नेपाल निजामति कर्मचारी संगठन निवर्तमान केन्द्रीय अध्यक्ष मोहनकुमार घिमिरे भन्छन्-: आधिकारिक ट्रेडयूनियनको निर्वाचन बेमौसमी बाजा

२ आश्विन २०७७, शुक्रबार मा प्रकाशित

 

नेपाल निजामति कर्मचारी संगठन निवर्तमान केन्द्रीय अध्यक्ष मोहनकुमार घिमिरेले कोरोना महामारीका बीचमा कर्मचारी कर्मचारीको निर्वाचन गर्न नहुने बताएका छन् । उनले पूर्बाञ्चल दैनिकसंग कुराकानी गर्दै यस्तो बताएका हुन् । कोरोना महामारीमा ट्रेड युनियनको औचित्य नै छैन निर्वतमान अध्यक्ष घिमिरेले भने कोभिड– १९ को यस माहामारीमा कर्मचारीको चुनाव लोक हसाउने मेलो मात्रै हो । सेवा प्रवाहको क्रममा राष्ट्रसेवकले ज्यानै गुमाउनु परेको अबस्था छ यस बेला श्रद्धाञ्जलि र समवेदना दिने बेला हो चुनाव गर्ने बेला होइन । चुनाव कोभिड १९ सामान्य भएपछि गर्नु पर्छ ।


मोहनकुमार घिमिरे – निवर्तमान केन्द्रीय अध्यक्ष, नेपाल निजामति कर्मचारी संगठन

–के गर्दै हुनुहुन्छ आजकाल ?

सरकारले आधिकारीक ट्रेड युनियनको निर्वाचन मिति घोषण गरिसकेकोले जिल्ला ÷ जिल्लामा साथीहरुको सम्र्पकमा छु । हाम्रो मतको विश्लेषण गर्दैछु ।

–यो चुनाव हुन्छ ?

आवस्यक हो तर अहिले तोकिएको विधि, पद्घति, अवस्था र मितिमा आधिकारिक ट्रेड युनियनको निर्वाचन हुनुहुँदैन । हुँदैन।

–यदि भयो भने के हुन्छ ?

यस्तो अवस्थामा चुनाव भयो भने दुर्घटना हुनसक्छ ।

–अब के गर्ने त ?

–छलफल, बहस, आन्तरिक संगठन निर्माण, गुनासो सम्बोधन, संगठनभित्र एकता, संगठन एकीकरण कार्य गर्ने ।

अहिले आवश्यकता चुनाव हो ?

तत्काललाई राज्यको पनि होइन हाम्रो पनि होइन । यो हुनु हुँदैन ।

–कहिले गर्ने त चुनाव कि गर्दै नगर्ने ?

चुनाव नगरी ट्रेड युनियन व्यबस्थापन हँुदैन तसर्थ चुनाव आवश्यक छ तर यो समयमा होइन । यो जनताका गुनासबको सम्बोधन गर्ने बेला हो । १९ को यस माहामारीमा कर्मचारीको चुनाव लोक हसाउने मेलो मात्रै हो । सेवा प्रवाहको क्रममा राष्ट्रसेवकले ज्यानै गुमाउनु परेको अबस्था छ यस बेला श्रद्धाञ्जलि र समवेदना दिने बेला हो चुनाव गर्ने बेला होइन । चुनाव कोभिड १९ सामान्य भएपछि गर्नु पर्छ ।

संघीय निजामती सेवा ऐन ÷ प्रदेश ऐन ÷ स्थानीय ऐन प्राप्त गरि सबै कर्मचारीको बृत्ती बिकास सुनिस्चित भएपछि । कर्मचारी समायोजनमा कर्मचारी गुनासो सम्बोधन भएपछि, आधिकारिक ट्रेड युनियन निर्वाचनमा मतदान र पद्घतिमा सहमति भएपछि, समायोजनमा ट्रेड युनियनले आम कर्मचारीको सामुहिक हितमा भुमिका खेल्न नसकी ब्यतिmगत स्वार्थमा लिप्त रहेका कारण गुमाउन पुगेको शाख र नैराश्यतालाई चिर्ने वातावरण तयार भएपछि, सहकार्य गर्न सकिने र बिचार मिल्ने ट्रेड युनियनसंग कार्यगत एकता सम्पन्न भएपछि तथा आधिकारीक ट्रेड युनियनको अवधिमा थप गर्न मिल्ने अवधि भित्र चुनाव गर्ने ।

चुनाव पछिको नेतृत्व के हो ?

हो हिजो जुन ढंगले हामीले नेतृत्व छनौट गर्यौ त्यसको । समिक्षा हुनुपर्यो उसले सम्बोधन गरेका कार्यभारको मुल्याकन गरिनु पर्यो । सीबीए निर्वाचन पछिको नेतृत्व अगाडि नसारी चुनाव हुनुको कुनै अर्थ देखिदैन ।

–अब के गर्ने त ?

–चुनावलाई केही समय सार्न खबरदारी र दवाब सृजना गर्दै संगठन भित्र र बाहिरको एकमाना एकता कायम गर्ने । आधिकारिक ट्रेड निर्वाचनमा संगठनलाई सर्बोकृष्ट बनाउन थप कृयाशील रहने ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here