हल्दीबारीका सयौं युवा नेकपामा प्रवेश

८ आश्विन २०७७, बिहीबार मा प्रकाशित

झापा ।

हल्दीबारीमा नेपाली काँग्रेस र राप्रपा परित्याग गरि करिव तीन सय जना युवाहरु नेकपामा प्रवेश गरेका छन् ।

नेकपामा प्रवेश गर्नेहरुमा हल्दीबारी–४ निबासी कबड्डीका राष्ट्रिय खेलाडी अमृत मेचे सहित १०० जना, हल्दीबारी–२ का कबड्डीकै राष्ट्रिय खेलाडी खड्ग राजवंशी सहित १०० जना, हल्दीबारी–४ का फुटबल खेलाडी सन्तोष मादेन सहित ५० जना र हल्दीबारी–३ का सामाजिक अभियान्ता अभिषेक खतिवडा र बिजय मेचे सहित ५० जना युवाहरु आज औपचारिक रुपमा नेकपामा प्रवेश गरेका छन् ।

नवप्रवेशीहरुलाई नेकपा झापा जिल्ला कमिटी सदस्य एवंम् क्षेत्र न–३ (ख) का सचिव नरेस चुडाल, नेकपा हल्दीबारी इन्चार्ज धर्म शिवाकोटी, जिल्ला कमिटी सदस्य एवंम् हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरी, जिल्ला सल्लाहकार सदस्य एवंम् तत्कालीन हल्दीबारी गाविस अध्यक्ष मोहनचन्द्र रेग्मी लगायतले टीका र खदा लगाएर पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै नेकपा झापाका सदस्य एवंम् हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष गिरीले नेपाल कम्युनिस्ट पार्टी कस्तो पार्टी हो भन्ने कुरा अहिले हल्दीबारीमा भइरहेका विकासका कामहरुले प्रष्ट पार्ने बताए । उनले हल्दीबारीमा नेकपाको अगुवाइमा भइरहेका विकासका गतिविधिबाट तर्सिएर काँग्रस र राप्रपा कुप्रचारमा उत्रिएको गुनासो गरे । नेकपाले सबै युवाहरुलाई योग्यतामा र क्षमताको आधारमा व्यवस्थापन गर्ने उनले बताए ।

नेकपा हल्दीबारी–३ का इन्चार्ज विष्णुप्रसाद ओलीको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन नेकपा झापा जिल्ला प्रचार तथा प्रकाशन विभागका सदस्य सागर पोर्तेलले गरेका थिए भने नेकपा हल्दीबारीका कार्यालय सदस्य महेशलाल मेचेले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here