५० जना बालबालिकालाई टोपी

२८ पुष २०७७, मंगलवार मा प्रकाशित

गौरीगञ्ज ।

गौरीगञ्ज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीका युवा व्यवसायी केशव ढुङ्गाना र रक्षा ढुङ्गानाले आफ्नी छोरी प्रगतिको जन्मोत्सवको अवसरमा ५० जना बालबालिकालाई न्यानो टोपी प्रदान गरेका छन् ।

युवा समाजसेवी ढुङ्गाना दम्पत्तिले गौरीगञ्ज–६ खजुरगाछीका संथाल, मुसहर र महतो परिवारका बालबालिकालाई न्यानो टोपी वितरण गरेका हुन् ।

चिसोयाममा बालबालिकाहरू बढी प्रभावित हुने भएकोले विपन्न परिवारल बालबालिकालाई सानो सहयोग गरेको युवा व्यवसायी ढुङ्गानाले बताए । ढुङ्गाना दम्पत्ति हाल चीनको गुन्जाओ सहरमा आठ वर्षदेखि बसोबास गर्दै आएका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here