बाको पार्टी

0
16

यसपालीको हाम्रो भोट त खेर गएछ । तिमेरका तिरकाले जित्यो ? भनेर सोध्नु भयो– बुवाले । अमिलो हाँसो हाँस्दै मेरो अनुहार नियालेर गर्नुभएको यो प्रश्नले मलाई पनि झस्कायो । यो बुढेसकालमा पनि के विधि चासो लागेको हो, यो राजनीतिको ! हाँसी–हाँसी पचाउने प्रयत्न गर्दै थियो, बुवाको अनुहारले आफ्नो पार्टीको हार । म चुपचाप रहेँ । यतिका वर्ष काम गरेर बसेको पार्टी चासो पनि के नहोस् । गढगढ नेताले त हारे । भुरेटाकुरेको के कुरा । पार्टीको उमेद्वारको पराजयका कारण लागेको चोटमा मलमपट्टी लाउँदै थिए, एकपछि अर्को गर्दै आउने दिनहरूले । तत्काल किन नहोस् जो कोहीको मन दुःखी । कसैले विजय उत्सव मनाउँदै गर्दा । पहाड जस्तो छाती पनि चर्किने क्षण ल्यायो समयले । आलै थियो, चोट ।

दमको रोगी । प्रोस्टेटको पनि औषधी लिँदै हुनुहुन्थ्यो बुवा । फोक्सो र मृगौलाको समस्या पनि थपिएको थियो यसपालीदेखि । बिरामी भएर उपचारको लागि आउनुभएको । डाक्टरलाई देखाएकै भोलिपल्टदेखि घर जाने भन्न थाल्नुभयो । दुई–चार दिन बसेर जाँदा पनि हुन्छ त भनेको माने त के र । अरूबेला त एक–दुई हप्ता, महिना दुई महिना बसेर जानुभन्दा पनि मान्नुहुन्थ्यो, यो पटक त सुन्नै मान्नु भएन । केको फिटफिटी हो यो ? भनेर घोरियौँ पनि हामी एकछिन त । चुनाव पो लागेको रहेछ । विरामी मान्छे नजानु भोट दिन । भोट सोट दिनु पर्दैन, भनेको काँ त्यसो भनेर हुन्छ । नगइ हुन्छ के त जानुपर्छ नि । एक भोटले गर्दा पार्टीले हा¥यो भने के गर्ने ? कति पछुतो हुन्छ । चुनावको दिन कसैको कुरा नसुनि ज्वरो आउँदाआउँदै पनि एउटा सफारी समाएर बिहानै लाग्नु भो मतदान केन्द्रतिर !

९३ वर्षको उमेरमा पनि कत्रो जोश, जाँगर र उत्साह ! त्यसो त अरूबेला पनि पार्टीको भेलामा जसरी–तसरी पुग्नु नै हुन्थ्यो । जे गरेर भए पनि नपुगी नहुने । विचार भन्ने कुरा व्यक्ति मरे पनि नमर्ने भएकै कारण यसको रङ्ग यति गाढा हुँदोरहेछ । काटीकुटी निशा जस्तो । आस्थाको कुरा गर्दैछु म । राजनीति गर्नेलाई त झन् कति विधि हुँदो हो । विरामी मान्छे अलि बढी नै चिन्ता लिनुहुन्छ कि भन्ने लागेर मैले मन बुझाउँने अर्को बाटो देखाइदिँदै भनेँ– पहिले जस्तो छैन अहिले । आफूले भोट दिएका उम्मेदवारले हारे पनि आफ्नो मत समानुपातिकमा गणना हुन्छ किन त्यति विघ्न चिन्ता लिनु प¥यो । यति भनेपछि एकछिन चुप लाग्नुभयो । एकछिन केही सोचे जस्तो गरेर फेरि थप्नुभयो– भन्छस् नि भन्न त हिँजो रातभरि निद्रा लागेन । आँखा झिमिक्कै नपारी उज्यालो भयो । सुतेकै पो छैन म त । जित्छ नै भन्ने थियो । के भो के भो, हार्ने मान्छे त होइन ।

मलाई आश्चर्य लागेको कुरा बुवाको मुखबाट राजनीतिका कुरा किमार्थ सकिएनन् । कमि भएको पनि महशुस गरिन मैले । सधैँ उस्तै जोश, जाँगर र उमङ्ग ! हारे पनि जिते पनि सधैँ उस्तै । कुनै बेला केही निराशा देखिए पनि त्यो चाउरिएको अनुहार विस्तारै भरिँदैभरिँदै आउँथ्यो र हँसिलो, खुशिलो नै देखिन्थ्यो । बरू हामीमा निराशा देखिए हरेश खानु हुँदैन, केटा हो । चुनाव भन्ने कुरा यस्तै हो । हारिन्छ पनि जितिन्छ पनि । हार्नु र जित्नु भएकै कुरा हो । एउटाले नजिति अर्कोले हार्दैन । अर्कोले नहारी अर्कोले जित्दैन । किन हारियो, जित्नलाई । किन जितियो, हार्नलाई । पार्टीका कट्टर मतदाता थियौँ हामी । पार्टीले हार्दा पनि छरछिमेकी पहिले हामीलाई नै हेरेर नाक खुम्च्याउँथे । हाम्रै अनुहार नियाल्थे । जित्दा पनि हाम्रै अनुहारमा हेर्न नसकी उँधो मुन्टो लाउँथे । छ न चाहिँ हामीमा त्यस्तो केही थिएन । आफ्नो पार्टी प्रतिको लगाव मात्र हो । हामीले बुझेको कुरा मतदान भनेको आफ्नो खुसीको कुरा हो । जसले जहाँ दिए पनि तैँले किन त्यहाँ दिइस भन्ने कुरा हुँदैन ।

खै किन हो, ती हामीलाई नै पार्टीको खम्बा ठान्थे । आँखो पनि हामी नै थियौँ । सायद हत्तपत्त नबद्लिने हाम्रो रूप देखेर पनि हो कि यद्यपि आस्थाका कट्टर थियौँ हामी । त्यही भएर पनि हुन सक्छ । त्यही भएर पनि हो कि कहिलेकाहीँ हामीले विपक्षीको कडा स्वर र छेडछाडका बचन पनि सहनुपथ्र्यो । हामीलाई त्यस्ता कुराले खासै केही ख्याँस्दैनथ्यो पनि किनभने हामीले यस्ता कुरालाई पहिलेदेखि नै सहदै, बुझ्दै आयौँ । आफ्नो पार्टीले हार्दा लाग्न त किन नलाग्नु दुःख लाग्थ्यो । सबैलाई उस्तै त हो नि पिर भन्ने कुरा । निराशालाई हामी तत्काल आशामा परिणत गथ्र्यौं । हारजितलाई सहजरूपमा लिने क्षमताको विकास गराउँदै थियो समयले । समय काँ सधँै एकनास हुँदोरहेछ त कसैले नसोचेको कुरा हुन सक्ने गराउने ताकत राख्दोरहेछ त समयले । त्यस्तै भयो सहनुपर्छ हामीले । चुनावको भोलिपल्टसम्म रहेको उल्लास र खुसी पर्सिपल्टदेखि विस्तारै पातलिँदै गयो ।

बुवाको शिरको टोपी पछाडी थियो । जुवाडेको जस्तो आधा कपाल बाहिर । अनुहारमा चिट्चिट् पसिना । दिनभरि घरबाट बाहिर पनि निस्कनु भएन । सधैँ धेरैजसो वल्लाघर, पल्लाघर, तल्लाघर, माथ्लाघर साथीभाइसँग गफिन हिँड्ने बानी । आफ्नो पार्टीले हार्दा पनि आफैँले हारे जस्तो । घरकै मान्छेसँग पनि चुनावको परिणामले सर्माए जस्तो । अनुहार भरि पराजयको पिडा झल्कन्थ्यो । हामीले महशुस ग¥यौँ । यो राजनीतिले पनि मानिसलाई असहीय हुने गरि नै पिरोल्दोरहेछ । त्यसमा पनि चुनावमा हार्दाखेरि अबको पाँच वर्ष भनेको त के हो के हो नि रहिन्छ रहिन्न । फेरि भोट दिन पाइन्छ पाइन्न । को मर्दो को बाँच्दो । भन्न त खेप गयो, जीवन गाको छैन, भनिन्छ । एक खेपको भए पनि जितको खुशी र जितको जोश, जाँगर अनि उमङ्ग त गयो नि अर्काको हातमा । सायद यस्तै कुरा खेले हुन् मनमा । जितको बाजी त अर्कैले मा¥यो । पाँच वर्षलाई पछि परियो । धमिलिएको पानी सङ्लिन त समय लाग्छ आदि÷इत्यादि । यस्तै कुराले गिजोल्यो होला मन । मन सङ्लिन पनि केही समय लाग्छ नै । मन न हो जतिसुकै आदर्शका कुरा गरे पनि हार स्वीकार गर्न त काँ मान्छ र त्यति सजिलै । साँच्चै पार्टीको उम्मेदवारको हार भए पनि आफ्नै हार जस्तो गर्नुभो । बुवाको पीडा पनि हाम्रै पीडा थियो ।

सायद लामो समयसम्म आफू बसेको घर भूकम्पले हल्लाए जस्तो चुनावको नसोचेको परिणामले हल्लायो । त्यसो त देशभरिको परिणामले पनि मन बुझाउँन उति गाह्रो थिएन । सिङ्गो देशको परिणाम त सन्तोषजनकै थियो । समयले काँ सधैँ एकै ठाउँमा उभिइरहन दिँदोरहेछ र । आगलठेगल कहिले तल, कहिले माथि, कहिले वर, कहिले पर । पारिँरहदोरहेछ । पाँच वर्ष पहिलेको खुशी यो पाली रहेन । अन्तको भन्दा पनि आफ्नै आँखा अगाडिको परिदृश्यले खुम्च्यायो सबैको अनुहार । हामी खुम्चियौँ । यति हुँदाहुँदै पनि बुवाको अनुहारमा निराशाको बादल कहिल्यै देखिएन । उहाँ सधैँको आशावादी हुनुहुन्थ्यो । मैले आशावादी हुन पनि उहाँबाटै सिकेँ । जुनसुकै कुराको परिणामले तत्काल रियाक्सन देखिए पनि उहाँको अनुहारमा त्यसको असर लामो समयसम्म रहिरहँदैनथ्यो । यही कुराले मलाई आश्चर्य लाग्थ्यो कि तत्काल उहाँले त्यसलाई शक्तिमा परिणत गरिहाल्नुहुन्थ्यो । मलाई लाग्थ्यो, सायद परिपक्व जीवनको बुझाइ हो यो । हाम्रो अनुहारमा चिन्ता भरिएको देख्नुभयो भने ए केटा हो धेरै पिर गर्नुहुँदैन ।
खेप गयो, त जिन्दगी गाको छैन, भन्नुहुन्थ्यो । ऊर्जा भर्नु हुन्थ्यो । साचो अर्थमा भन्ने हो भने डाँडाको घाम भएका बुढाबुढी मान्छेलाई केको चिन्ता ! चिन्ता त हाम्रो पो हो त । उहाँले हामीलाई विस्तारै ऊर्जा भर्दै ल्याउनुहुन्थ्यो । हामी त्यसबाट पाठ सिक्दै अघि बढ्थ्यौँ । हुनसम्म भो नहार्नु पर्नेथ्यो, हा¥यो भनेर नौ नारी गलेको भए पनि उहाँले विस्तारै त्यसमा आशाका किरणहरू भर्दै ल्याउनु ुन्थ्यो र निराशालाई आशामा परिणत गर्नुहुन्थ्यो । त्यसैले हामी दुःख र झन्झटमा बुवाको अनुहारमा हेथ्र्याैं । त्यहीँबाट ऊर्जा प्राप्त गथ्र्यौं । त्यसले हामीलाई नयाँ पाठ सिकाउँथ्यो । राजनीति मात्र होइन । हरेक कुरामा सिक्न र जान्नका लागि बुवाको अनुहार हामीलाई एउटा खुल्ला किताब जस्तै लाग्थ्यो । केही न केही सिकाइरहने ज्ञानपुञ्ज जस्तो पनि लाग्थ्यो । पढेरभन्दा पनि परेर जानिन्छ भने जस्तो समयलाई पढिरहने बुवाको अनुहार हामीलाई एउटा विश्व–विद्यालय जस्तै लाग्थ्यो । हामी हरेक कुरा पहिलो पटक त्यहीँबाट सिक्थ्यौँ । हरेक कुराको जितहारलाई सहजरूपमा लिन पनि त्यहीँबाट सिक्यौँ । कुनै कुरामा चित्त नबुझे पनि हामी मुटु मिचेर बाको पार्टीमा लागेका थियौँ । पछि जान्दैबुझ्दै लाँदा ठिकै गरिएछ जस्तो लाग्यो । त्यो आफ्नै घर जस्तो भयो । मायामोह आफ्नै घरपरिवारको भन्दा कम भएन ।

भोट दिएकै हो, के गर्नु त हा¥यो । नहार्ने मान्छेले हा¥यो । के कुतौली प¥यो । ती हाम्रा मत पत्रहरू अब कुन खोलामा बग्ने हुन् कि कुन जङ्गलमा लगेर डढाइने हो । ती हाम्रा वा पार्टीका मत पत्रहरू । अडरपछि मकै पोलेर बेच्ने एक महिलाले पोलेको मकै मत पत्रले बेरेर हातमा राखिदिइन् । यसो खोलेर हेरेको सबैभन्दा पहिले त आफ्नै पार्टीको चुनाव चिन्हमा आँखा पुगिहाले । उस्तै छ मत पत्र । म त झण्डै झुक्किएको नमूना मत पत्र रहेछ । बिटो पोलेका मकैको छेउमा लडिरहेको थियो । बुवाले गोजीमा हालेर ल्याउनु भएको रहेछ त्यो मत पत्र, खोलेर हामीलाई देखाउनुभयो । आफ्नो पार्टीको चुनाव चिन्हलाई हेर्दै हातले सुम्सुम्याउनु भयो । हामीले दृढसङ्कल्प ग¥यौँ । म मरे पनि यो पार्टी छोडेर अर्को पार्टीमा नजानु है –बुवाले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here