२०२३/२०२४ सालतिरको कुरा हो । म ११/१२ वर्षको थिए । भोलि संक्रान्ती बजारमा भाषण छ भनेको सुने । साथीहरुसँगै संक्रान्ती बजार गए, भाषण सुने । भाषणको मुख्य सार थियो– भारतले सुस्तामा अतिक्रमण गरेको छ । त्यसकोबिरुद्धमा हामीले आवाज उठाउनुपर्छ । समाजमा शोषक, सामन्ती र बुर्जुवाहरुको बोलबाला छ । उनीहरुले निमुखा तथा गरीब जनतामाथि शोषण गरेका छन् । मुक्तिको लागि उनीहरुसँग लडनुपर्छ भनियो । मेरो जीवनमा मैले सुनेको यो पहिलो भाषण थियो । वक्ता को थिए ? मेरो स्मृतिमा रहेन, खोजी पनि गरिएन । वक्ताको भाषणका यी भनाइले म भने प्रभावित भए । भारतबिरुद्ध नारा लगाइयो । विस्तारवादी भारती ! मुर्दावाद ! मुर्दावाद !! मैले पनि मुर्दावाद ! भने । धेरै पटक भनाए । भनियो पनि । तत्काल, मेरो बुझाइमा कम्युनिष्ट हुनु भनेको सामन्ती संस्कारको विरोध गर्नु हो । शोषण र अन्यायका बिरुद्ध लडनु हो । शोषणबाट मुक्तिकामी हुनु हो । किनकि, भाषण गर्ने मानिस कम्युनिष्ट थिए ।
२०२७÷०२८ सालमा झापामा किसान आन्दोलन चल्यो । शोषक र सामन्तीका टाउका काटिन थाले । छोटो अन्तरालमा नै आन्दोलन चरमविन्दुमा पुग्यो । सुखानीको जङ््गलमा, आन्दोलनको नेतृत्व गर्ने अगुवालाई सरकारले निर्ममतापूर्वक गोली ठोक्यो । गाउँघरमा टाउको काटिने र सुखानीको जङ्गलमा गोली ठोकिने दुबै प्राणी एउटै समाजका थिए । एक–आपसमा आफन्त थिए । दुबै पक्षका घटनाले विशेष गरेर झापा र आठराई दुबै ठाउँको समाजलाई प्रभावित बनाएको थियो । यसपछि कम्युनिष्टप्रतिको बुझाइमा परिवर्तन आयो । कम्युनिष्ट हुनु भनेको सामन्तका टाउका काट्नु हो । सामन्त भनेका गाउँघरका ठालु रहेछन् । धेरै जग्गा जमिन हुने रहेछन् । उनीहरुले कुनै न कुनै रुपमा शोषक र सामन्तीको पगरी पाउँदा रहेछन् । त्यसपछि टाउको कटुवाको लिष्टमा पर्ने र लिष्टमा परेपछि टाउको काटिँदोरहेछ । हाम्रा कलिला दिमागको बुझाइ यही थियो । भन्न त ! सामन्ती भनेका जाली फटाहा हुन भन्थे । समाजमा अन्याय र शोषण गर्ने हुन भन्थे । गरीब र निमुखालाई सास्ती दिने हुन भन्थे । यो प्रकृतिका सामन्तीको मात्र तत्काल टाउको काटियो वा काटिएन । त्यो आप्mनै ठाउँमा छ । तर, लिष्टमा परेपछि सामन्ती बने । केही व्यक्तिको टाउको काटियो । यो याथार्थ हो ।
२०३६ सालमा जनमतसंग्रहको घोषणा भयो । कम्युनिष्टले जनमतसंग्रह बहिस्कार गरे । निलो र पहेंलोको प्रतिस्पर्धाबाट कम्युनिष्ट टाढै बसे । कुनै समयमा कसैले कसैलाई सराप दिनु प¥यो वा दुष्मनी साधनु प¥यो भने ‘कांग्रेस पसोस तेरा घरमा’ पनि भन्थे । यो उखानमा परिणत भएको थियो । ०३६ सालमा बहुदलको पक्षमा कांग्रेस पूर्णरुपमा उभियो । त्यस अवस्थामा उपस्थित भएको कांग्रेस त वीपीले नेतृत्व गरेको रहेछ । प्रजातन्त्रमा विश्वास राख्ने शक्ति रहेछ । वीपीलाई नजिकैबाट देख्ने मौका पायौं । ०१७ सालमा अपदस्त भएको सरकारको नेतृत्व उनैले गरेका रहेछन् । यो कुरा इतिहासमा पढेका थियौं । उनैको तर्फबाट गरिएको भाषण प्रत्यक्ष रुपमा सुन्ने मौका पायौं । उनले आपूmलाई अपदस्त गर्ने, जेलनेल हाल्ने कसैलाई एक शब्द पनि गाली गरेर समय खर्चिएनन् । उनको भाषण त शालीन थियो । व्यवहारिक र ओजस्वी थियो । उनले राष्ट्र उत्थानका कुरा गरेका थिए । प्रजातन्त्र र समाजवादका कुरा गरेका थिए । किसान र मजदुरका कुरा गरेका थिए । उनले व्यक्ति विशेषमा कसैलाई केही भनेनन् । उनले– ‘पञ्चायती व्यवस्था भनेको मरेको घोडा हो । यसलाई चाबुकले हानी रहनु पर्दैन’ भनेको सुन्यौं । उनले व्यक्तिको होइन विधि, संस्था र संस्कारको मात्र विरोध गरे । यो विरोधले साच्चै नै प्रभाव पा¥यो ।
धेरै स्रोतालाई निलोमा नै लाग्ने निर्णय गरायो । वीपी र मनोमोहन एउटै मञ्चमा थिए । मनमोहन अधिकारी पनि त्यही सभामा भन्दै थिए– ‘राजालाई ठूलो बडेमाको बर्कि ओडाइएको छ । बर्कीभित्र धेरै झुसिल किराहरु छन् । ती किराहरु टक्टकाउँदैमा समय बित्छ । बाहिर हेर्ने फुर्सद नै छैन ।’ तर पनि कम्युनिष्टले जनमतसंग्रह बहिस्कार गरे । लाग्यो, कम्युनिष्टको चरित्र भनेको विरोध मात्र गर्नु हो । विरोध विधि, संस्था र संस्कारकोभन्दा पनि व्यक्तिको मात्र गर्नु हो । समाजमा त्यस्ता वर्ग, समुदाय र तप्का छन् । जो कुनै न कुनै रुपमा शोषित छन् । पीडित छन् । उनीहरुसँग भएको अन्तरवस्तु भनेको अभावै अभाव मात्र हो । यस अवस्थामा विरोधका स्वरहरु उनीहरु सामु मिठा लाग्न सक्छन् । स्वादिला पनि हुन सक्छन् । यसपछि ०४६ सालको आन्दोलनमा कांग्रेस र कम्युनिष्ट एउटै मैदानमा मिलेर आए । ०४६ सालको आन्दोलनपछि कम्युनिष्टले यी बिरोधका स्वरहरुलाई अझ बढी उचाले । फलस्वरुप मध्यम र तल्ला वर्गका मानिसलाई प्रभावमा पार्न सफल भए । ठूला–ठूला आश्वासनका पोका बाँडे । पोकाभित्र दम थियो, शक्ति थियो । कार्यकर्ता परिचालन गरियो ।
पार्टीको लागि भौतिक, मानवीय तथा आर्थिक स्रोतका रुपमा तिनै कार्यकर्ता देखापरे । कार्यकर्ता नै पार्टीको जग भए । तत्काल प्रजातन्त्र भन्ने शब्द उनीहरु मन पराउँदैन थिए । प्रजातन्त्रको समर्थन आलोचनात्मक रुपमा मात्र गर्दथे । उनीहरुको बसोबास झुपडीमा थिएन । तर, उनीहरुले झुपडीलाई नै केन्द्रविन्दु बनाउँथे । आमाबुबा भन्दै झुपडीमा छिर्दथे । अझ चुनावको बेला त भुटेका मकै र मोइ खाउँभन्दै झुपडीभित्र बस्नेको मन जित्दथे । सजिलै आप्mनो बनाउँथे । मेहनत र परिश्रम गर्दथे । आप्mना कार्यकर्तालाई चिन्दथे । प्रखर वक्ताका रुपमा आफूलाई उपस्थित गराउँथे । कम्युनिष्ट सिद्धान्तको व्याख्यामा जटिल शब्दको प्रयोग गर्दथे । सिद्धान्तको व्याख्याभित्र दार्शनिक विचार र चिन्तन हाल्दिन्थे । सबैले समान भावमा बुझ्दैन थिए, तर पनि जोसिला हुन्थे । ताली बजाउँथे । युनिफरमिटी (एकता) देखाउँथे । तुरुन्तै एक्सनमा जान्थे । संगठित हुन्थे । फलस्वरुप ०४६ सालपछिको राष्ट्रिय राजनीतिमा उनीहरु एउटा बलियो शक्तिका रुपमा स्थापित हुन पुगे । यसपछिका दिनमा विस्तारै कम्युनिष्टको पनि प्रजातन्त्रप्रतिको मोह बढ्दै जान थाल्यो । सो अनुरुप व्यवहार देखाउन थाले ।
इहिासको कालखण्डमा सबैभन्दा पुरानो र शक्ति भएको पार्टी कांग्रेस थियो । कांग्रेसजन भलाद्मी र स्वाभिमान भए । ०४८ साल कै चुनावी माहोलको कुरा गर्दा छातीमा रुखको सानो विल्ला लगाउँथे । पान पसलमा खुट्टा हल्लाउँथे । चुनावी सेरोफेरो सबै हामै्र हो भन्थे । पूर्वतर्फको अवस्था कमजोर देखिए तापनि पश्चिम तर्फको पृष्ठभूमिबाट कांग्रेसले बहुमत प्राप्त गरे । भुइँ न भाँडामा भए । गुट–उपगुटमा विभाजित भए । खाटी कार्यकर्ता पाखा लगाए । चैतेलाई शक्तिमा पु¥याए । कार्यकर्ता कै माझमा भाँडभैलो मच्चाए । आप्mनै सरकार गिराए । मध्यावधी चुनाव गराए । बहुमत गुमाए । ठूलो दलको नाताले कम्युनिष्टले पहिलो पटक सरकार बनाए । कम्युनिष्टलाई पनि सत्ताको स्वाद चखाए । छिनाझिम्टि गर्न सिकाए । एकआपसमा खुट्टा तान्ने खेल खेलाए । फु…फु ..गर्दै गिर्ने सरकार पालैपालो गरेर सबै दलले बनाए । कांग्रेस, कम्युनिष्ट र पञ्च एउटै खाडीमा जम्मा भए । त्यही खाडीमा रम्ने रमाउने, ढाल्ने ढलाउने खेलमा अल्मलिए । को जङ्गल पस्यो ? को शहर बस्यो ? थाहै नपाउने भए । मुख्य केन्द्रविन्दु सत्ता प्राप्तीको खेल नै सबैले बनाए । लक्ष्य प्राप्तिको पछि होइन । पैसा प्राप्तिको पछि लाग्ने मन्त्र सिकाए ।
२०५२ सालपछि दिनमा सर्वसाधारणले सुन्ने र भन्ने शब्द र भाषामा परिवर्तन आयोे, जनयुद्ध, जन बिद्रोह, छालाङ्ग, सुराकी, जनगणतन्त्र, सामन्तवाद, गोलमेच, संविधानसभा, भाटे कारवाही, जनअदालत, बम, बारुद र एम्बुस आदि जस्ता शब्दबाट मिडिया सजिन थाले । मुख्य क्रियाकलाप भनेको घाँटी रेट्नेदेखि बम, बारुद र एम्बुससम्म प्रयोग हुन थाले । भाटे कारवाहीदेखि सदरमुकामसम्म ठूला–ठूला आक्रमण गर्न थाले । जनअदालतको फैसलादेखि क्रुर र पाशविक ढंगले व्यक्ति हत्याका श्रृंखलासम्म चल्न थाले । वातावरण भयावह र त्रसित बन्न पुग्यो । लक्ष्य बन्दुकका नालबाट प्राप्त गर्न सकिन्छ भन्ने मान्यता राखियो । आधार इलाका खडा गरियो । बन्दुके शक्तिको आडमा जङ्गल, गाउँ र शहर हुँदै राज्य सत्तामा भूकम्प जान थाल्यो । यही परिवेशमा एक प्रकारका शक्ति गोलखाडीभित्र सरकार गिराउँदै, उठाउँदै गर्दथे । सत्ता प्राप्तीका लागि छिनाझाम्टी र लुछाचुडि गर्दै दोहोरी खेलीरहेको थिए ।
अर्को शक्ति जङ्गलभित्र बम, गोला र बारुद बनाउँदै ठूला–ठूला आक्रमण गर्ने योजना बनाउँदै थिए । षडयन्त्रका तानाबुनामा व्यस्त दरवार पनि आप्mनै धुनमा थियो । २१औं शताब्दीको पूर्व सन्ध्यामा वीरेन्द्रको वंश नास भयो । दरवारमा नयाँ शक्तिको अभ्यूदय भयो । इतिहास देहो¥याउन सकिन्छ कि भन्ने सपना देख्न थाल्यो । राजतन्त्रको शक्ति आर्जन गर्ने प्रयासमा राष्ट्रिय राजनीतिमा काला बादलका मुस्लाहरु मडारिन थाले । दलका गतिविधिमा अंकुश लाग्न थाले । खाडीभित्र रुमल्लिएको राजनीतिक शक्ति र जङ्गलभित्रका शक्तिबीच नजिकिने वातावरण बन्यो । मुलुक ऐतिहासिक आन्दोलनको मोडमा उभियो । आन्दोलनले चरम् स्वरुपमा जनलहर ल्यायो । विश्वका ठूला–ठूला क्रान्तिका क्षणलाई ब्यूँताउने कार्य ग¥यो । विश्वलाई स्तब्ध र चकित बनायो । नेपाल र नेपालीको विवेक र निर्णय गर्ने क्षमताको पहिचान विश्वसामु गरायो । बन्दुकको नालमा भन्दा पनि जनताको आवाजमा अत्यधिक शक्ति हुन्छ भनेर निरंकुश शक्तिका सामु प्रमाणित गरेर देखायो । लामो समयदेखिको एउटा कालखण्डको इतिहास टुङ्गिन पुग्यो । संवैधानिक राजतन्त्रको पगरी खाडीमा फालियो ।
राजतन्त्र फाले । एक तन्त्रीय शासन पद्धतिको अन्त्य भयो । संघीय स्वरुपको गणतन्त्र आयो । जनमैत्री अनुकूल संविधान निर्माण गरे । आज तीनै शक्तिहरु राष्ट्रिय राजनीतिमा अडानबहादुरको रुपमा स्थापित भएकाछन् । मेरै गोरुका बाह्र टक्का भनेका छन् । शान्ति, संविधान र स्थायित्वको बारेमा खेलबाड गरिरहेका छन् । मुलुक अडान बहादुरहरुको बन्धकीमा परेकोछ । अडानबहादुरहरु हलो अड्काएर जनतालाई जनार्दन बनाउँदैछन् । मुलुक बन्धकीमा परेको बेला विदेशी शक्तिहरु आप्mनै ढङ्गले चल्मलाइरहेका छन् । सहयोग र आश्वासनका पोका ठूला शक्ति राष्ट्रले सीमाना मै राखेका छन् । नेताका नजर उनै शक्ति राष्ट्रतर्फ फर्किएका छन् । इशारा कस्तो आउँछ भनेर कुरिरहेका छन् । जनता विचाराको आँखीभौंभित्र । टिलपिलएका आँशुमा के गर्ने के नगर्ने भनेर दोधारमा परिरहेका छन् ।
आफैले आफैसँग क्रान्ति गरेको दिन पनि बिर्सेका छन् । दल भने आप्mना मूल्य र मान्यताका नैतिक वस्तुलाई त्योगेर केबल सत्ता कब्जा गर्ने षडयन्त्रमा तल्लिन छन् । छिनमा फुटने र छिनमा जुटने शृंखला पनि चलेको छ । ध्यान फुटाउने र ज्टाउनेमा छ । तर, प्रणालीमा नै रुपान्तरण गरेर देशलाई भ्रष्टाचारमुक्त बनाउ भन्ने सोच छैन । भौतिक पक्षका साथै आर्थिक, सांकृतिक र सामाजिक पक्षमा समेत विकास गरौँ भन्ने लक्ष्यबाट भागीरहेका छन् । काण्डैकाण्डमा मुछिएका छन् । आममानिसको चासो भनेको आजका दिनमा राजनीतिक दलको रुपान्तरणमा छ । तर, राजनीतिक दलको नेतृत्वमै संकट छ । आफ्नो भविष्य कता ? भनेर । यी र यीनै परिप्रेक्षमा विशेषगरी ठूला पार्टीका नेताले २०८४ को टिकट लिइसकेका छन् । मुलुक बन्धकीमा पेरेको बेला उनीहरुले काटेको टिकटले गन्तव्य लिन्छ लिँदैन । त्यो त हेर्न बाँकी नै छ । तर, उनीहरुको व्यवहारमा भने रौंँ पनि परिवर्तन आएको छैन । लाग्छ राजनीतिक दल चुकेका छन् । देश बन्छ वा बन्दैन । तर, चौरासीको टिकट भने काटिएको छ ।