करेन्ट लागेर एक जनाको मृत्यु

२७ श्रावण २०७७, मंगलवार मा प्रकाशित

झापा ।

इलामको साक्फारा घर भई झापाको दमक नगरपालिका–१ मा डेरा गरी बस्ने २८ बर्षीय रोशन तामाङको करेन्ट लागेर मृत्यु भएको छ ।

सोमवार राती ९ बजे घर नजिकै रहेको खेतमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लागेर घाईते भएका तामाङलाई उपचारको लागि एडभान्स अस्पताल दमक लगिएकोमा उपचारको क्रममा राती १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here