सरिता गिरीको सांसद पद गयो

२३ असार २०७७, मंगलवार मा प्रकाशित

झापा ।

समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निस्कासन गरेको छ । यससँगै गिरी सांसद पदबाट पदमुक्त भएकी छन् ।

गिरीले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा र निशान छापसम्बन्धी संविधान संशोधन विधेयक नै खारेज हुनुपर्ने भन्दै संशोधन दर्ता गराएकी थिइन् । विधेयक दर्ता गराएपछि चौतर्फी आलोचना भएपछि पार्टीले उनको गतिविधिबारे छानविन गर्न महासचिव रामसहायप्रसाद यादवको नेतत्वमा तीन सदस्यीय कार्यदल बनाएको थियो ।

त्यसैअनुसार कारवाहीको निर्णय भएको समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए । पार्टीले उनले नेपालको संविधानको दोस्रो संशोधन संसदीय दलका निर्देशन विना नै संशोधन हालेको ठहर गरेको छ ।

सांसद गिरीले संसद सचिवालयमा दर्ता गराएको विधेयकमा संशोधनको सूचनामा स्रोत र प्रमाण नखुलेको भन्दै विधेयकको दफा २ हटाउन भनिएको थियो । दफा २ मा नेपालको नयाँ नक्सा बमोजिमको अनुसूची संशोधन गर्नेगरी सरकारले विधेयक पास गरेको छ ।

उनले भारतलाई नसोधी नक्सा प्रकाशन गर्न नपाइने बताएकी थिइन् । उनले कालापानीमा ६० बर्षदेखि भारतीय सेना बसिरहेको बताउदै नेपाल, भारत र चीनबीचको सीमा निश्चित हुनुपर्ने बताइरहेकी छिन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here