राँके क्वारेन्टाइनमा फाल्गुनन्दका सात जना

0
757

युद्धबहादुर बोहोरा / पाँचथर,

फागुनन्द गाउँपालिकामा सात जनालाई राँके स्थित नेपाल रेडक्रस सोसाइटीमा तयार गरिएको क्वारेन्टाइनमा आइतबार देखि राखिएको छ।

जिल्ला बाहिरबाट आएका चार महिला र तीन पुरुषलाई तत्काल क्वारेन्टाइनमा पुर्‍याइएको प्रशासकीय अधिकृत अनिल तिखत्रीले जानकारी दिए।

सरकारको पछिल्लो निर्देशन अनुसार उनीहरुलाई २१ दिन सम्म राखेर परिक्षण गरिने उनले बताए।

गत वर्ष चैत २९ गते विदेशबाट आइ क्वारेन्टाइनमा बसेका जम्मा आठ जनाको कोरोना परिक्षणमा नेगेटिभ रिपोर्ट आएकोले उनीहरु घर फर्किए पश्चात् क्वारेन्टाइन शुन्य थियो।

विश्वव्यापी महामारी फैलिए पछि नेपाल सरकारले देश लकडाउन गरेको चार हप्ता वितिसक्दा हाल सम्म पाँचथर जिल्लाको समग्र अवस्था सामान्य रहेको छ।

कोरोना रोग भित्रन नदिन सबै स्थानीय तहमा उच्च सतर्कता अपनाए संगै फाल्गुनन्द गाउँपालिकाले पनि रोग नियन्त्रण तथा रोकथामका सम्पूर्ण गतिविधि प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङको भनाइ छ।
रोगको त्रास संगै दैनिक ज्यालादारी गरि जीवन गुजारा गरिरहेका पाँच सय २४ घरधुरीका परिवारलाई पहिलो चरणको राहत वितरण गरिएको र छुट भए केहि विपन्न परिवारलाई पुनः समेटिने कार्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here