जर्मन बुन्डेस्लिगाको उपाधि बायर्न म्युनिखलाई

३ असार २०७७, बुधबार मा प्रकाशित

काठमाण्डाै,

बायर्न म्युनिखले लगातार आठौं पटक बुन्डेस्लिगा फुटबलको उपाधि जितेको छ ।

बायर्नले दुई खेल बाँकी छँदै लिगको उपाधि जितेको हो । मगलबार राति भएको खेलमा वेर्डर ब्रेमेनलाई १–० ले हराउँदै बायर्नले दुई खेल अगावै लिगको उपाधि जितेको हो ।

खेलको ४३ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई महत्वपूर्ण तीन अंक दिलाएका हुन् । योसँगै लेवान्डोस्कीकाे लिगमा गाेलसङ्ख्या ३१ पुगेकाे छ ।

लिगमा ७ अंकको अग्रता रहेको बायर्नलाई उपाधि जित्न एक खेलमा जित आवश्यक थियो । ७६ अंकसहित शीर्ष स्थानमा रहेकाे बायर्नले तीन खेल खेल्न बाँकी रहेको बोरुसिया डर्टमण्डसँग १० अंकको अग्रता कायम गरेको छ ।

दोस्रो स्थानको डर्टमण्डको ६६ अंक छ । ब्रेमेन २८ अंक सहित रेलिगेशन जोनमा रहेको छ ।-उज्यालो अनलाइनबाट

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here