयमा सीमा क्षेत्रमा १५ वटा चेक पोष्ट स्थापना गरेका छौं र सिमा नाकामा कडाई गरिएको अवस्था छ । शंकास्पद भारतीय तथा तेस्रो मुलुकबाट आएका व्यक्तिहरुको पहिचान र चेकजाचलाई तीव्रता नै दिएका छौं ।
गाउँपाललकाले प्रकोप व्यवस्थापन कोष स्थापना गरी २५ लाख रुपैयाँ कोषमा राखेका छौं । सहयोगी दाता महानुभावहरु बाट रकम समेत आइरहेको अवस्था छ । अहिलेसम्म विभिन्न संघ संस्था, दाताहरुले १२ लाख रुपैयाँ वरावरको नगद तथा जिन्सी सहयोग गर्नुभएको छ । सहयोग आउने क्रम पनि जारी नै छ । गाउँपालिका अन्तरगत सम्पूर्ण वजार, चौक तथा सार्वजनिक स्थलमा पूर्ण रुपमा कडाई गरिएको छ । आवश्यक सामग्री खरिदका लागि आंशिकरुपमा पसल खुलेपनि दुरी कायम गरेर मात्र उनीहरुलाई सामाग्री खरिद विक्री गर्न भनिएको छ । अहिले पनि हामीले जनचेतनाका कामलाई प्रभावकारी रुपमा सञ्चालन गरिरहेका छौं ।

क्वारेन्टाइनको अवस्था चाँही कस्तो छ । अनि कति मानिस क्वारेन्टाइनमा राखियो ?

हामीले स्थापना गरेका दुई वटा क्वारेन्टाइन हुन् । दुई वटा क्वारेन्टाइनमा २४ जना मानिसलाई राखियो । ३८ जना होम क्वारेन्टाइनमा छन् । अझैपनि ९ जना क्वारेन्टाइनमा छन् । सरकारले तोकेको समय अविधि २१ दिन पूरा गरेर १५ जनालाई चाँही घर फर्काइएको अवस्था छ । क्वारेन्टाइनमा रहेकाहरुको आरडीटी परीक्षण गरिन्छ । सात जनाको आरडीटी परीक्षण गरिएको छ । सवैको रिपोर्ट नेगेटिभ आयो । घर पठाइएकाहरुलाई पनि हामीले सुरक्षित बस्न भनेका छौं ।

राहत वितरणको अवस्था चाँही के छ नि ?

झापा गाउँपालिकाले अति विपन्न दैनिक ज्याला मजदुरी गर्ने ६ हजार परिवारलाई राहत वितरण गरिएको छ । यहाँ आधारभूत स्वास्थ्य सेवालाई समेत व्यवस्थित गरिएको छ । सबै नागरिकलाई खाद्यन्य आपूर्तिमा सहजीकरण गरिएको छ । फेरि पनि दोस्रो चरणका लागि राहत वितरणका लागि तयारी गरिदैछ । राहत विपन्न परिवारले मात्रै पाउनु पर्छ भन्ने कार्यालयको मान्यता छ । राहत विपननतासंग जोडिएको विषय हो । राहतलाई रानजीतिसंगं जोडियो भने राम्रो हुँदैन भनेर हामी राहत वितरणलाई सुक्ष्म ढंगले हेरिरहेका छौं । हामीले वास्तविक विपन्नलाई मात्र राहत प्रदान गर्दै आएका छौं । पहिलो चरणको राहत वितरणमा केही समस्या देखिएकै हो । दोस्रो चरणमा सुधार्छाैं । हामी यस पटक राहत बाढ्दा परिमाण बढाउँछौं । तर, वास्तविक पीडितलाई मात्र दिन्छौं । रानजीतिक अभिष्ट पूरा गर्न संख्यात्मक विवरणलाई पूरा गर्न खोजियो भने भोलि त्यसले विवाद निम्त्याउने निश्चित छ । तसर्थ हामी सचेत छौं ।

लकडाउन र कालोवजारीको अवस्था के छ ?

झापा गाउँपालिकामा लकडाउन पूर्ण रुपमा प्रभावकारी भएको छ । खुल्ला सिमानाका कारण सुरुवातका दिनमा केही मानिस भित्रिएपनि सशस्त्र प्रहरी वलले अपनाएको सुरक्षा रणनीति र जिल्ला प्रहरी कार्यालय झापाले थप जनशक्ति परिचालन गर्दै सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरेकाले झापामा लकडाउन प्रभावकारी र सिमा नाकामा पनि कडाई छ । प्रहरीको सक्रयताकै कारण वजार, मुख्य मार्ग, सहायक मार्ग, आसपासका सम्पूर्ण गतिविधि बन्द गराई गाउँपालिका पूर्ण रुपमा लकडाउनको अवस्थामा छ ।

कालो वजारीलाई पूर्णरुपमा नियन्त्रण गर्न लागि परेका छौं । स्थानीय स्तरमा यदि कोही कसैले यस्तो गरेको पाइएमा तत्काल कारवाही गर्छाैं । यो विपद्को समयमा कोही कसैले धमिलो पानीमा माछा मार्ने प्रयत्न नगरे हुन्छ । यदि त्यास्तो गरेको पाइए उनीहरुलाई कारवाही गर्ने छौं । झापा गाउँपालिकावासीलाई म यो पनि अपिल गर्न चाहन्छु कि यदि कसैले कालो वजारी गर्ने खोजेको छ भने सूचना दिनुहोस् सप्रमाण भए तत्काल कारवाही गर्छाैं । सूचना दिनेको नाम हामी गोप्य राख्छौं ।

अन्त्यमा

लकडाउनको प्रभावकारी कार्यान्वयनमा सवैले साथ दिनुभएकोमा आभार व्यक्त गर्दै निरन्तरताका लागि अनुरोध गर्दछु । राहतकोषमा सहयोग गर्ने महानुभावहरु सबैप्रति कार्यालय आभारी छ । हामी दाता महानुभावलाई थप सहयोग गर्न हुन आग्रह गर्दछौं । कोरोना विरुद्धको लडाइमा सामुहिक रुपमा लागि पर्ने राजनीतिकदल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, रेडक्रसकर्मी,स्थानीय जनप्रतिनिधिहरु, सबैप्रति हार्दिक आभाव व्यक्त गर्दछु । सबैले सर्तकताका साथ कोरोना विरुद्धको यो लडाइमा अघि बढे जोखिम हुँदैन । यो रोगबाट वच्च सक्ने उत्तम उपाय भनेको सचेतना अपनाउनु नै हो । तसर्थ सवैलाई सावधानी पूर्वक घरमै बसिदिन आग्रह गर्दछु ।

सरकारको निर्देशन पालना गरौं कोरो विरुद्धको लडाईलाई पराजीत गरौ भन्न चाहन्छु । विश्व त्रसिद भइरहेको यो अवस्थामा हामी जस्तो सिमित स्रोत र साधन भएको देशले हामीले हेलचेक्र्याई गर्यौ भने थेग्न सक्दैन । भारतमा कोरोना पूर्ण रुपमा नियन्त्रणमा नअहाएसम्म हामी सुरक्षित छौं भन्न सक्ने अवस्था रहन्न । तसर्थ हामी सबैले सावधानी अपनाऔं । अझ सिमा क्षेत्रमा सुरक्षा व्वस्था कडा हुन जरुरी छ । अझ वढी क्वामरेन्टाइनको व्यवस्था गर्दै गाउँपालिका र गाउँपालिकावासी सचेत हुन जरुरी देखिन्छ । हामी सचेत भए कोरोनाको संक्रमण फैलदैन । कोरोनाको परीक्षणको दायरा र स्वास्थ्य उपकरणको उपलब्धतालाई अझ प्रभावकारी र व्यवस्थित गर्न जरुरी छ । कोरोना विरुद्धको यो लडाई जित्न युद्धमा होमीएको सिपाई झैं हामी सुरक्षित भएर घरमै बसौं ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

1 COMMENT

  1. Jhapa gaupalikka majidid haruma ni kai smmayko lagi paristhitilai khyal gari sampurna karya banda gari teha katai dosro muluk ka manish hune sakni sambhaybyata lai khayl gare sunma suganda hunthiyo

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here