सरस्वती माया दृष्टा विणा पुस्तक धारणी
हंस वाहन समयुक्तम् विद्या दानम् करो तुमे ।
प्रत्येक माघ शुक्ल पञ्चमीलाई श्री पञ्चमी वा वसन्त पञ्चमी पनि भन्ने गरिन्छ । यस दिन विद्याकी अधिधाष्ट्री सरस्वती माताको जन्म दिन मानिन्छ । यस दिनलाई महान साइतको दिन मानिने परम्परा रहेको हुनाले यस दिन जुनसुकै कामको थालनी गर्नु शुभ साइत मानिनछ । परदेश हिड्ने, नयाँ घर, भवनको शिलान्यास गर्ने, साना बालबालिकाहरुलाई अक्षारम्भ गर्ने, विवाह गर्ने, नयाँ घरमा भित्रिने जस्ता जुनसुकै शुभ कार्य यस दिनमा गरिन्छ । यस दिनदेखि सूर्य उत्तरायन हुने र वर्षा शुरु भएको मानिने चलन पनि छ । नेपालका धेरैजसो विद्यालयहरु यसै दिनको आसपासमा खुलेका पाइन्छन् । यस दिन जोसुकै व्यक्तिले पनि नुहाउने, आफ्नो घरमा सरस्वतीको फोटा र पुस्तकमा पूजा गर्ने, आफूले अध्ययन गरेको विद््यालय वा सरस्वतिको मन्दिरमा गएर पूजाआज गर्ने प्रचलन छ ।
नुहाइधुवाइ गर्नु भनेको शरीर सफा गर्नु हो भने माताका अगाडि रहेर प्रार्थना गर्नु भनेको केही मेहनत र परिश्रम गर्ने अठोट गर्नु हो । हो वास्तवमा तिनै व्यक्तिहरु सफल भएका उदाहरणहरु पाइन्छन् जो व्यक्ति दृढ अठोटकासाथ आफ्नो उद्धेश्यमा लागिपरिरहेका हुन्छन् । हामी हामीले नै चिनेका केही व्यक्तिहरुलाई यसको उदाहरण स्वरुप निम्नानुसार पेश गर्न सक्तछौं ।
हामी धेरैले सुनेको र केहीले प्रत्यक्ष देखेको नाम हो झमक कुमारी घिमिरे । घिमिरे शारीरिक अवस्थामा अरु सर्व साधरण जस्तै नभएर फरक क्षमता राख्ने व्यक्ति हुनुहुन्छ ,। वाहाँका हातहरु चल्दैनन् । मुख चल्दैन । केवल खुट्टाले लेखेका भरमा वाहाँ आज विशिष्ट नेपाली साहित्यकारहरुमा परिचित हुनुहुँछ भने विश्व साहित्यमा गहिरो परिचय पस्किन शुरु गर्नु भएको ठान्निछ । यो पङ्तिकार २०५८ सालमा धनकुटा जिल्लाको जिल्ला शिक्षा अधिकारीको पदमा कार्यरत रहँदा वाहाँकै घर धनकुटाको कचिंडेमा केही साथीहरु सहित पुगेर आफ्नो परिचय सहित अभिवादन गरेपछि वाहाँले सुतिरहेको खाटबाट घस्रिंदै सरेर खाट छेउको भित्ते ¥याकबाट खुट्टाको सहायताले कापी र डटपेन झिकेर म तपाईंलाई चिन्दछु भनेर लेख्नु भयो । अर्थात म त्यहाँ पुगेर कतिपय सार्वजनिक कार्यक्रममा सहभागी भएपछि स्थानीय एफ.एम. ले बोलेको, पत्र पत्रिकामा लेखेको पढिसक्नु भएको रहेछ । वाहाँका कोठामा थुप्रै पुस्तकहरु र पत्रपत्रिकाहरुको बाक्लो उपस्थिति देखिन्थ्यो । कुरै कुरामा मैले वाहाँलाई अहिले तपाईं के पढ्दै हुनुहुन्छ भनेर सोध्दा वाहाँले प्रेमचन्दको बारेमा पढ्दैछु भनेर जवाफ दिनु भएको थियो । त्यस समयमा वाहाँले भर्खर टिनएज पारगर्नु भएकोथ्यो । अहिलेसम्म मुलुकी ऐन अनुसार वाहाँले अंश प्राप्त गर्ने उमेर पुगेकै छैन तर नेपाली साहित्यमा अति प्रतिष्ठित मदन पुरस्कार “जीवन काडाँ कि फूल” गत वर्ष नै प्राप्त गरिसक्नु भएको छ । यो झमकको अत्यन्तै दृढ संकल्प र महाकठोर परिश्रमको फल हो ठान्दछु । ती झमक जसले म पढ्छु भन्नेकुरा आफ्ना बाबा आमा र अरुसम्म सूचना प्रवाह गर्न धेरै दिनसम्म मुटु पोलुन्जेल खुट्टाको औंला घोट्नु प¥यो । कैयांै पटक छाला उक्किएर रगत बग्यो । झमकले आफ्नी बहिनीलाई बाबाले पढाएको सुनेर र देखेर अक्षर चिनिसक्नु भएको रहेछ । अक्षर चिनेर पनि सो अभिव्यक्त गर्न खुट्टाका औंलाले लेखेर देखाउन दलान र आँगनमा कोर्दा धेरै गाली खानुप¥यो । अलछिनी, भूईं कोरेर श्रृण लगाउने भइ भनेर आमा,बाबाबाटै धेरै धेरै गाली र हप्की खानुपेको यथार्थता त्यहीं पुरस्कृत पुस्तकका लेखमा छ्यालब्याल भएको पाइन्छ । दशैंमा टीका लगाउँदा पनि आमाबाबाबाट एक वाक्यको आशीष पाउनु हुन्थ्यो “हामीभन्दा पहिले मरेस्” । आज यिनै झमक आफ्नो कडा मेहनतका कारण परिवारको मात्र होइन समाज र राष्ट्रकै गहना मानिनु भएको छ । यस शुभ दिनमा म झमकलाई शुभकामना दिन चाहन्छ कि अबको मेहनतले तपाईं नोबल पुरस्कार प्राप्त गर्न सफल हुनुहोस् ।
फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार । यस कर्ण प्रिय गीतलाई सबैका सामु पस्किने गायिका आनी छोइङ डोल्माको अहिलेको जीवन साह्रै सुखपूर्ण लाग्दछ । वाहाँ अहिले नेपाल भित्र मात्र नभएर नेपाली पुगेका विभिन्न देशहरुमा बडो व्यस्तताका साथ रोचक रोचक प्रस्तुतीहरु प्स्किरहनु भएको छ । दाम कमाइरहनु भएको छ । नाम कमाइरहनु भएको छ । देश हेरिरहनु भएको छ मुख फेरिरहनु भएको छ । वाहाँ यति सफल हुनमा अरु कोही नभएर वाहाँ कै कडा मेहनत र अथक परिश्रमको परणाम हो भन्ने आफैंले लेखेको कृति फूलको आँखामा फूलै संसार भन्ने पुस्तकमा सबै छर्लङ्ग छ । छ,सात वर्ष कै उमेर देखि कठोर घरयासी कार्य गर्नु परेको, विद्यालयमा गएर पढ्नु त परै रहोस् विद्यालयबाट आएका साथीहरुको एकैछिन धारामा गफ सुन्दा बाबाले बोलाएको नसुनेको र त्यही निहुँमा एकैछिन ढिलो गरे वापत बाल्टीले टाउकोमा हान्दा निधार देखि पछाडिसम्म गहिरो चोट लागेको । त्यस्तो चोट लागेर भूइमा ढल्दा र रगत बगिरहँदा पनि रगत थामिदिनु, पुछिदिनु त कता हो कता उल्टै लात्तै लात्तले भकुरेको घटना पढ्दा जो कोही कठोर व्यक्ति पनि एक पटक रसाउँछ भन्ने लाग्दछ । यस्तो वाल्यकालमा हुर्किएर पनि आनीले आफ्नो दृढ संकल्पका कारण जुन प्रगति आज गरेकि छन् त्यो उनको नितान्त सकारात्मक सोच र संघर्षको परिणाम हो । आनीले अहिले काठमाडौंको फर्पिङमा ठूलो पाँच तले आर्यतारा विद्यालय स्थापना, सञ्चालन गरेर आफू जस्तै सानो उमेरमा पढ्ने इच्छा भएर पनि पढ्न नपाएकाहरुलाई पढ्ने व्यवस्था गरेकी छन् । अब एउटा ठूलो अस्पताल निर्माण गर्ने सोच व्यक्त गरेकि छन् । मलाई आशा छ त्यो पनि पूरा हुनेछ ।
हामी नेपाली हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई धेरैले चिन्दछौं । हामी सबैले वाहाँहरुलाई भेटेरै चिनेका होइनौं । अभिनयले पेट मिचिमिचि हँसाएको देखेर चिनेका हौं । वाहाँहरुको अहिलेको जीवन पनि साह्रै खुसी र सुखी लाग्दछ । २०६९ चैत्रमा प्रकाशित हरिवंश आचार्यले लेख्नु भएको पुस्तक चिना हराएको मान्छे बजारमा आएको छ । यस पुस्तकलाई अध्ययन गरे पछि मात्र लाग्ने छ कि हरिवंश आचार्यको बाल्यकाल कति अभावमा थियो र यहाँसम्म आइपुग्न कति मेहनत गर्नु परेको छ भनेर ।
माइती नेपाल नामक संस्थाका संस्थापक अनुराधा कोइरालाले अहोरात्र नेपाली चेलीबेटीको उत्थानमा गरेको कठिन कार्यको परिणमस्वरुप विश्वको धेरै सम्मानित ऋल्ल् ज्भचय द्दण्ज्ञण् पुरस्कार प्राप्त गरेर महान प्रतिष्ठा पाउन सफल हुनुभयो भने आफू अविवाहित नै भएर पनि चाहेजति आमाको माया र व्यक्तिगत स्वतन्त्रता पाउन नसकेका बालबालिकाहरुलाई आमा सरहको कठोर सेवा गरे वापत युवा अवस्थामै पुष्पा बस्नेतले पनि सोही विश्वको धेरै सम्मानित ऋल्ल् ज्भचय द्दण्ज्ञद्द पुरस्कार प्राप्त गरेर महान प्रतिष्ठा पाउन सफल हुनुभयो । आफू र आफ्नो देश नेपालको इज्जत बढाउनु भयो ।
कमलरीदेखि सभासदसम्म हुने शान्ता चौधरीको जीवन होस् वा मलायामा जन्मेर, धरान घोपाक्याममा पढेर, इलामदेखि काठमाडौंसम्मको क्याम्पस पढ्दै दशौं वर्ष होलटाइमर राजनीतिक कार्यकर्ता भएर पनि त्यसलाई छाडेर आफ्नै व्यवसायमा अहोरात्र तल्लिन भएर विद्यालय सञ्चालन गर्ने सीता देवानको कडा मेहनतको परिणाम स्वरुप एककाइसौँ शताब्दीकी सुम्निमा बनाएको छ ।
हामी जोसुकै मानिस सफल भएको सुन्दा आहा ! त्यस्तो भए पो भन्छौं । त्यो सफलतामा आइपुग्नु भन्दा ठीक एक चरण अगाडिसम्म पनि उसले कति धेरै दुःख गरेको हुन्छ त्यो त उसको जीवनी पढिसक्दा मात्र थाहा हुन्छ । फ्रान्सका सम्राट नेपोलियन बोनापार्टको जीवनीहोस् वा अमेरिकाका राष्ट्रपति अब्राहम लिंकनको होस्, वा त भारतीय राष्ट्रपिता महात्मा गान्धीको किन नहोस् कडा भन्दा कडा मेहनत र परिश्रमले नै वाहाँहरु सबैलाई महान परिचित बनाएको हो । हामी जो कोही सफल हुन चाहन्छैं भने कडा मेहनत र परिश्रम गर्नुको विकल्प छैन भन्ने टुङ्गोमा पुगौं । आजको शुभ दिनमा सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुमा यहीं अनुरोध गर्दछु ।
9842029142, uddhavbista@yahoo.com