कामतापुरी लिवरेशनको गतिविधि सीमा क्षेत्रमा वढ्यो

0
456

बिर्तामोड,माघ २० । भारत पश्चिम वंगाल राज्यको उत्तरी भेगमा कामतापुरी लिवरेशन अर्गनाइजेशन (केएलओ ) ले नेपालको सीमावर्ती क्षेत्रमा पनि आफ्नो गतिविधि बढाएको छ ।
भूमिगत रुपमा रहेको सो संगठनका डिप्टी कमान्डर इन चिफ नारायण राय भनिने तरुण थापा र महा सचिव प्रदीप रायले सो कुराको खुलासा गरेको सिलगढीवाट प्रकाशित सिलगढी जागरणले उल्लेख गरेको हो । प्रतिनिधित्व के एल ओ का थापा र राय यतिवेला भारतीय प्रहरीको हिरमसतमा छन र उनीहरुले प्रहरी समक्ष त्यस्तो खुलासा गरेका हुन ।
भारत जलपाइगुडीमा भएको विष्पोटको घटनामा पक्राउ परेका उनीहरुले तीन वर्ष देखि सीमावर्ती नेपालमा समेत गतिविधि वढाएको जनाएका छन । सो संगठनले सीमावर्ती क्षेत्रमा भएको तस्करीवाट आर्थिक लाभ लिने गरेको समेत उनीहरुले वताएका छन । खुल्ला सीमानाका काराणआतंकवादी गतिविधि संचालन गर्न सजिलो भएको वताउदै उनीहरुले नेपालमा माओवादीलाई समेत सघाएको प्रहरीलाई वताएका छन ।
सिलगढीमा आतंकवादी संगठन केएलओ को गतिविधिलाई समाप्त पार्न स्पेशल अपरेशन ग्रुप खडा गरेको छ र त्यसै अनुसार आफ्नो सक्रियता वढाएको भारतीय संचारमाध्यममले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here