समाजमा जोसँग बढी शक्ति हुन्छ, उसले नै हिंसा गर्छ र जोसँग शक्ति हुँदैन उसले हिंसा सहन्छ

१० मंसिर २०७७, बुधबार मा प्रकाशित

सन्दर्भः लैगिकहिंसा विरुद्धको १६ दिने अभियान

 

लक्ष्मी उप्रेती,

आज नोभेम्बर २५ तारीख । अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस । आजबाट लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । यसवर्षको नारा लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्घता, व्यक्ति ,समाज र सवैको ऐक्यवद्घता, भन्ने रहेको छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको १६ दिनलाई महिलामाथि हुने हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्वभर मनाइने गरिएको छ । सन् १९६० मा क्यारेबियन मुलुक डोमिनिकन गणतन्त्रका एउटै परिवारका राजनीतिक कार्यकर्ता तीन दिदीबहिनीको त्यहाँको सरकारले हत्या गरेको सन्दर्भसंग यो अभियान जोडिएको जानकारहरु बताउँछन् ।

सन् १९९९ मा डोमिनिकन गणराज्य तथा अन्य ७४ वटा सदस्य राष्ट्रले नोभेम्बर २५ लाई महिलामाथि हुने हिंसाविरुद्घको दिवसको रुपमा मनाउन राखेको प्रस्तावलाई राष्ट्र संघले स्वीकार गदैं डिसेम्बर १७ मा पारित भएको थियो । नेपालमा पनि २०५४ सालदेखि लैङ्गिक हिंसाविरुद्ध विविध सचेतनामूलक कार्यक्रम गरी अभियान मनाउन सुरु गरिएको हो ।

तीन दिदी बहिनीको हत्याविरुद्ध अन्तर्राष्ट्रिय ऐक्यबद्धतास्वरूप यो दिवस विश्वभर मनाइने गरिएको छ । सातै प्रदेश, ७७ जिल्ला समन्वय समिति, ७५३ स्थानीय तह, सबै वडा र विभिन्न सङ्घसंस्थालाई आह्वान गरिएको छ । महिलामाथि हुने हिंसाविरुद्ध सबै पक्षको सहयोग र सहभागिता आवश्यक रहेको स्पष्ट गर्दै सरकारले गरेको आह्वानलाई सबै पक्षले इमान्दारीका साथ कार्यान्वयन गरी विद्यमान अवस्थामा परिवर्तन गर्न योगदान दिन सक्छन् । हरेक वर्ष यो अभियान सञ्चालन गरिए पनि विश्वमै महिलामाथि हुने हिंसाका ग्राफ कहाली लाग्दो छ । नेपालमै पनि हेर्ने हो भने महिलामाथि हुने यस्ता घटना प्रश्स्तै छन् ।

सामान्यरुपमा हामीले महिला हिंसा यौन शोषण हो भनेर बुझ्ने गरिएको भएपनि सार्वजनिक वा निजी जीवनमा, लैङ्गिक आधारमा कसैप्रति शारीरिक, यौनजन्य, वा मानसिक क्षति वा पीडा पुर्याउने कार्य पनि लैङ्गिक हिंसा हो । यौन शोषण मात्र नभएर महिलाविरुद्ध हुने सामाजिक, सांस्कृतिक, शारिरीक, आर्थिक, यौनजन्य, राजनीतिक, मानसिकलगायतका विविध विभेद नै समग्रमा लैङ्गिक हिंसा ठहर्ने एक अध्ययनले देखाएको छ ।

महिलाहरूलाई उनीहरूको अधिकार र स्वतन्त्रताको उपयोगबाट वञ्चित गर्नु पनि महिला हिंसा हो भने सामाजिकीकरण, न्याय व्यवस्था र सामाजिक संरचना महिला हिंसाको प्रमुख कारण भएको जानकारहरु बताउँछन् । अझ महिला विरुद्घको हिंसा नितान्तरुपमा मानव अधिकारको हनन हो भनेर बुझ्न पनि सकिन्छ । नेपालको संविधानले व्यवस्था गरे अनुसारको समावेशीकरणले नेपाली महिलालाई राष्ट्रका सम्मानित, मर्यादित र निर्णायक तहको जिम्मेवारीमा त पु¥यायो तर उनीहरुमाथि हुने हिंसा भने अझै कम भएका छैन्् । कानुन व्यवसायी अधिवक्ता कविता वास्तोला शर्माको भनाई सापटी लिने हो भने हाम्रो समाजमा जोसँग बढी शक्ति हुन्छ, उसले नै हिंसा गर्छ र जोसँग शक्ति हुँदैन उसले हिंसा सहने गर्छ ।

अन्य देशको तुलनामा नेपालका महिला कुनै न कुनै विषयामा घरेलु हिंसामा बढी पीडित बन्ने गरेका छन् । महिला अधिकारका क्षेत्रमा क्रियाशील संघ संस्थाले जारी गरेको प्रतिबेदनमा नेपालमा मात्र ८० प्रतिशत महिला घरेलु हिंसाका शिकार भएका छन् । भारत , श्रीलंका जापानगरी विश्वका ८० वटा भन्दा बढी मुलुकमा घरेलु हिंसा विरुद्घको छुट्टै विशेष कानुन बनेको छ । तर नेपालमा कानुन बने पनि मजबुतरुपमा कार्यन्वयन नहुँदा यस्ता घटना बढिरहन्छन् । कानुन कार्यन्वयनको पक्ष कमजोर र फितलो हुदा यो समस्या ज्यूँका त्यू छ । यस कारण कानुन बनाएर मात्र हुदैन यसको कार्यन्वयनपक्ष बलियो हुनुपर्छ अनि कानुनसंगै जनचेतना पनि फैलाउन आवश्यक छ ।

नेपालको संविधानले महिलालाई सुरक्षित मातृŒव र प्रजनन स्वास्थ्यसम्बन्धी हक प्रदान गरेको छ । महिलाविरुद्व धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिए कानुनबमोजिम दण्डनीय हुने संवैधानिक व्यवस्था र विभिन्न कानुनले महिलालाई सुरक्षित गरेको छ तर व्यवहारमा अहिले पनि महिलामाथि घरेलुदेखि सामाजिक रूपमा हिंसा भइरहेका घटना सार्वजनिक भएका छन् ।

घरेलु हिंसा सम्बन्धि ऐनमा घरेलु हिंसा भएमा स्थानीय तह, महिला आयोग, प्रहरी कार्यालय र सोझै अदालत गरी चार ठाउँमा उजुरी गर्न पाउने व्यवस्था छ तर, त्यहासम्म पनि अहिले महिला खुलरै पुग्ने अवस्था छैन् । लोग्नेले कुटपिट वा हिंसा गर्याे भनेर प्रहरीमा उजुरी गर्न जाने महिलाले बाटो खर्च त्यही लोग्नेको गोजीबाट झिक्नुपर्ने बाध्यताको जव सम्म अन्त्य हुदैन् तव सम्म हिंसाका घटना बढिरहन्छन् । लैङ्कि हिंसाका मुद्घाहरुमा मनौताको संस्कृतिकलाई तोड्न जरुरी छ । वा अहिले पनि यस्ता घटनाहरुमा उजुरी नगर्ने प्रवृत्ति छ त्यसलाई कसरी तोड्ने त्यसतर्फ क्रियाशील संघ संस्थाको कानमा बतास चल्नुपर्दछ ।

महिला विरुद्घ हुने हिंसा सम्बन्धि कानुनहरुमा मुलुकी अपराध संहिता करणी सम्बन्धी कसुर, मुलुकी अपराध संहिता यौन दुव्र्यव्वहार सम्बन्धी कसुर, मुलुकी अपराध संहिता हाडनाता करणी सम्बन्धी कसुर, मुलुकी अपराध संहिता विवाह सम्बन्धी कसुर, मानव बेचबिखन तथा ओसार पासर नियन्त्रण ऐन, सार्वजनिक अपराध तथा सजाय ऐन, प्रमाण ऐन, मुलुकी अपराध संहिता गाली वेइज्जती सम्बन्धी कसुर, मुलुकी अपराध संहिता कुटपिट वा अंगभंग सम्बन्धि कसुर, सरकारी मुद्घासम्बन्धि ऐन, घरेल हिंसा नियन्त्रण र सजाय सम्बन्धि ऐन, विद्युतिय कारोवार, बोक्सीको आरोप कसुर र सजाय ऐन, कार्यस्थालमा हुने यौनजन्य दुव्र्यवहार ऐन यस्ता थुप्रै छन यी कानुन प्रभावकारीरुपमा कार्यान्वयन हुने हो भने पनि पनि हिंसाका घटना केहिहदसम्म कम हुन्छन् ।

२०६२÷२०६३ पछि सघीयता, समावेशिता, गणतन्त्र जस्ता केही महत्वपूर्ण पक्षमा परिमार्जन त भयो । तर यी परिमार्जनले समाजमा महिलामाथि हुने हिंसाका घटना कम गर्न वा न्यूनिकरण गर्नका लागि जे जस्तो भूमिका निर्वाह गर्नुपर्ने हो शायक त्यो पुरा पनि भएको छैन् । आधा आकाश मानिने नारीको ठूलो हिस्सा पुरुषको कारण थिचोमिचो र उत्पीडन सहन बाध्य छ भने एकातिर वहस चलिरहदा अर्कातर्फ यो मुलुकमा महिला पनि पुरुषमाथि हिंसा गर्नमा कम छैनन् भन्ने तर्क छ ।

एकतातिर हरेक क्षेत्रमा महिलाहरूको समान पहुँचको अधिकार र विवाहित महिलाको पनि पैत्रिक सम्पत्तिमा अधिकारको सुनिश्चितता नभएसम्म महिला विरूद्धको हिंसा मुक्त समाजको कल्पना गर्न सकिन्दैन पनि भन्ने अर्कातर्फ नेपालमा महिला हिंसा सम्बन्धमा थुप्रै नियम कानुनहरू बनेका छन् । कुनै कार्यान्वयन भएर लागू भएका छन् भने कुनै कार्यान्वयन हुनै बाँकी छ । महिला हिंसा रोक्नलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बहसहरू चलाइएका छन् । सरकारले पनि महिला विकासको लागि ठूलै रकम छुट्याउँदै आएको छ । तैपनि महिला विरुद्ध हुने हिंसा दिनप्रतिदिन बढ्दो क्रममा छन् ।

वषौंवर्षसम्म श्रीमान विदेशमा घामपानी जाडो गर्मी नभनि आफ्ना परिवार सम्झेर कमाउने यता श्रीमती श्रीमानले त्यसरी कमाएको सम्पति लिएर अर्के संग हिड्ने घटना पनि हाम्रो समाजमा बाक्लै छन् । उता श्रीमान परदेशमा भएका बखत स साना बालबच्चा हुर्काएर जेनतेन गुजरा चलाउदैं आएपनि नेपाली समाजमा भारतबाट फर्केका पतिले उपहारका रुपमा ल्याइदिएको एचआइभी एड्स संक्रमित स्वीकार्ने हजारौं श्रीमती पनि नभएका पनि होइनन् ।

श्रीमानले विदेशमा कमाएको सम्पति लिएर टाप कस्ने महिला अनि श्रीमतीलाई उपहारका रुपमा एचआइभी एड्स संक्रमित लिएर आउने श्रीमान यी दुवै सचेत नहुँने र यिनीहरुमा चेतना नआए कानुन र दिवसको कुनै अर्थ रहदैन् । भनिन्छ बालबालिका तथा महिलाको पहिलो सुरक्षित स्थान घर र बिद्यालय हो । तर, पछिल्लो पटक उनीहरुका लागि घर र बिद्यालयनै असुक्षित स्थान बन्दैं आएका छन् ।

यतिखेर सपाङ् महिलामात्र होईन अपाङ् र सुस्त अनि शारीरिक र मानसिक रुपमा अशक्त महिलामाथि समेत यौन हिंसाका घटना दैनिक बढिरहेको छ । सामुहिक प्रयासबाट महिला तथा बालबालिका हिंसा कम हुने धारणा महिला अधिकारकाक्षेत्रमा काम गर्दे आएका अगुवाहरुको छ । यसका लागि एकल प्रयास नभई संयुक्तरुपमा कार्यक्रम लैजानुपर्छ । समाजलाई चलायमान बनाउर्दै लैङ्गिकहिंसामा परेका महिलाहरुलाई उचित राहतको व्यबस्था तथा राहत व्यबस्थापन गरे यस्ता घटनमा कम हुदैं जाने तर्क महिलाअधिकारकर्मीहरुको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here