बुद्दशान्तिकी अनिताको मृत्यु आत्महत्या होइन– माइती

७ बैशाख २०७७, आईतवार मा प्रकाशित

झापा ।

झापाको बुद्दशान्तिकी अनिता अधिकारी खनालको मृत्यु प्रकरण रहस्यमय भएको भन्दै माइती पक्षले घटनाको निष्पक्ष छानविनका लागि झापा प्रहरी र मानव अधिकारकर्मीसंग माग गरेका छन् ।

वडा नं. २ गोपाल टोल निवासी अनिताको मृत्यु आत्माहत्या हुन नसक्ने भन्दै मोरङ्गको उर्लावारी स्थित माइतीले झापा प्रशासन र अधिकारकर्मीसंग गुहार मागेका छन् । मृतककी आमा राधा अधिकारीले छोरीको मृत्यु प्रकरण आत्माहत्या हुन नसक्ने दाबी गरेकी छन् ।

उर्लाबारी ४ निवासी मृतककी आमा राधाले न्यायीक छानविनको माग गर्दे दोषीलाई कार्वाहीको माग गरेकी छन् । शनिबार पत्रकारहरुसँग कुरा गर्दे उनले भनिन् ‘मेरी छोरीले आत्माहत्या गरेकी हुदै होइनन्, यो नियोजित हत्या हो ।’

यस्तो थियो घटनाक्रम

झापाको बुद्दशान्ति २ मा बस्दै आएकी अनिता स्थानीय एक निजी विद्यालयकी शिक्षीका हुन्् । उनका श्रीमान् षडानन्दप्रसाद खनाल औषधि बिक्रेता (एम. आर.) को काम गर्देै आएका थिए । खनाल दम्पतीका सात बर्षीय एक छोरा र आमा सहित चारजनाको परिवार थियो ।

यतिखेर विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण उनीहरु आफ्नै घरमा बसिरहेका थिए । बैशाख ३ गते बुधबार अपरान्ह ४ बजे आफ्नै कोठामा ढोका थुनेर झुन्डिएको अवस्थामा अनितालाई भेटेको उनका पति षडानन्दले बताएका छन् । त्यसदिन षडानन्द खेतमा घाँस काट्न गएका थिए । घाँस लिएर घर आउँदा अनिता झुण्डिएको अवस्थामा आफुले देखेको उनले बताएका छन् । अनिता झुण्डीएको अवस्थामा देखेपछी आमा तथा छिमेकीलाई गुहार मागेर ढोका खोलेको उनले बताए ।

त्यसवेला सम्म अनिताको प्राण हरण भईसकेको थिएन । अनिताले घाँटीमा बाँधेको सल र डोरी हतार हतार खोलेर बिर्तामोडको बिर्तासिटी पु¥याउन साथ डाक्टरले मृत घोषणा गरेको मृतकका श्रीमानले बताएका छन् ।

माइती पक्षको उपस्थिति लकडाउनका कारण हुन नसकेका कारण शुक्रबार बिहान मात्र अनिताको शवलाई पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल लगिएको थियो । तर, माइतीपक्षले धरान स्थित बिपी कोइराला स्मृति प्रतिष्ठानमा उनको पोष्टमार्टम गर्ने भनेपछी भद्रपुरबाट धरान लगिएको माइतीले बताएका छन् । शवको पोष्टमार्टम भएपछी अनिताको शवलाई आफन्तहरुले शुक्रबार राति नै झापामा दाहसंकार गरेका छन् ।

यता, अनिताका दाजु रबिन अधिकारीले बहिनीको शरिरमा निलडाम देखिएको बताएका छन् । केहि भागमा फोका पनि छन्, आँखामा रगत जमेको छ, टाउको पछाडि टुटुल्को उठेको कारणले सुनियोजित हत्या भएको दाबी उनले पनि गरेका छन् ।

बहिनीलाई ज्वाईले पटक पटक डिभोर्सको धम्की दिएको पनि मृतकका दाजुले बताएका छन् । ‘यस्ता अनेकौ घटनाक्रमले पनि हामी बहिनीले ईच्छामरण गरेको भनेर पत्याउन सक्दैनौं । रविनले भने, आत्महत्या गर्नलाई बाध्य बनाइएको कारण किटानी जाहेरी इलाका प्रहरी कार्यालय धुलाबारीमा दिने तयारी छ ।’ यता प्रहरीले भने तत्काल घटना स्थल पुगेर अनिताको मोवाइल र केही लेखिएको कागज बरामद गरी कोठालाई शिल गरेको बताइएको छ ।

२०६९ सालमा प्रेम बिवाह गरेकी अनितालाई आर्थिक बिषयमा श्रीमान्ले पटक पटक मानसिक यातना दिने गरेको माइती पक्षले आरोप लगाएका छन् । अनिता एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सिनियर फिल्ड अफिसर रहेको परिवारले बताएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

1 COMMENT

  1. पुन्र रुपमा छान्बिन हुनु पर्छ आत्म्हत्या होइन भने दोसि लाई कारबाइ होस!!!!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here