सुन दिने शर्तमा मिलापत्र भएको बलात्कार घटना नपाएपछि बाहिरियो

0
733

धनगढी,

बैतडीको सिगास गाउँपालिका-३ ठूलसैनमा १८ वर्षीया किशोरीमाथि भएको भनिएको बलात्कार घटनाले नाटकीय मोड लिएको छ।

गत असारमा गाउँकै एक युवकले ती १८ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोप लागेको थियो। किशोरीले आफूलाई बलात्कार गरेको आरोप लगाएपछि एक तोला सुन दिने शर्तमा सो घटना गाउँमै लुकाइएको थियो।

तर, तोकिएको म्याद अर्थात कार्तिक मसान्तसम्म ती युवकका परिवारले सुन उपलब्ध नगराएपछि अहिले सो घटना बाहिरिएको छ। सो घटना गाउँमै साम्य पार्न तयार गरिएको कागज समेत सार्वजनिक भएको छ।

असार तेस्रो सातातिर आफू पानी लिन गएका बेला ज्यान मार्ने धम्की दिएर जबरजस्ती गरेको १८ वर्षीया ती किशोरीले बताएकी छिन्‌। लगत्तै गाउँका भद्र-भलादमी बसेर घटना मिलाएको, युवकका आफन्त मनोज धामी र अमर धामीले एक तोला सुन दिन मिलापत्र गरेको, तर अहिले आफू र आफ्ना परिवारलाई ज्यान मार्ने धम्की दिने गरेको ती किशोरीको भनाइ छ।-थाहाखबरबाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here