बैदेशिक रोजगारीको पिडा : त्रिपालले बेरीएको बाकसमा फर्किंदा पनि ऋणको भारी

0
39

योगेन्द्र योगी
बिराटनगर,

सम्पत्ती कमाएर ल्याउने सपनामा बोकेर बिदेसिएका सम्पत्ती कमाएर ल्याउने सपनामा बोकेर बिदेसिएका गौरी कुमारी बराल शव त्रिपालले बेरीएको बाकसमा आउँदा परिवार शोकमा डुबेको छ।

धन कमाएर परिवारलाई सुख शयलकासाथ पाल्ने सपनामा लिएर गत २०२२ डिसेम्बरमा रोजगारीको लागि माल्टा पुगेकी महोत्तरीको बर्दिबासकी बरालको ५ जनवरीमा सडक दुर्घटनामा गाडीको ठक्करबाट गम्भीर घाइते भई त्यहाँको एक अस्पतालको आईसीयुमा उपचाररत रहेको अवस्थामा मृत्यु भएको थियो ।

मृतकको शव नेपाली पठाउन आर्थिक अभाव भएपछि गैरआवासीय नेपाली संघ(एनआरएनए) आर्थिक सहयोग संकलन अभियान संचालन गरेर शव नेपाल पठाएको छ ।

एनआरएनए माल्टाले एक बिज्ञप्ती जारी गर्दै स्वर्गीय गौरी कुमारी बराल को पार्थिव शरीर बिहिबार नेपाल पठाइएको जनाउदै यो दुःखद घडीमा, उनको परिवार र आफन्तजनहरूसँग हाम्रो गहिरो समवेदना व्यक्त गर्दछौं भनेको छ। घर परिवारलाई सुख सुविधा दिने कमाउन गएकी उनी बाकसमा फर्किदा परिवारमा सन्नाटा छाएको छ।

उनी त एक प्रतिनिधि पत्र मात्र हुन् । हरेक दिन विदेश एक न एक नेपालीको मृत्यु हुने गरेको छ । अनेक सपना बोकेर दिनहुँ सयौँ नेपाली विदेशिने गरेका छन्। कतिको सपना आंशिक वा पूर्णरूपमा पूरा पनि हुन्छ। तर कतिका सपना रातो बाकसमै बन्द भएर फिर्ता हुन्छन्। युवाले विदेशमा कमाएर पठाएको विप्रेषणले देशको झन्डै एकतिहाइ अर्थतन्त्र धानेको छ ।

तर, कमाउन गएका युवाशक्ति विदेशमा कामकै क्रममा विभिन्न कारणले मृत्यु भएर बन्द बाकसमा फर्किंदा देश, समाज, उनीहरूका आफन्तमा भएको क्षतिबारे खै मूल्याङ्कन ? धन कमाएर परिवारलाई खुसी दिने आसमा परदेसिएका धेरै नेपाली परिबन्धमा परी विदेशी भूमिमै मृत्युवरण गर्न बाध्य छन् ।

धन कमाउन विदेशमा जहाजमा उडेका धेरै नेपाली यसरी नै बाकसमा फर्कने गरेका छन् । गाउँघरमा ऋण खोजी, भएका जग्गा धितो राखेर विदेश पुगेका नेपाली यसरी शव का रुपमा विदेशबाट फर्कने वातावरण रोक्नका लागी सरकारले पनि अब नयाँ कदम चाल्नु पर्छ । विदेशमा ज्यान गुमाउने नेपालीहरूको सङ्ख्या दिनानुदिन बढ्दो छ ।

अवैध बाटो हुँदै खाडीका विभिन्न मुलुकमा पुग्ने कामदारसँग श्रम स्वीकृति भने हुँदैन । त्यहाँ मृत्यु वा बिरामी परेको खण्डमा त्यहाँ रहेका सम्बन्धित नेपाली दूतावासले पनि शव नेपाल पठाउन लाग्ने खर्च नबेहोर्ने हुँदा धेरैको शव अलपत्र पर्ने गरेको छ ।

कतिको शव स्वदेश फर्काउन आर्थिक अभाव हुँदा विदेशमै अन्तिम संस्कार गर्ने गरिएको छ । पछिल्लो समय बिदेशमा मृत्यु भएर शव अलपत्र परेपछि एनआरएनएहरूले खर्चको जोहो गरेर शव नेपाल पठाउदै आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here